Goraksha

National Daily

डव्लुडव्लुजेद्वारा सल्लाकार समिति गठन

दाङ,३ माघ । क्रियाशील पत्रकार महिला डव्लुडव्लुजे दाङले सल्लाकार समिति गठन गरेको छ । शनिवार घोराहीमा बसेको बैठकले ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

सल्लाकार समितिमा डव्लुडव्लुजेका स्थापक अध्यक्ष बसुन्धरा गौतम, प्रदेश संयोजक लिला शाह, पूर्व अध्यक्षहरु रञ्जीता शर्मा, सन्ध्या रेग्मी, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक शुलोचना गौतम, नयाँ युगवोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मी आचार्य रहेका छन् ।

क्रियाशील पत्रकार महिला डव्लुडव्लुजे दाङका अध्यक्ष रोशनी मल्लको अध्यक्षता तथा क्रियाशील पत्रकार महिला डव्लुडव्लुजेका प्रदेस संयोजक लिला शाहको प्रमुख आतिथ्यमा बैठक बसेको थियो । बैठकले प्रत्येक महिना पालिकास्तरमा विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेको छ। कार्यक्रमको सहजीकरण सचिव शर्मीला डिसीले गरेकी थिइन ।