तुलसीपुर, १७ कार्तिक । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका विच आँखा स्वास्थ्य सेवाको विस्तारका बारेमा छलफल भएको छ ।
प्रतिष्ठान र संघको सहकार्यमा नेत्र विज्ञानसंग सम्वन्धित विभिन्न तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने , आँखा स्वास्थ्य सेवालाई केकसरी गुणस्तरी गराई सवै उपचार सेवा दिने र अध्ययन अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।
राप्ती आँखा अस्पतालमा भएको छलफल कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा संगीता भण्डारीले नेपाल नेत्रज्योति संघ संग सहकार्य गरेर नेत्र विज्ञान सम्वन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने भन्दै आँखा स्वास्थ्य सेवालाई गुणस्तरी गराई अनुसन्धान कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्न आफुहरु तयार रहेको बताएकी थिइन् ।
उनले दाङमा नेत्र विज्ञान सम्वन्धित शैक्षिक कार्यक्रम सञ्चालन गरि सवै आँखाका सेवाहरु यहिबाट दिनका लागि आफुहरुको सवै किसिमको सहयोग हुने बताइन् । ‘हामीहरुले अन्य शैक्षिक कार्यक्रम संग संगै नेत्र विज्ञान सम्वन्धी कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा छौं, संघको सहकार्यमा शैक्षिक कार्यक्रम र आँखा स्वास्थ्य सेवा प्रवाह गर्न हामीहरु तयार छौं– उनले भनिन् ।
त्यसैगरि नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले पनि आफुहरु यस क्षेत्रमा विगत लामोसमय देखि अस्पताल र उपचार केन्द्रहरु सञ्चालन गरि आँखा स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै प्रतिष्ठान संग सहकार्य गरेर थप शैक्षिक तथा उपचार सेवा प्रवाह गर्न तयार रहेको बताए ।
उनले प्रतिष्ठान संग विभिन्न चरणमा यस विषयमा छलफल भएको भन्दै अव केहि समयमै के कसरी शैक्षिक कार्यक्रम र आँखा स्वास्थ्य सेवाका वारेमा साझेदारी गर्ने भन्ने विषयमा टुङ्गोमा पुग्ने बताए ।
‘हामीहरुले कसरी यहाँका अस्पताल र उपचार केन्द्रलाई सुविधा सम्पन्न गराउने भन्नेमा लागेका छौं, आँखा स्वास्थ्य सेवा र नेत्र विज्ञान सम्वन्धी शैक्षिक कार्यक्रम सहकार्यमा सञ्चालन गर्न हामीहरु तयार छौं –गिरीले भने । ’ उनले सवै जनताले सवै सेवा यहिबाट आउने गरि आफुहरु भौतिक तथा अस्पतालले दिने सेवाहरु बढाउदै गएको बताए ।
छलफल कार्यक्रममा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले संघद्धारा सञ्चालित आँखा अस्पतालले हाल सम्म दिएका सेवाहरु, अन्धोपन न्यूनिकरणमा आँखा अस्पतालले खेलेको भुमिका र अस्पतालको भावि योजनाहरुको वारेमा विस्तृत रुपमा जानकारी गराएका थिए ।
उनले आफुहरुले राप्ती आँखा अस्पताललाई नेत्र विज्ञान अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्ने योजना रहेको भन्दै प्रतिष्ठान संग सहकार्य गर्न आफुहरु तयार रहेको बताए । सो अवसरमा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, सहसचिव चिरन्ञ्जीवि रिजाल, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेल, नेत्र अधिकृत शालिकराम गौतमलगायतले बोलका थिए ।
सो अवसरमा प्रतिष्ठानका उपकुलपति प्रा.डा संगीता भण्डारी, नेत्ररोग विशेषज्ञ डा.प्रज्ञा बस्नेतले राप्ती आँखा अस्पतालको अवलोकन समेत गरेका थिए । अन्य विषयहरुमा थप छलफलगरि अगाडि बताएको छ ।