जन्मदिनमा बीमा उपहार

दाङ,१५ पुस । जन्मदिनमा बीमा उपहार दिने चलन हिजोआज बढ्न थालेको छ । बच्चाहरुको भविष्य निर्माण र उच्च शिक्षामा महत्वपूर्ण सहयोग पु¥याउने भएका कारण यो चलन बढ्दै गएको हो ।

यसैक्रममा सुर्खेत निवासी विभु उपाध्यायलाई उनकी आमा तीला भण्डारीले २० लाखको जीवन वीमा पोलिसी उपहार दिएकी छिन् । उनले युनियन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक अग्रीम भुक्तानी बीमा योजना खरिद गरी आफ्नो छोरीलाई उपहार दिएकी हुन् ।

‘जन्मदिनमा अरु चिजहरु उपहार दिनु भन्दा बीमा पोलिसी उपहार दिनु सबैभन्दा उत्तम हुने भण्डारीको भनाई छ’ ।