दाङ, २५ असोज । समुदाय स्तरमै कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि घोराही उपमहानगरपालिका वडा नं ४ मा रहेका विद्यालयहरुमा सिक्षण सिकाई वन्द गरिने भएको छ ।
कोरोना भाइरसको संक्रमण समुदायमा फैलदै गएको र यसवाट मृत्यु हुनेको सङख्या पनि बढदै गएको र विद्यार्थीहरुमा कोरोना संक्रमण फैलन त्रास रहेकाले वडामा रहेका सामुदायिक तथा निजी विद्यालयहरु वन्द गर्ने निर्णय गरिएको वडा अध्यक्ष भीमवहादुर सार्कीले जानकारी दिएका छन् ।
हाललाई मंसीर १० गतेसम्म वन्द गरिने भनिए पनि सहज परिस्थीति भएमा विद्यालयहरु सञ्चालनमा ल्याउने उनले बताए । आइतवार विद्यालयका प्रधनाध्यापकहरुको सहभागितामा बसेको बैठकले वडामा रहेका विद्यालयहरुमा तत्कालका लागि पठनपाठन रोक्ने निर्णय गरेको हो ।