समुन्नती सामाजिक उद्यमीको छैठौ साधारणसभा

पार्वती बस्नेत

दाङ,९ माघ । समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थाको छैठौ बार्षिक साधारणसभा तथा अधिबेसन कार्यक्रम शुक्रवार लमही–२ केरुनियामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अन्जु चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासेको प्रमुअ आतिथ्य एंव लमही न.पा.२ नम्बर वार्डका अध्यक्ष नेपालु चौधरीको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेल्बासेले नेपाल सरकारको तिन खम्बे अर्थनिति अनुसार नै सहकारी अगाडी बढ्नुपर्ने बताउदै आर्थिक बिकासले महिलाहरुको क्षमता तथा अधिकारमा समेत महत्वपुर्ण भुमिका खेल्ने बताएकी थिइन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेल्बासेले महिलाहरुलाई आधुनिक सिपबिकास सँगै नयाँ प्रबिधिको प्रयोग गरेर नयाँ तरिकाले आर्थिक बृद्दिका लागी कृषिमा फड्को मार्ने बताइन ।

यसैगरी कार्यक्रममा बोल्दै लमही नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष नेपालु चौधरीले आफनो क्षेत्रमा शुरुवाति दिनमा महिलाहरुको मात्रै सहकारीले खुल्ने भन्दा आफुलाई सहकारी सफल हुन्छ भन्ने कुरामा त्यत्ति बिश्वास नलागेको बताए ।

त्यसैगरी उनले अहिले सहकारीको पँुजी मात्रै करोडौको पुग्नु र सहकारीले कृषि क्षेत्रमा आधारित कामकाजका लागी मल,बिउ बिजन तथा कृषक महिला उद्यमीहरु उत्पादन गरेको देख्दा आर्थिक समृद्धिमा महिला सहभागिता बढेकोमा खुसी लागेको बताए ।

संस्थाका उपाध्यक्ष उषा चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र दाङका सदस्य माधबा पोख्रेल, नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका उपाध्यक्ष बिष्णु गिरी, ग्रामीण महिला उत्थान केन्द्र दाङंका एस.एल.भि.सि.कार्यक्रम संयोजक भिमकान्त चौधरीलगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान,असल ऋणीका साथै उत्कृष्ट बालबचतकर्तालाई सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा धेरै खसी बिक्री गर्ने शेयर सदस्यका साथै तरकारी तथा दुग्ध बिक्री गर्ने शेयर सदस्यलाई पुरस्कृतका साथै सम्मान गरिएको थियो ।

साधारणसभाले अन्जु चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्यक्रमको सहजीकरण संस्थाका सदस्य कमला चौधरीले गरेकी थिइन ।