मञ्चद्वारा बीपीको शालिकमा माल्यार्पन

दाङ, १६ पुस । बीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले घोराहीमा रहेको वीपी कोइरालाको शालिकमा माल्यार्पन गरेको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा मञ्चले विहिवार विहान घोराही उपमहानगरपालिका–१५ को बीपी चोकमा रहेको नेपाली कांग्रेसका सस्थापक एव सालिक परिसर सरसफाईसँगै शालिकमा माल्र्यापन गरेको हो ।

उक्त कार्यक्रममा बीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङका जिल्ला अध्यक्ष सरोज शाह, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १५ का सभापति प्रकाश श्रेष्ठ, नेपाल विद्यार्थी संघ दाङका पूर्व अध्यक्ष राजकुमार धिताल, तरुण दल क्षेत्र नं. २ का सभापति नारायण जिएमलगायतकालगायत मञ्चका जिल्ला तथा क्षेत्रीय पदाधिकारीहरुको उपस्थीतिमा कार्यक्रम गरिएको थियो ।

मञ्चले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थीत ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित वृद्धआश्रमलाई खाद्यन्न सहयोग गर्न थालेको मञ्चका जिल्ला अध्यक्ष सरोज शाहले जानकारी दिएका छन् ।

२०३३ पुस १६ गते तत्कालीन कांग्रेस सभापति वीपी कोइराला र नेता गणेशमान सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । सोही दिनलाई कांग्रेसलगायतका उसका भातृसंगसंगठनहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।