दाङ,२३ असोज । तुलसीपुर उपमहानगरपालिका–१३ का वडा अध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ ।
लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पीडित न्यौपानेको शुक्रवार आज निधन भएको हो । उनको उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटो मै निधन भएको हो ।
‘रुघाखोकी र ज्वरो बढेपछि उपचारका लागि अस्पताल ल्याउँदै थियौं’–छोरा पोषण न्यौपानेले भने–‘अस्पताल पु¥याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरिदिए ।’ छोरा न्यौपानेका अनुसार ३ र ४ दिन यतादेखि सामान्य खोकी लागे र ज्वरो आउने गरेको थियो ।
न्यौपाने नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन । वडा अध्यक्ष न्यौपानेको शव अहिले राप्ती प्रादेशिक अस्पतालमै राखिएको छ।