Goraksha

National Daily

संसद विघटन विरुद्ध दाङमा कांग्रेसको प्रदर्शन

दाङ,२५ पुस । नेपाली कांग्रेस क्षेत्र नं. २ (क)ले घोराहीमा बर्तमान सरकारको असंवैधानिक कदमका विरुद्धमा प्रद्र्धसन गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस क्षेत्र नं. २ (क)ले घोराहीमा विरोध कार्यक्रम गरेको हो ।

नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सुरुभएको विरोध ¥यालीले बजार परिक्रममा गरेर बिपीचोकमा पुगेर सभामा परिणत भएको थियो । बिरोधसभालाई सम्वोधन गर्दै नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेश्वरी गौतमले बर्तमान सरकारको संसद विघटन गर्ने असंवैधानिक कदमका विरुद्धमा सम्पूर्ण पार्टीहरु एक ढिका भएर बिरोधमा लाग्नुपर्ने बताए ।

व्यक्तिगत सत्ताका लागि देशलाई संकटमा लग्र्ने सरकारबाट जनताले विकासको अनुभुति गर्न नपाउने बताएका थिए । क्षेत्रीय सभापति गिरिराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा असंवैधानिक र अलोकतान्त्रीक कार्यले संविधानको घाटी निमोठ्ने काम गरेको समेत बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति कमानसिंह भारती, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष सावित्रा राना, नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे, महासमिति सदस्य सुशीला थापा, नेपाल महिला संघ क्षेत्र नं. २ का सहसभापति सुशीला पौडेल, नेपाली कांग्रेस घोराही १५ का सभापति प्रकाश श्रेष्ठ, तरुण दलका नेता नारायण जिएम, नेपाल दलित संघका देवबहादुर नेपाली, नेपाल विद्यार्थी सघका तिलक रावतले विरोधसभालाई सम्वोधन गरेका थिए । कार्यक्रमको सहजीकरण नगर सचिव दिनेश अधिकारीले गरेका थिए ।

त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नं. २ (ख) ले नारायणपुरमा विरोध कार्यक्रम गरेको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत २ (ख)ले घोराहीको नारायणपुरमा विरोधसभा गरेको हो । सभालाई सम्वोधन गर्ने नेताहरुले सरकारको असंवैधानिक कदम सच्याउन आग्रह गरेका थिए । त्यसका विरुद्ध कांग्रेसले केन्द्रदेखि स्थानीय तहहरुमा विरोध गर्नुपर्ने समेत बताएका थिए ।

सभापति कमल गौतमको अध्यक्ष कार्यक्रममा संविधानसभा सदस्य राजु खनाल, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता भरत न्यौपाने, कांग्रेसका जिल्ला सदस्य कमल वली, श्याम सुवेदी, बालिका लम्साल, निर्मल न्यौपाने, गोबिन्द रेग्मी, महिला संघ दाङकी अध्यक्ष्य गोमा रावत, क्षेत्रीय उपसभापति भगतसिंह भन्डारी, पूर्व क्षेत्रीय सभापति गोबिन्द रेग्मी, क्षेत्रीय सभापती भुपबहादुर डाँगी, क्षेत्रीय प्रतिनिधि प्रचण्ड न्यौपाने, नेपाल महिला संघ क्षेत्र नं. २ का सभापती जानका केसी,नेपाली कांग्रेस तुलसीपुर १६ का सभापति हिमबहादुर डाँगीलगायतले बोलेका थिए ।

कार्यक्रम साविक त्रिपुर नगर सभापति दीपक पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम क्षेत्रीय सदस्य शरद समीप बिकले सन्चालन गरेका थिए ।