दाङ, ६ पुस । घोराहीमा रहेको टी–३ पार्टी प्यालेसले बारवीक्यु फुड फेस्टिबल गर्न भएको छ । टी–३ पाटी प्यालेसले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा पार्टी प्यालेसका सञ्चालक तीर्थराज खनालले सोमवारबाट माघ ५ गतेसम्म बारवीक्यु फुड फेस्टिबल आयोजना गर्न थालेको बताए । जिल्लामा यस प्रकारको कार्य पहिलोपटक भएको उनको भनाइ रहेको छ । बारवीक्यु फुड फेस्टिबलमा ग्राहकले आफ्नो इच्छाअनुसार मासु आफैले पालेर खान सक्नेछन् ।
दिउँसो २ बजेबाट साँझ ९ बजेसम्म यस प्रकारको सेवा प्राप्त गर्न सकिने भएको छ । टर्की, बट्टाइ, लोकल कुखुरा, खसीको मासु, बधिया भाले, कालीज, हाँसको मासु आफ्नो इच्छाअनुसार खरिद गरेर पोलेर खान सकिने सञ्चालक खनालले बताए । ‘यस प्रकारको सेवा जिल्लामा पहिलो हो’, उनले भने । नयाँपन दिनका लागि यस प्रकारको कार्य गरेको सञ्चालकको भनाइ रहेको छ ।
यसले ग्राहकले आफ्नो इच्छाअनुसारको मासु खान पाउने उनको भनाइ छ । पार्टी प्यालेस विगत ५ वर्षदेखि घोराहीमा सञ्चालन हुँदै आएको खनालले बताए । अहिलेसम्म साढे २ करोड लगानी भइसकेको बताइएको छ । अहिले नयाँ व्यवस्थापनका साथ अगाडि बढाइएको उनको भनाइ रहेको छ ।
आवासीय सुविधासमेत सञ्चालन गरिएको छ । त्यसै गरेर कार्यक्रमका लागि ३ वटा सेमीनार हलको व्यवस्थालगायका सुविधा रहेको सञ्चालक खनालले बताए । होटेलमा अहिले १८ जनाले रोजगारी प्राप्त गरेका छन् ।