शान्त समाज र आनन्दित संसार

एकराज शर्मा अधिकारी
मानिसलाई हरेक क्षण चिन्ता र छटपटी छ । तनाव छ । मानिसले सुख,शान्ति र आनन्दको अनुभव प्राप्त गर्न सकेका छैनन् । शान्ति र आनन्द भित्र छ । मानिसले बाहिरी विषयमा स्त्री पुत्र आदीमा ,धन सम्पतीमा आनन्द खोज्छन् । कसरी आनन्द पाउने ? स्वर्गमा आनन्द छ भनेर स्वर्ग खोज्छन् । नर्कमा दुःख छ भनेर डराउँछन। यी सवै कल्पना हुन ।
स्वर्ग र नर्क कसैले देखेका छैनन् । स्वर्ग र नर्क आफैभित्र छ । सुख दुःख पनि आफैभित्र छ । यो सुष्म अनुभवले थाहा पाउने कुरा हो । मोटो अनुभवले थाहा हुँदैन । मानव शरिरमा प्रतिक्रिया जनाउने एउटा मष्तिक छ । त्यसले राम्रो नराम्रो विचार उत्पन्न गराउँछ । काम, क्रोध, लोभ र मोह पनि उत्पादन गर्दछ । दयाँ, माया र प्रेम पनि उत्पादन गर्छ । शान्ति र आनन्द मानवको आधारभूत आवश्यकता हो । शान्ति र आनन्द नभए मानिस बाच्न सक्दैन । अरुवाट आनन्द नपाएपनि निद्राबाट आनन्द र शान्ति खोज्दछन् ।
यो बास्तविक आनन्द होइन । यो तामसिक आनन्द हो । यो नास हुन्छ । हामीले खोजेको आनन्द हो, स्वरुपको आनन्द । हाम्रा पूर्वजहरुले प्रकृतिबाट शान्ति र आनन्द लिन सिकेका थिए । हामीले प्रकृतिको महत्व बुझन सकेका छैनौ । हामीले प्रकृतिलाई क्षन्नभिन्न पारेका छौ । प्रकृतिको संरक्षण गर्नु, आफ्नो संरक्षण गर्नु हो । प्रकृतिसँग हाम्रो गहिरो संम्वन्ध छ । प्रकृतिविना हामी बाच्न सक्दैनौ । मानिस अझै अचेतन अवस्थामा छन् । भाग्यको भर पर्छन । भाग्य तँ आफैले बनाउने हो ।
मानिसले तर्क गर्न जानेको छ, वितर्क गर्न जानेको छ । जो आफ्नो होइन, त्यसलाई आफ्नो भन्छ । जो आफ्नो हो, त्यसलाई पराई ठान्छ । प्रकृतिले हामीलाई बस्न दिएको छ । पानीले हामीलाई प्यास मेटाएको छ । सूर्य र अग्नीको तेजले हामीलाई न्यानो दिएको छ । बायु र हावाले हामीलाई प्राण दिएको छ । आकाशले हामीलाई स्वतन्त्र पूर्वक हिडडुल गर्न दिएको छ,। के यो गुण बुझेका छौ त ? बुझेको थिए, वृक्षारोपन गरेर पृथ्वीलाई जोगाउने थियौ । पानीमा ठल मिसाएर दुषित गर्ने थिएनौ । दुर्गन्धित ग्यासले बायुलाई दुषित बनाउने थिएनौ । आकाशमा ग्यास प्रक्षेपण गर्ने थिएनौ ।
हामीले प्रकृतिले दिएको उपहारलाई बिर्सेका छौ । प्रकृतिसँग प्रेम गर्न जानेका छैनौ । अंगालो हाल्नु मात्र प्रेम होइन । हामी स्वार्थी भएका छौ । प्रेम मानविय गुण हो । सवैलाई पुग्दछ । सवैलाई दिन सकिन्छ । यो पान्च भौतिक शरिर अत्यन्त प्यारो छ । त्यसलाई जोगाउन प्रकृतिसँग राम्रो सम्वन्ध कायम राख्नुपर्छ । हामी आजकल प्रकृतिदेखि टाढा हुँदै गएका छौ । माटोले बनाएको घरमा बस्न छोडेका छौ । पृथ्वीमा टेक्न छोडेका छौ । माटोमा पैदल हिड्न छोडेका छौ । हामीले अक्सिजन दिने विरुवा रोप्न छोडेका छौ । सुद्ध पानी पिउन छोडेका छौ । मुलको पानी देखेकै छैनौ ।
खुला आकाशको मुनि बस्न छोडेका छौ । त्यसैले प्रकृतिदेखि टाढा हुँदैन गएकाले रोगी पनि हुँदै गएका छौ । डाक्टरले प्राकृतिक चिकित्सा गर्न सिकाउँछन् । तर हामी त्यो पनि गर्दनौ । एक पाइला पनि खाली खुट्टा हिड्न सक्दैनौ । भित्रबाहिर जहाँ गएर बस्दा पनि पृथ्वीसँग हाम्रो सम्वन्ध छैन । यदी हामीले शान्त समाज र आनन्दित संसार बनाउन चाहने हो भने प्रकृतिसँग गहिरो नाता जोड्नुपर्छ । प्रकृतिसँग अलग भएको हुनाले हामीलाई कोरोना जस्तो महामारी रोगको चपेटामा पर्नु प¥यो । प्राकृतिक चिकित्साले सफलता प्राप्त ग¥यो ।
प्राकृतिक चिकित्साको भर नपर्ने तर इन्जेक्सनको भर पर्नेको ज्यान गयो । तर्क वितर्क गरेर शान्त समाज र आनन्दित संसार बनाउन सक्दैनौ । प्रकृतिसँग सम्वन्ध टुटेपछि न समाज शान्त हुन्छ, न संसारमा आनन्द हुन्छ । त्यसैले मायालाई माया गर्नुप¥यो । वातावरण संरक्षण गर्नुप¥यो । घर वरपर, वनजंगलमा विरुवा रोप्नुप¥यो ।वातावरण प्रदुर्षण गर्ने कामलाई कम गर्न सवैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसका लागि तिनै तहका सरकारले यसतर्फ ध्यान दिदै लगानी प्रवाह गरि समाजलाई स्वच्छ, शान्त र आनन्द बनाउनका लागि आवश्यक छ । साथै अन्य अन्य संघसस्थाहरु पनि नव जागरण ल्याइ वातावरण संरक्षणका क्षेत्रमा क्रियाशिल हुन जरुरी छ ।