दाङ,१५ माघ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा सिकलसेल बिरामीहरुका लागि सोमवार घोराहीमा दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सल्लाहाकार सोगत चौधरीको सभाअध्यक्षतामा भएको कार्यक्रममा सिकलसेलका बिरामीहरुले दुखाई ब्यवस्थापन गर्नका लागि अपनाउनुपर्ने भुमिकाहरुको बारेमा अभिमुखीकरण गराइएको थियो ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा उमाकान्त तिवारीले सहजीकरण गरेका थिए । डा तिवारीले सिकलसेलका बिरामीहरुले दुखाई कम गर्नका लागि सामान्य मान्छेले पिउने पानीभन्दा बढी मात्रामा पानी पिउनुपर्ने, सिटामोल वा डाक्टरले दिएको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्ने, स्वास फेर्न गाह्रो र दुखाई बढी भएको खण्डमा तुरुन्तै अस्पताल पु¥याउनुपर्नेलगायतका विषयमा डा तिवारीले जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै सभाअध्यक्ष सोगत चौधरीले संस्थाले २०५१ सालदेखि महिला, बालबालिकाहरुको सशक्तिकरण, बिपत ब्यवस्थापन, शिक्षा, कृषि, पशुपालन, स्वास्थ्यलगायतको क्षेत्रमा विविध क्रयाक्लापहरु गर्दै आएको बताएका थिए । ग्रामीण महिला उत्थान केन्द्रले केही समयअघि सिकलसेल बिरामीहरु पहिचानका लागि घोराही १० नारायपुरमा सिकलसेल स्वाथ्य शिबिरको आयोजना गरेको थियो ।
उक्त क्याम्पबाट ४१ जना सिकलसेलका बिरामीहरु पहिचान भएका थिए र अहिले उनै बिरामीहरुका लागि दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको थियो ।४१ जनाहरुका लागि शिक्षा तथा आयआर्जनका क्षेत्रमा पनि संस्थाले सहयोग गर्ने संस्थाका सल्लाहाकार तथा सभाअध्यक्ष सोगत चौधरीले बताइन । मेट लाईफ ईन्सोरेन्सको सहयोगमा संञ्चालित कार्यक्रममा नारायणपुर स्वास्थ्य चौकीका ईन्र्चाज डिल्लीराज आर्चायलगायतले बोलेका थिए । संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सुचना अधिकारी पार्वती बस्नेतले गरेकी थिइन ।