घर लिप्ने माटो खन्दा ढिस्कोले पुरिएर कम्मर भाचियो, उपचारमा समस्या

दाङ, २७ असोज । दशैका लागि घर लिप्ने माटो खन्ने क्रममा भत्किएको माटोको ढिस्कोले च्याप्दा कम्मर भाचिएकी महिलाको उपचारमा समस्या भएको छ ।

बबई गाउँपलिका–३ निवासी दिपा केसीको गएको असोज १९ गते घर लिप्ने माटो खन्ने क्रममा भत्किएको माटो ढिस्कोले कम्मर भाचिएको थियो । उनी घरदेखि केही टाढा रहेको जंगलमा माटो लिन गएकी थिइन ।

दशैको समयमा धेरैले माटो लिने भएका कारण उक्त ठाउँ निकै गहिर भएको रहिछ । उनी पनि त्यही खाडलमा पसेर कमेरो निकाल्ने अकास्मात माथिबाट माटोको ढिस्को खस्दा उनी त्यही खाडलमा पुरिएकी थिइन । पछी नजिकै रहेका अन्य व्यक्तिहरुले उनलाई त्यहाबाट उद्दार गरे र नजिकैको शहर तुलसीपुरमा उपचारका लागि लगियो ।

तर त्यहाँ उपचार सम्भब नदेखिएपछी उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरियो । उनी अहिले काठमाडौंको टिचिङ हस्पिटलमा उपचाररत छिन । उनको शरीररका धेरै जस्तो भागहरु भचिएको छ। कम्मरदेखि मुनिको कुनै पनि भाग चल्दैन। उपचारको लागि करीब १० देखि१२ लाख खर्च लाग्ने भएको दिपाका श्रीमान रुद्र केसीले बताए ।

मध्यम वर्गीय परिवार रहेका कारण अहिले उपचारका लागि पैसा जुटाउन केसी परिवारलाई निकै सकस परेको छ। कोरोनाले गर्दा आफु पनि कमाउन कतै जान नसकेको र दशैंको मुखैमा दशा लागेपछि अव श्रीमतिको कसरी उपचार गर्ने भन्ने समस्यामा परेको उनले बताए । ‘ुसिधै माग्न पनि सकिदैन, नमागेर उपचार गराउन कठिन पर्ने अवस्था छ’–उनले भने ।