दाङ,१७ कार्तिक । दाङमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–९ निवासी ४८ वर्षीय पुरुषको गए राति बाँकेको भेरी अस्पतालको आईसोलेसनमा मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
योसँगै कोरोना संक्रमणका कारण तुलसीपुरमा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । दाङमा हालसम्म दुई हजार एक सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु मध्य १ हजार ५ सय ४७ जना उपचारपछि घर फर्किएका छन भने बाँकको उपचार भैरहेको छ ।
संक्रमित मध्य अधिकांस घरमै रहेका छन् । कोरोना भाइरसका कारण दाङमा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।