दाङ,२१ असोज । लमही नगरपालिका– ९ अमिलियामा रहेको माध्यामिक विद्यालय अमिलियामा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
कोरोना संक्रमणको जोखिम ब्याप्त रहेका बेला बिद्यार्थीहरुलाई कोरोना संक्रमणबाट सुरक्षित राख्ने उद्देश्यले मास्क तथा सेनिटाईजर वितरण गरिएको हो ।
लमही नगरपालिका–९ देउखुरी निवासी नेपाली कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि एव क्षेत्रीय सदस्य केशरवहादुर पछाई (शेखर) ले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि दुई सय थान मास्क वितरण गरेका हुन् ।
यसैगरि विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीहरुका लागि सेनिटाईजरको व्यवस्थापनका लागि उनले सेनिटाईजर समेत हस्तान्तरण गरेका छन् ।पछाईँले सहयोग गरेको सामाग्री उनका छोरा सन्तोष पछाईले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
‘कोरोनाको संक्रमण उच्च रहेका बेला अध्ययनका लागि बिद्यालयमा आउने साना बालबालीकाहरुलाई संक्रमणको उच्च जोखिम रहन्छ,’ केशरले भने ‘कोरोना संक्रमणको जोखिम टार्नका लागि विद्यालयमा अध्ययनरत वालवालीकाहरुलाई सुरक्षित राख्न स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको हुँ ।’
साथै उनले विद्यालयमा पठनपाठन सुरु भैसकेको अवस्थामा कोरोना संक्रमणको जोखिमदेखि सतर्क रहि विद्यार्थी तथा उनीहरुका अभिभावक स्वयंले पनि सचेतना अपनाउनु पर्ने सुझाव समेत दिए ।