सरिता व्युटीपार्लरको उद्घाटन

  •   
  •  

दाङ, २३ माघ । सरिता ब्युटीपार्लरको घोराहीमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । नयाँ ब्यबस्थानका साथ सरिता ब्युटीपार्लरले घोराहीको बैंक रोडमा निर्माण गरिएको नयाँ भवनमा सञ्चालन ल्याइएको सञ्चालक सरिता गिरीले बताइन् । २०६३ सालमा सञ्चालनमा आएको ब्युटीपार्लरले केराटी ट्रीटमेन्ट, नयाँ हेयर डिजाइनलगायत ब्युटीपार्लर सम्बन्धी सम्पूर्ण सेवा दिने गिरीले बताइन् । उद्घाटन कार्यक्रम ब्युटीपार्लरका सञ्चालक सरिता गिरीको अध्यक्षता भएको थियो ।
कार्यक्रमका बोल्दै चेम्बर अफ कमर्श घोराहीका अध्यक्ष मञ्जु बज्राचार्यले यो पेशाले महिलाको क्षमताको विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताइन् । कार्यक्रममा गोरक्ष राष्ट्रिय दैनिककी प्रकाशक सुलोचना गौतमले हिजो घरभित्रै सीमित रहने महिलाहरूले आज यो पेशाका कारण घर धान्न सक्ने भएको बताउँदै यो व्यवसायले महिला हिंसा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । रेडियो स्वर्गद्वारीका समाचार सम्पादक बसुन्धरा गौतमले ब्युटीपार्लर व्यवसायले महिलाको मनोबल बढाउन सघाउ पु¥याएको बताउँदै सानो लगानीमा नै व्यवसाय सञ्चालन गर्न सकिने बनाइन् । त्यस्तै नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मी आचार्यले यो सीप र ब्यबसायका कारण आज महिलाहरू समाजमा शीर उचो राखेर हिड्न सफल भएको बताइन् । कार्यक्रममा पत्रकार सपना बोहरा र चेम्बर अफ कमर्श घोराहीका कोषाध्यक्ष लक्ष्मी थापालगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण पार्बती बस्नेतले गरेकी थिइन् ।