नेपाल उत्पीडित जातिय मुक्ति समाजले वृहत भेला माघ ११ मा

दाङ ३ माघ । नेपाल उत्पीडित जातिय मुक्ति समाज दाङको विशेष बैठक सनिवार घोराहीमा सम्पन्न भएको छ ।

समाजका जिल्ला सहसचिव सुन्दर विश्वकर्माको अध्यक्षता एवम नेकपा केन्द्रीय सदस्य जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्य र नेकपा केन्द्रीय सदस्य तथा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको विशेष उपस्थितमा भएको बैठकले माघ ११ गते नेपाल उत्पीडित मुक्ति समाज दाङको वृहत्त भेला गर्ने निर्णय गरेको छ ।

नेकपाको पार्टी कार्यालयमा आयोजना गर्ने भेलामा नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरेर बैठकले भेला सम्पन्न गर्नको लागि झुपलाल नेपालीको अध्यक्षतामा भेला तयारी समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा राजाराम रैदास, चुर्णबहादुर नेपाली,मिनप्रसाद नेपाली, गायत्री नेपाली, विरवहादुर नेपाली, पदम नेपाली, रोषन सुनार, मैतु परियार, तेजबहादुर विक, फुलाराम सुनसार , उमेश विश्वकर्मा, भेषबहादुर विश्वकर्मा, टंकराज विश्वकर्मा र सुन्दर विश्वकर्मा छन् । त्यसैगरेर बैठकले १० वटै पालिकामा दलित अगुवासँग भेटघाट तथा छलफल गर्ने निर्णय गरेको छ ।

बैठकले माघ ५ गते तुलसीपुरमा, ६ गते घोराहीमा, ७ गते राजपपुर, ८ गते लमही, ९ गते बबई, शान्तिनगर र दगीशरण र माघ १० गते बंगलाचुलीमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले पालिकास्तरमा कार्यक्रम सम्पन्न गर्नको लागि विभिन्न व्यक्तिलाई जिम्मा समेत दिएको छ । घोराहीको लागि उमेश विक संयोजक र सदस्यहरुमा मिनप्रसाद नेपाली, गायत्री नेपाली र कुलबहादुर गोतामे छन् ।

त्यसैगरेर तुलसीपुरको लागि राजाराम रैदास संयोजक र सदस्यहरुमा पदम नेपाली र फुलाराम नेपाली छन् । लमही, गढवा, राजपुर र राप्तीको लागि चुर्णबहादुर नेपाली संयोजक र सदस्यहरुमा देबबहादुर नेपाली र सुन्दर विश्वकर्मा छन् । शान्तिनगरको लागि तेजबहादुर विश्वकर्मा संयोजक र सदस्यहरुमा रुपलाल विकर चन्दा विश्वकर्मा छिन् । बैठकले बंगलाचुलीको लागि विरबहादुर नेपाली संयोजक र सदस्यमा अजय विक छन् ।

बबई गाँउपालिकामा मैतु परियार संयोजक र सदस्यहरुमा टंक विश्वकर्मा र जसी विक छन् । बैठकमा वर्तमान अवस्था, अवको भूमिका र दैलितका हक अधिकारीका विषयमा नेकपा केन्द्रीय सदस्यहरु नेपाली, नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य देवराज विश्वकर्मा लगायतले विचार राखेका थिए