Goraksha

National Daily

प्रतिष्ठानमा शुरु भयो १ सय २८ स्लायसको सिटिस्क्यान

दाङ, १६ पुस । स्वास्थ्य सेवालाइ सहजीकरण र जनताको स्वास्थ्य सेवाको पहुँच स्थापित भएको अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य संस्थालाई संस्थागत गर्दैछ ।

यसअघि यहाँ सञ्चालनमा आइरहेको सिटीस्क्यानलाई थप विशेषज्ञता र थप प्रविधिमा राजधानी बाहिरमा सबैभन्दा ठूलो क्षमताको सिटीस्क्यान सेवा शुरु भएको छ । यो सेवाको परीक्षण पनि भइरहेको छ । प्रतिष्ठानमा रेडियोलोजी सेवामा पनि सिकारु विद्यार्थीहरु भइरहेको अवस्थामा मेसिनको आधिकारिकताका विषयमा समेत परीक्षण भइरहेको छ । यद्यपि रेडियोलोजी विभागले पनि प्रतिष्ठानमा जडान भएको सिटीस्क्यानलाई मान्यता दिइसकेको छ ।

अहिले परीक्षण स्क्यानिङ भइरहेको बताइए पनि आवश्यक परेको अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोडयोलोजीका विशेषज्ञहरुले पनि मेसिन रन गरिरहेका छन् । ‘हामी प्रविधिलाई आत्मसात गर्न चाहन्छौं, त्यसैले नयाँ प्रविधिको रोडियोलोजी सेवालाई हामीले कार्यान्वयनमा ल्याउन चाहन्छौं’, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले भनिन् । सूचना प्रविधिको विकाससँगै प्रतिष्ठानमा थप सेवा सुविधा दिन पनि आफूहरु आतुर भएको उनले बताएकी छिन् ।

पछिल्लो समयमा पुरातन शैलीको र डेटस्पायर हुन थालेको सिटीस्क्यान सेवालाई विस्थापित गर्दै १ सय २८ सिसीको स्लाइसको सिटीक्क्यान सेवा शुरु भएको हो । किनकि प्रतिष्ठानले सिटीस्क्यान सेवालाई पश्चिम क्षेत्रमै चलायमान बनाउने जानकारी गराएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवाको स्तरोत्तरसँगै आँखा उपचार सेवाका लागि पनि एउटा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने तथा आँखा रोग विशेषज्ञका लागि जनशक्ति उत्पादनको पनि प्रयास थालनी गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनको तीन बर्ष बितिसक्दा पनि पछिल्लो समयमा राप्ती स्वास्थ्य विज्ञान आफ्नै बलबुता र जोडवलले अघि बढिरहेको छ ।

सरकारले प्रतिष्ठानलाई एउटा पार्टीको कार्यालय बनाइरहँदा प्रतिष्ठानका विरुद्धमा धेरै आन्दोलन पनि गरिए । अन्ततः राजनीतिक आन्दोलन स्वार्थ केन्द्रित थिए । सबै राजनीतिक आन्दोलनबाट व्याक भएपछि पछिल्लो समयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चलायमान बनिरहेको छ । तर पनि समस्या छ, राज्यले आफूले स्थापित बनाएको प्रतिष्ठानलाई गतिशीलता दिन चाहेको छैन ।

त्यसैगरी प्रतिष्ठानले पछिल्लो समयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सामाजिक सेवासँगै हाइड्रोसिलको पनि निःशुल्क उपचारको अपेक्षा गरेको छ । हायड्रोसिलका बिरामीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुनै पनि शुल्क लाग्ने छैन । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामाजिक सेवा भावनामा धेरै सीमान्तकृत समुदायलाई पनि निःशुल्क स्वास्थ्य सेवा पनि प्रदान गर्दै आएको छ ।