देशभर ३७४९ जनामा कोरोना संक्रमण

दाङ,२९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५ सय ९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उपत्यकामा १ हजार ९ सय ३५ संक्रमित थपिएका छन्, । जसमध्य काठमाडौंका १ हजार ६ सय ९२ जना , भक्तपुरका १ सय ३४ र ललितपुरका १ सय ८ जना छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । उनीहरु मध्य ६ सय ९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५ सय १२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५ सय ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।