अध्यक्ष यादवमाथि भएको संघातिक हमलाप्रति ध्यानाकर्षण

शिवराज खनाल
गढवा, १४ कार्तिक । यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादवमाथि भएको संघातिक हमलाको भर्त्सना गरेको छ ।

यादव समाज सेवा संघले शुक्रवार एक प्रेस बिज्ञप्ति जारी गर्दै घट्नाको भत्र्सना गरेको हो । बिजयादशमीको दिन दुर्गामाताको मुर्तीको बिसर्जन गर्ने बेला जय माता दि लेखिएको ब्यानर (पट्टि) बितरण गर्ने क्रममा बिबाद उत्पन्न भएपछी बिबाद समाधान गर्न खोज्दा अपराधिक मानसिकताले पछाडीबाट यादव समाज सेवा संघका अध्यक्ष यादवलाई ढुंगा प्रहार गरि घाइते बनाएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यादव समाज सेवा संघका महासचिव मिन्तीराम यादवद्वारा हस्ताक्षरित बिज्ञप्तिमा २०५२ सालदेखि यादव समाजमा ब्याप्त रहेको कुरिती कुसंस्कार हटाउदै समृद्ध समाज निर्माणमा अहंम भुमिका खेलिरहेको यादव समाजको मान मर्यादामा आंच आउने गरि संस्थाका अध्यक्षलाई अंगभंग हुने गरी गरिएको आक्रमणको निन्दा गर्दै दोषीको पहिचान गरि हदैसम्मको कारवाही गर्न माग गरिएको छ । साथै बिज्ञप्तिमा अध्यक्ष हिरालाल यादव तथा लगायत सम्पुर्ण घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना गरिएको छ ।

त्यसै गरि संस्थाका महासचिव मिन्तिराम यादवले एक अर्को प्रेस बिज्ञप्ति जारी गर्दै यादव समाजका पूर्व केन्द्रिय समिति सदस्य टिपुर यादवको धर्मपत्नी राधा यादवको यहि कार्तिक ११ गते भएको असमायिक निधनले शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै मृत आत्माको चीर शान्तिको कामना गरेका छन ।