भूपेन्द्र सुवेदी
नेपालीहरूले मान्दै आएको हिन्दू संस्कार र हिन्दू धर्मको महत्वको विषयमा पर्ने राष्ट्रिय पर्वको रुपमा विजयदशमी, शुभदीपावली र छठ पर्वहरू धेरै महत्वका साथ मनाइन्छ । कौरव–पाण्डवकाबीचको भिडन्त जुवाको नामले चिनिने पासा, कौडा त्यसपछिको तासको पर्वले चिनिएको पर्व कोजारत पूर्णिमादेखि तिहार भित्रिन्छ ।
निकै चर्चामा रहेको जुवा खेल्ने चलन आजदेखिको होइन परापूर्वकालदेखि संस्कारको रुपमा संस्कृतिको रुपमा मनाउँदै आएको यमपञ्चक पाँच दिनसम्म देउसी, भैलो खेल्ने कात्तिके दानको रुपमा भैलेनी तथा भैलेहरुलाई दक्षिणाको रुपमा सम्मान स्वरुप रोटी, फलफूल र माला सहित लगाएर सम्मानका साथ घरआँगनमा आएका भैलेहरूलाई बिदाई गरिने चलन छ ।
यो वर्षको २०७७ को बडादशैं तथा दीपावली (तिहार) हामीले कोरोनाको कहरको कारण हाम्रो संस्कार र संस्कृति अनुसार रमाएर मनाउन सकेनौँ । आम नागरिक विश्वभरि फैलिएको कोरोनाको कारण हामी आ–आप्mना पर्वहरु मनाउन समेत पाएका छैनौँ । खासगरी हाम्रा राष्ट्रिय पर्वहरू त सधै आइरहने पर्वहरू हुन् ।
आजको कोरोनाको कारणले सबै सचेत रहेर आ–आफनो घरमै बसी स्वस्थ्यको ख्याल राख्दै सुरक्षित व्यवस्था मिलाएर आप्mनो गक्ष अनुसार दीपावली मनायौँ र सबै स्वस्थ रहने अदभूत प्रयास पनि ग¥यौँ । स्वास्थ्यले र भाग्यले साथ दियो भने अर्को वर्ष २०७८ को दशैंतिहार भव्यताका साथ मनाउने पनि अठोट गरौँ । सबैलाई राम्रो सन्देस दिने जिम्मेवारीका साथ यो वर्षको राष्ट्रिय पर्वहरुको हमत्वलाईभन्दा आप्mनो जीवनलाई महत्व दिँदै घरमै सुरक्षितसाथ रमाएर कोरोनालाई जित्ने शाहासिक कदमहरूको पालना गरौँ र ग¥यौँ पनि ।
आज प्रकृति विरुद्धको लडाइँ खाली नागरिकलाई आतंकित पार्ने मात्र हो भन्नेहरूको संख्यात्मक रुपमा निकै बढ्दो छ । तर भनाइहरुमा कुनै सत्यता छैन । मृत्युपछि मात्र ४÷५ हजार कोरोना लागेको हुनसक्छ भन्दै आएको अवस्था छ । जस्तै क्यानसरबाट १२ लाख जतिको ज्यान गएको छ, मोटापाबाट मृत्यु भएकालाई समेत कोरोनाकै बिल्ला भिराइएको छ । यो युद्ध निकै रहस्यमय विषय बनेको छ र सामान्य भाइरस हो, रुघाखोकीभन्दा केही अलि कडा हुनसक्छ भन्नेहरूको जमातको पनि कमी छैन ।
२०७६ को फागुन २६ गतेबाट मौसमी कफ रोगको बिदा हुने भए पनि यो समय कफ रोगको समय हो । तर नेपाल सरकारको कोरोना भाइरस जाँच गर्ने मेसिनले एक ठाउँमा जाँच गर्दा नेगेटिभ र अर्काे ठाउँमा जाँच गर्दा पोजेटिभ किन देखाइन्छ ? यो कसको कमजोरी हो, मेसिनको कि ल्याव टेक्निसियनको ? छुट्याउछ कसले ? फेरि भनियको पनि छ कोही १२ देखि १५ दिन कोवारेन्टाइनमै बसेर खाली तातो पानी खाएर निको भएर घर गएको पनि धेरै उधारणहरू छन् ।
वैद्यहरूको भनाइ अनुसार १९९१ मा भारतको कर्नाटकमा जति जना सँगसँगै बसेका थिए, उनीहरु सबैलाई टिबी रोग लागेको भनिएको थियो, किन ? त्योबेला विकासका नाम्मा त्यस्ता केही वस्तीहरूको बीचमा रहेका निमका रुखहरु सबै काटिए । त्यसैले टिबी रोग लागेको भन्ने वैद्यहरुको भनाइले फेरि निमका रुख रोप्ने आह्वानमा निमको रुख रोप्न सुरु गरिएको थियो । किनभने निमको पात जलाएर त्यसको खरानी खाएमा (१) वाथ, (२) पित्त, (३) कफको रोगको उपचार गरिन्थ्यो र यस्तो उपचारले निको पनि भएकै छन् ।
त्यसैले भनिएको हो– मानव र प्रकृतिबीचको लडाइँको कारण प्रकृतिले दिएका बोटविरुवाहरुमा धेरै प्रकारको रोगको भाइरस जित्ने अक्सिजन उत्पादन हुने भएकाले नै होला वनजंगलमा बस्ने जीवजन्तुहरूमा यस्ता प्रकारका रोग लाग्दैनन् ।
आज विश्वमा फैलिएको कोरोना भइरस (फल) सोको थ्यउरी हो । नाटकीय व्यवहार हो र माक्सको काम छैन, सेनिटाइजरको बदलामा सञ्चो, जैतुनको तेल प्रयोग गर्दा अझ राम्रो हुन्छ, जो नेपालमै पाइन्छ । विज्ञ वैद्यहरुको सुझावको आज नेपाल सरकारले किन सुनुवाई नै गर्दैन ? नेपालको आयुर्वेद औषधीको विषयमा टाढा जानै पर्दैन । आप्mनै घरको किचन नै सबैभन्दा ठूलो हस्पिटल हो । हाम्रा किचनमा आमाहरू नै डा हुनुहुन्छ ।
जस्तै पेट दुखेको बेला ज्वानो र नून् उमालेर खाँदा पेट ठिक हुन्छ । माइग्रेनका लागि टिमुर पकाएर चियाको रुपमा प्रयोग गर्दा जरैबाट निको पार्छ भन्ने हाम्रा स्वदेशी वैद्यहरूकै भनाइ हुन् । हाम्रा परापूर्वकालदेखि चलाइँदै आएका घरेलु उपचारका औषधीहरुमध्य (१) चेम्फिङ। (२)सतुवा, (३) (४) बाटुलपाते, (५) निरमसी, (६) टिमुर, (७) तुल्सी, (८) कुट्की, (९)सिलाजित, (१०)तीतेपाती, आँपको पात, अम्बाको पात, लिच्चीको पात यस्ता अनगिन्ती घरेलु उपचारहरूबाट हाम्रो समाज मानव जातिको उत्पत्ति हुँदाकै समयमा यस्तो उपचारको विधि हाम्रो ऋषि महर्षिहरूले पत्ता लगाएका हुन् भनिँदै आएको हो ।
विश्व जगत सँगसँगै नेपालमा पनि कोरोनाले हाम्रो समाजलाई एउटा सुनौलो अवसर ल्याइदिएको छ । तर सरकार र हामी नेपालीले कति सदुपयोग गर्न सक्छौँ अबको आउँदो दिनले हामीलाई बाटो सिकाउने छ । जुनकुनै रोगको उपचारको खोजी गर्न हामीलाई बाहिर जानुपर्ने छैन । हाम्रो देशमा भएकै जडिबुटीले हामी निको हुन सक्नेछौँ तर यसको पहिचान र व्यवस्थापनको लागि स्वयम् सरकारको चाखलाग्दो काम अगाडि ल्याउनु आजको जटिल अवस्था छ ।
नेपाली समाज मात्र नभएर विभिन्न देशका हिन्दूहरूको समेत दशैं–तिहार जस्ता राष्ट्रिय चाडपर्व आउनु नेपालीका लागि मात्र नभएर हिन्दू संस्कारमा हुर्केबढेका सम्पूर्ण हिन्दूहरुको लागि उमङ्गका साथ दशैं पनि मनाउन सकिएन र तिहार समेत उमंगका साथ मनाउन सकेनौँ । कोरोना संकटको कारण विश्व नै कहालिलाग्दो अवस्थामा छ । हामीले सोच्नु परेको छ –पर्व मनाएर हर्षोल्लासका साथ मनाउनुको साटो आफू कोरोनाबाट बच्नु र समाजलाई कोरोनाबाट बचाउने उपायका लागि हातेमालो गर्नु नै अलिहेको अवस्थामा अहम भूमिका हुने छ । यो वर्ष दशैँ, तिहार मनाउनका लागि हाम्रा विदेशमा गएका आफ्ना आफन्त समेत खासै यसै संकटको कारण आउने र जाने अवस्था समेत धेरै कम देखिएको छ ।
यसै सन्दर्भमा नेपाल सरकार र सरकारको स्वस्थ्य मन्त्रालयहरूले समेत कोरानाको औषधी अझै बनिनसकेको अवस्थाछ र यसको भ्याक्सिन बनेर आउन अझ एक वर्ष लाग्नसक्ने सन्देश दिइरहेको छ । जो रोगको उपचारको लागि बन्नै नसकेको भ्याक्सिन कुन देशमा तयार हुँदैछ वा भएको छ ?
हाम्रो सबै चीज जडिबुटीले भरपुर नेपालको हिमशृंखलाबाट सिर्जित आयुर्वेद औषधीको अध्ययन अनुसन्धानकर्ताको र हाम्रा पुर्खाले सिकाएर गएको आप्mनै देशमा पाइने आयुर्वेद औषधीका ज्ञाता अनुभवी वैद्यहरूको कदर गरौँ र उहाँहरुलाई पनि यस्तो रोगको बारेमा जानकारी गराऔँ । उपचारका विधिहरुलाई सम्मान गर्दै हाम्रो सम्पूर्ण नेपाली समाज हिमालदेखि तराईसम्मका नागरिहरू अब आफ्नै देशको जडिबुटी (आयुर्वेद) उपचार माध्यमबाटै हामी कोराना भाइरसलाई जित्न सक्ने बनाउनु पर्छ ।
किनकि आज हामीले उही संस्कार र संस्कृतिबाट सिर्जित पर्वहरु मनाउने क्रममा आप्mनो संस्कार संस्कृति हामी कतिले छाड्यौँ ? किन आज परापूर्वकालदेखि मनाउँदै आएको आफ्नो संस्कृति र संस्कार किन छाड्यौँ ? हाम्रो संस्कारले के दिन सकेन ? हिजोदेखि आप्mनो संस्कार, संस्कृति मनाउँदै आएको हिन्दू नागरिक किन धर्म, संस्कार परिवर्तन् गर्दै छन् त ? यसको बारेमा हाम्रो संस्कृतका विज्ञता वेद शास्त्रका ज्ञाताहरुले सोच्नेबेला आयो ।
किन आज हिन्दू धर्म छाडेर क्रिश्चियन, मुस्लिम बन्न पुगे नेपाली हिन्दूहरु ? धर्म संस्कार सिकाउने, कर्म संस्कार सिकाउने पक्षधरहरूको पनि केही जिम्मेवारी रहेको हुनु पर्दछ । हिजो हाम्रो संस्कारलाई आत्मसात गर्नेहरू किन आज बाहिरिए त ? खोई यसको खोजी गरेको ? आजभोलि नेपाल सरकारको रेकर्डमा त हुने पक्कै भएन, केको रेकर्ड हुन्थ्यो र ? स्वयम् सरकारको ७७ जिल्लामा भएको वास्तविक थाहा पाउनुपर्ने रेकर्ड स्वयम् आफनो कार्यलयहरूमै छैन भन्दा हुन्छ । कुन गापाको कुन वडामा कति जनताले धर्म परिवर्तन् गरेर अन्य धर्म अँगालेका छन् भन्ने नै आँकडा छैन, सरकारसँग । अरु के–केको रेकर्ड राखेको होला र ?
आन्दाजको भरमा बोल्नु वाहेक आजको व्यवस्थाले अन्य केही वास्तविक कुराको गहिराइमा पुग्न नसकेकै हो त ? आफ्नै नागरिकले आप्mनै धर्म परिवर्तन् गरी अन्य धर्ममा समावेश हुँदाको रेकर्ड स्वयम् सरकारलाई समेत थाहा नहुनु अचम्म लाग्ने होइन र ? कि त सरकारले धर्म निरपेक्षता गराएर हाइसन्चोको साथ जो जहाँ जाओस्, जसले जेसुकै धर्म मानोस्
नमानोस् सरकरलाई नै मतलव नभएको जस्तो अवस्था छ । तर यस्तो छाडातन्त्र हिजोको सरकारहरुले गरेको थिएन । यस्तै छाडातन्त्रकै कारण अनुशासनहीनताको परिणाम हामी भोग्दै छौँ । नेपालीहरूले बालदेखि बृद्धसम्मका नागरिक बलात्कृत हुँदै छन् । बलात्कृत भएकाहरुल्े न्याउ पाएको अवस्था छैन । जसले जे गरे पनि कसैले यस्तो गर्न नहुने, किन गरिस् भन्ने र आप्mनो संस्कार संस्कृतिको जगेर्ना गरौँ भन्ने कोही रहेनौं ।
नेपालीहरू आज रमझमका साथ मनाउने हिन्दूहरूको दशैं–तिकारको राष्ट्रिय पर्व सबैको लागि ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाउको अनुहार’ भन्ने उखानसँग मेल खाएको छ । हाम्रो दशैं–तिहारले यसपटक नेपालीले मनाउँदै आएको दशैँ मेलामा सराय नाँच र तिहारमा देउसी भैलो समेत खेलेर हाम्रो हिन्दू संस्कार अनुसार आप्mनो मौलिक सांस्कृतिक दोस्रो पुस्ताहरूलाई हस्तान्तरण गर्ने विषय महत्वपूर्ण कार्यलाई थाँती राख्न हामी आफू र आफै वञ्चित रहनुको विकल्प रहेन ।
दशैंतिहार हिन्दू संस्कार मान्ने नमान्नेहरूको बीच चाहे आप्mनै किन नहोस् राम्रो सम्बन्ध छैन । नानाथरिका व्यवहार, खानपान र उत्तेजनात्मक क्रियाकलापका शिकार बनेका छन् । बालिकाहरू बलात्कृत भन्ने कुरा सामान्य भइसक्यो, कुइरेहरूको लहलहैमा लागेर फेशन–शो गर्नेहरू नै राम्रा ठहरिएका छन् । प्वाल परेको कपडा हाम्रा पुर्खाहरूले लगाउनु हुँदैन दरिद्र्रता लाग्छ, गरिब भए पनि प्वालमा टालो हालेर आफनो भित्रि अङ्ग नदेखिने गराउनुपर्छ भन्थे तर आज ठिक उल्टो भएको छ । राम्रो कपडा किनेर चिरेर, प्वाल पारेर आफनो भित्रि अङ्गको तस्वीर शो गर्नेहरू कम छैनन् । अब त कसले आप्mनो भित्रि अङ्ग प्रदर्शन गर्नसक्छ ? उही पो राम्रो र ठूलो मानिस ठहरिएको छ ।
कारण कुइरेहरुको धर्मको कारण नेपाल सरकारको धर्म निरपेक्षताको प्रतिफल यस्तो पो रहेछ भन्ने आज हामीले सुन्दै आएका छौँ । नयाँ नेपालको नयाँ गतिविधि यसले समाजलाई कहाँ पु¥याउला ? हाम्रो समाज कसरी सक्षम होला ? आजको शिक्षाको अवस्था आजको सुरक्षाको अवस्था, अजको न्यायालयको अवस्था, आजको स्वास्थ्यको अवस्था र सरकारको गैरजिम्मेवारीपना संस्कार र संस्कृतिमा रहने अनुशासन भनेको स्वयम् नागरिकको एउटा आप्mनो अतुलनीय पुँजीको रुप हो ।
तर आज संस्कार, संस्कृति र धर्मकर्मको कुरा गर्नेहरू एकलकाँटे हुन पुग्छन् किन ? देश नै संस्कार हराएको र राजा हराएको माहुरी जस्तो हुन पुगेको छ । आज नेपालमा को सन्तोष छ ? खाली जसको हातमा अधिकार छ उही मात्र खुशी र सन्तोष छ । तर सरकारका र उही पार्टीका नेता समेत बेखुशी रहनुमा आम नागरिकको दोष छ कि सरकार चलाउनेहरूको ? रातदिन कुर्र्सीको लडाइँ बाहेक केही अन्य मुसो मारेको अवस्था छैन ।
धन्न भाग्यले कताबाट कसले कोरोना भाइरस पठाएछ र जनतालाई हाउँगुजी देखाएर रडाको मच्चाएर सरकारमा रहनेहरूलाई मात्र पो दशैं आयो तर बाँकी जनता त सधैँका दुःखी हुँदा नहुँदाको ऋण काढेर सरकारले बढाएको कर तिर्दैमा दुःखी भए । यही रहेछ समृद्ध नेपाल र सुखी नेपालीको नारा ।