शान्तिनगरका दर्जनौं युवाहरु राजमोमा प्रवेश

दाङ,२१ कार्तिक । शान्तिनगर गाँउपालिकामा दर्जनौ युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न ।

शान्तिनगरको चिराघाटमा आयोजना गरिएको कार्यक्रममा युवाहरु जनमोर्चामा प्रवेश गरेका हुन । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले नवप्रवेशीहरुलाई अबिर र पार्टीको सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराएका थिए ।

रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जनमोर्चाका जिल्ला अध्यक्ष आचार्यले सामाजमा ब्याप्त बेथितिहरुको अन्त्य गर्दै समाजलाई सकारात्मक रुपान्तरणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्न युवाहरुलाई आग्रह गरेका थिए ।

पार्टीमा प्रवेश गर्नेहरुमा रमेश अधिकारी, कोमल बुढाथोकी, शिवकुमार देबकोटा, ललिता बिकलगायत दर्जनौं युवाहरु रहेका छन ।

कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व जिल्ला अध्यक्ष शशीराम बुढाथोकी, अखिल नेपाल युबक संघ घोराही नगर उपाध्यक्ष सुमन घर्ती,शान्तिनगर युबा संजालका अध्यक्ष कर्णदिप देबकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

राजमोको समिति गठन
यसैविच शान्तिनगर गाउपालिकामा राष्ट्रिय जनमोर्चाको समिति गठन भएको छ । गाउँपालिकाको चिराघाटमा भएको भेलाले समिति गठन गरेको हो ।

रमेश अधिकारीको अध्यक्षता तथा पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाले रमेश अधिकारीकै अध्यक्षतामा तीन सदस्य पछि थप गर्ने गरि १७ सदस्यीय गाउपालिका स्तरीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कोमल बुढाथोकी, सचिब शिवकुमार देबकोटा, सहसचिवमा ललिता बिक, कोषाध्यक्ष तुलसी थापा रहेका छन । त्यसैगरी सदस्यहरुमा सुमन थापा, उमेश बिक , यामबहादुर खडका, हिमाल बिक, कृष्ण भुसाल, भानुभक्त बिक, सुनिता बिक, महेश घर्ती, मेघबहादुर गन्धर्व रहेका छन ।

भेलामा अखिल नेपाल युबक संघका पूर्व केन्द्रिय सदस्य शशीराम बुढाथोकी , घोराही नगर उपाध्यक्ष सुमन घर्ती, शान्तिनगर युबा संजालका अध्यक्ष कर्णदिप देबकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।