तीन दिने कोपोमिस तालिम संचालन

शिवराज खनाल
दाङ,२१ पुस । तीन दिने कोपिमिस तालिम घोराहीमा संचालन गरिएको छ ।

सहकारी प्रशिक्षालय बाँके नेपालगन्जको आर्थिक बर्ष २०७७ र २०७८ को स्वकृत बार्षिक कार्यक्रम अनुसार निर्बित्त सेवा समाज दाङको सभाहलमा तालिम मंगलबारदेखि सन्चालन गरिएको हो ।

दाङ जिल्ला अन्तरगतका सहकारीमा कार्यरत कर्मचारीहरुको कार्य क्षमता वृद्धि गर्ने उदस्यले कोपोमिस तालिम संचालन गरिएको सहकारी प्रशिक्षालय नेपालगन्जका निमित्त प्राचार्य दिल कुमार वलीले बताए ।

उदघाटन समारोहमा बोल्दै सहकारी संघका दाङका जिल्ला अध्यक्ष गोबिन्दप्रसाद शर्माले यस पटक दाङमै तालिम पाउनु आफैमा महत्त्वपूर्ण होू प्राविधि बाट सहकारी लाइ अगाडि बढाउने होू भन्दै सम्पुर्ण प्रसिक्षार्थि लाइ ध्यान पुर्ण तालिममा सहभागी भइ यस अबसरको फाइदा लिन समेत अनुरोध गरे ।
३ दिने तालिममा दाङ जिल्ला अन्तरगतका २७ वटा सहकारीहरुले सहभागी रहेका छ्न ।

निमित्त प्राचार्य दिल कुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोबिन्द प्रसाद शर्माको प्रमुख आतिथ्यता एव लुम्बिनी प्रदेश सहकारी संघका सचिब रुपबहादुर खत्रीको विशिष्ट आतिथ्यतामा भएको थियो । बिश्व लाल खडकाको स्वागत मन्तव्य बाट संचालन भएको कार्यक्रमको सहजीकरण सहकारी प्रशिक्षक प्रसाराम भुसालले गरेका थिए ।