आधारभूत विद्यालय कटाहाको अध्यक्षमा वली
तुलसीपुर, ९ माघ । तुलसीपुर उपमहानगरपालिका–११ मा रहेको आधारभुत बिद्यालय कटाहाको अध्यक्षमा हिमराज वली चयन भएका छन । विद्यालयमा भएको अभिभावकहरुको भेलाले वलीको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष वीरबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिक वडा नं. ११ का वडा सदस्य सुबास डागीको प्रमुख आतिथ्यमा भेला भएको थियो । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा अभिभावकको तर्फबाट ढग बहादुर मल्ल, शिबा कुमारी भण्डारी, गिता केसी, बिद्यालय संस्थापक तथा समाजसेवी तर्फबाट तुलाराम डागी, शिक्षाप्रेमीका तर्फबाट तेजकुमारी चन्द, शिक्षक प्रतिनिधि तेज बहादुर डाँगी रहेका छन । विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक टंक भण्डारी रहेका छन ।
त्यस्तै भेलाले हितकुमारी चौधरीको अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । सको सदस्यमा अभिभावकको तर्फबाट झरना चौधरी, इन्द्रा चौधरी, जुगरी चौधरी, सीता नेपाली, मेघराज पुन, शिक्षकको तर्फबाट थम्मन बहादुर चन्द, ओमप्रकाश गिरि र टंकबहादुर भण्डारी रहेका छन ।
भेलामा तुलसीपुर उपमहानगरापालिका वडा नं.११ का वडा सदस्य सुबास डागी, शान्ति सामुदायिक बन समुहका अध्यक्ष अर्जुन बहादुर केसी, बिद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष तुलाराम डागी, खैरेनी सामुदायिक बन समूह कटाहाका अध्यक्ष भुप बहादुर वली (भोलाराम) लगायतले बिद्यालयको बिकासका लागि सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक टंक बहादुर भण्डारीले बिद्यालयको पछिल्लो गतिबिधी बारे जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक तेज बहादुर डागीले गरेका थिए ।
