Goraksha

National Daily

रवि, जिबी र छवि

सुभाष न्यौपाने
सहकारी प्रकरणमा ख्याति, प्रसिद्धि कमाउने
हुन रवि लामिछाने तर प्रमाण भेटिँदैन रे ।।
घोटाला अर्बौँको, भएको छ ठगी पनि
तर प्रत्यक्ष प्रमाण भेटिँदैन कतै पनि ।।
अपचलन भएका सहकारीमा भएका रकम
पैसो गएको छ खातामा तर प्रमाण भेटिँदैन ।।
धनराज ऋषिकेश शक्तिलाई समाएर
कारबाही अघि बढाउ जनतालाई देखाएर ।।

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गिरफ्तारमा परेपछि झ्वाट्ट हेर्दा मुलुकको राजनीति तरङ्गित भएको छ । हरेक पटक र प्रसङ्गको बयानमा रविले भनेका छन्, मैले कहाँ कर्जा पाउँ भनेर कुन सहकारीमा निवेदन दिएको छुँ, कुन सहकारीबाट कर्जाको लागि तमसुक गरेको छुँ ? भनेर । संसदीय छानबिन समितिलगायत नेपाल प्रहरीको केन्द्रय अनुसन्धान व्युरोलाई समेत त्यसैगरी जवाफ दिएका छन् । जति–जति उनीलगायतका आरोपीहरुले अनुसन्धानकर्ता निकायसँग प्रमाण देखाउ प्रमाण देखाउ भनेर कुर्लन्छन्, त्यही नै अनुसन्धानकर्ताको लागि अभियुक्तले गरेको गतिविधिको आधार बन्न गइरहेको हुन्छ ।

त्यो कुरालाई अभियुक्तले भन्दा अनुसन्धानकर्ताले बुझिराखेका हुन्छन् । कानुनका विरुद्धमा सडकमा उत्रने नेपालीको सबैभन्दा खराब बानी । आफूले कानुन खेलाउँदा भने अर्काले यसो ग¥यो र उसो ग¥यो भन्ने, आफू अनुसन्धानको दायरामा छिर्नु प¥यो भने कार्यकर्ता सडकमा उतार्ने ? नाराबाजी गर्न लगाउने अपराधी नेता सन्त छ भनेर प्रमाणित गराउने ? यस्तै गतिविधिले लोकतन्त्रलाई परिभाषित गर्छ ? यी सबै गतिविधिहरु गर्न सिकाउने नै नेपालका ठुला भनिने राजनैतिक दलहरु नै हुन् । जसले पटक–पटक आन्दोलन सफल पारे, सत्ता सञ्चालन गरे, हो त्यसै बेलाबाट ती ठुला राजनैतिक दलहरुले सत्ता र शक्तिको आडमा जनतालाई ठग्न, ढाँट्न, सिके, त्यही सिको रविलगायतका अन्य व्यक्तिहरुले पनि सिके ।

विभिन्न सहकारीबाट अपचलन गरिएको रकम कान्तिपुर हस्पिटल, गोरखा मिडिया सेन्टरलगायत चालिसभन्दा बढी कम्पनीहरुमा जम्मा हुन गएको बुझिएको छ । कतिपय सहकारीका विरुद्धमा पीडित अर्थात् सहकारीमा रकम जम्माकर्ता सदस्यहरुले सहकारीको रकम हिनामिना भयो, अपचलन भयो, छानबिन गरिपाउँ भनेर उजुरी गर्दा प्रहरीको छानबिन समूहले समेत निवेदन लिन नमानेको भन्ने कुरा पनि सार्वजनिक भइसकेको छ । न्यायमा यस्ता गतिविधिहरु किन हुन्छन् ? यी सबै अनैतिक क्रियाकलाप तथा अनैतिक गतिविधि गर्न सिकाउने सञ्चालक राजनैतिक दलका नेताहरु धनराज गुरुङ, ऋषि पोख्रेल, शक्ति बस्नेतलगायतका नेताहरुको पनि सहकारी रकम हिनामिना गर्नेहरुको लिस्टमा नाम सार्वजनिक भइसकेको छ । उनीहरुमाथि पनि सार्वजनितक रुपमा छानबिन पक्कै पनि सरकारले अगाडि बढाउने नै छ ।

रविले प्राप्त गरेको गोरखा मिडिया सेन्टरको १५ प्रतिशत स्वेत शेयर यो शब्द कानुनको कुनै पनि दफा र बुँदामा उल्लेख नगरिएको भए पनि रवि उक्त संस्थाका स्वेत सेयर सदस्य हुन् । कस्तो मजा, ठग्न जानने र कमाउन सक्नेले आफ्ना गतिविधिहरुलाई आफ्नै नाम राखेर पनि त काम गर्दा रहेछन् । २०८१ भाद्र ३० मा छविलाल जोशी पक्राउ पर्दा गोरखा मिडिया नेटवर्कका सञ्चालक तथा निर्देशक रवि लामिछाने पनि पक्राउ पर्ने व्यापक आशङ्का थियो तर उनी त्यसबेला पक्राउ भने परेनन् तर त्यो विषय अलि व्यापक बन्दै गयो । जिवी र छविले पचास प्रतिशत अर्थात् आधा–आधा लगानीमा सञ्चालन भएको सञ्चार केन्द्र हो, गोरखा मिडिया नेटवर्क । रवि त्यसका म्यानेजिङ डाइरेक्टर मात्र होइनन्, त्यस केन्द्रका १५ प्रतिशत स्वेत सेयरका मालिक पनि हुन् । हिजो सञ्चारकर्मीको रुपमा सञ्चार नेटवर्क चलाइरहँदा नागरिकबाट पाएको प्रसिद्धिका कारण उत्प्रेरित भएर उच्च महत्वाकाङ्क्षाका साथ राजनीतिमा प्रवेश गरेका रवि लामिछानेलाई जागेको राजनेतिक अभिप्रेरणा जसरी उत्तेजित रुपमा अगाडि बढ्यो ।

त्यस प्रेरणादायी गुरु त राजनैतिक दलका नेताहरु नै हुन् । उनी राजनीतिमा प्रवेश गरिसकेपछि मुलुकमा गठडबन्धनको राजनैतिक संस्कृति अगाडि बढेपछि ठुला दलका नेताहरुको गोप्य मिटिङ हुँदाका बखत उनले पनि केही गोप्य झुठहरुको पनि असल व्याख्या गरेर अरु थप झुठ बुझ्ने मौका पाए । जसले गर्दा शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड आदि नेताहरुलाई पालोपालो दम्काउने अवसर पनि रविले प्राप्त गरे । त्यसैले यी ज्येष्ठ नागरिक नेताहरभन्दा कनिष्ठहरु नै टाठा र बाठा बनेर आए । जसले गर्दा ज्येष्ठहरु अलि अप्ठेरोमा पर्दै गएका छन् ।

यसै प्रकरणमा गत कार्तिक १४ गतेदेखि लागु हुने गरी रवि लामिछानेलगायत छविलाल जोशी, लीला पछाइँ र रामबहादुर खनाललगायतको म्याद १० दिन थप गरेको समय अवधि कार्तिक २३ गते समाप्त हुने गरी जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सुनुवाइ सकेको छ । कार्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ परेका रवि अहिले छानबिन र अनुसन्धनका लागि पछिल्लो दशदिने प्रहरी हिरासतमा छन् । माननीय गीता बस्नेत सहकारी सदस्य नभए तापनि सहकारीबाट ऋण लिएर ज्वार्इँ नगेन्द्र रिजालले सञ्चालन गरेको रिसोर्टमा लगानी गरेको सन्दर्भमा रवि गृहमन्त्री हुँदा नै माननीय गीता बस्नेतमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइसकेका थिए ।

अब भन्नुस् एउटै प्रकृतिको अपराधमा कोही फरार हुनु पर्ने र कसैले उन्मुक्ति पाउने कुनै आधार हुन सक्छ ? गीता बस्नेतमाथि अनुसन्धानका लागि भन्दै रविले नेतृत्व गरेको गृहमन्त्रालय अर्थात् नेपाल प्रहरीले पक्राउपुर्जी जारी गर्दा राप्रपा किन सडक आन्दोलनमा आएन ? के बबण्डर मच्चाउन चाहेको भए के रास्वापाको जस्तो आवेग ल्याउन नसक्ने राप्रपा हो र ? त्यसैले कानुनको सबैले पालना गर्नुपर्छ, न्यायको समान प्रयोग हुनुपर्छ, अनि मात्र लोकतन्त्र परिभाषित हुन्छ ?

आफूमाथि वर्तमान कांग्रेस–एमालेको गठबन्धनको सरकारले उनीमाथि कारबाहीको लागि गिराफ्तारीको आदेश गर्दा लाठे, मुङ्ग्रेहरुलाई प्रतिकारमा उतारेर सिंहासनको शेर बन्ने रविले उही प्रकृतिको गीता बस्नेतलाई पक्राउ गर्ने आदेश दिँदा किन कानुको ख्याल गरेनन् ? सोही प्रकृतिको घटनामा आफू गिरफतारीमा पर्दा चाहिँ ठुला दलले अन्याय गरे, मेरो राजनेतिक क्यारियरमाथि आक्रमण गरे भनेर रोदन अलाप्ने ? आफूले पनि कानुनको पालना ग¥यो भने अरुलाई कानुको पालना गराउन सकिन्छ, रविजी ? अहिले नेपालमा नेता र मन्त्री भन्नेहरु जनताको नजरबाट गिर्दै छन् । राजनीतिमा यत्रो विधि जनताले आशा गरेको र माया गरेको मान्छे रवि त जनता ठग्ने अभियानमा लागे भन्ने सुन्दा के जनता खुसी होलान् ?

यदि तिमीमा इमानदारिता र राष्ट्रभक्ति हुँदाहुँदै पनि तिमीमाथि यदि प्रतिशोधकै आरोप र लान्छना लगाइएको हो भने जनतासँग स्पष्ट रुपमा नै माफी माग, क्षमा याचना गर र आफ्ना गतिविधिको कारण सार्वजनिक गर । होयन दुइटी ज्वाइँ, दुइटा नागरिकता, दुइवटा पासपोर्टकै तरिकाले तिमी अगाडि बढ्न खोजेका हौ भने तिमी बाघ चाहिँ कुकुर उत्ताउलो भएर निस्केका ओभर स्मार्ट हो । तिमीले नपाएको दुःख कल्ले पाउने, तिमीले नखाएको कस्टडी कल्ले पाउने ? जबसम्म तिम्रो जनताले विश्वास गर्ने खालको सद्भाव पूर्ण भावना बाहिर झल्किँदैन तबसम्म तिम्रा मतियारहरु बाहेक नेपाली जनताले तिमीप्रति मानवको दयाका आँसु चुहाउने छैनन् । हो, तिमीजस्ता वयानमा थाहा छैन भनेर जवाफ दिने धनराज गुरुङ, ऋषि पोख्रेल, शक्ति बस्नेतहरु त यहाँ धेरै होलान्, नेपथ्यमा देउवा, ओली, प्रचण्ड पनि होलान्, तिमीजस्ता चतुर ब्वाँसाहरु । बुझ्नु तिमीहरु जति बाठा भए पनि ब्याँसा नै हो, बाघ त जनता नै हुन् । यो मुलुकको कानुन र संविधान हो । तिमीहरुजस्तै प्रवृत्ति भएका नेताहरुको राजनीतिका कारण नेपाली जनता आफूले सकुञ्जेलसम्म र मिहिनेत गर्दा पनि पेटभरि खान नपाउने अवस्थामा पुगिरहेका छन् ।

यस्तो संवेदनशील विषयमा कुनै वास्ता नगरी समस्त युवा तथा नेपालीले आशा गरेको व्यक्ति र उनले नेतृत्व गरेको पार्टी रास्वपा जसरी चलायमान भएर आइरहेको थियो ती सबै जनताका आशाहरु निराशामा परिणत हुँदै गएको छ । जति जान्ने, जति बाठो भए पनि जनतालाई ठग्ने, ढाँट्ने जनतामारा देश र जनताको लागि आवश्यक छैन । तिम्रो बढ्ता चलाखीपूर्ण गतिविधि तिम्रै लागि घातक बन्दै गइरहेको छ । जनताले जनप्रतिनिधिको रुपमा तिमीलाई चुन्नु नै विडम्बना रहेछ भन्ने महसुस जनतालाई भइरहेको छ । यो शुभसङ्केत र शुभसन्देश होइन ।

बुझ्नेहरुले त तिमीलाई बुझिसकेका थिए, तिमी जसरी गृहमन्त्री हुँदा जनपक्षीय र न्यायिक चरित्र प्रस्तुत गर्न खोज्दथ्यो, तिम्रा ती सबै गतिविधिहरुले आफ्नो प्रसिद्धिका लागि चोरले खेलेको रोल जस्तो देखिन्थ्यो । त्यो क्रमशः तिमी आफौ प्रस्तुत गर्दै र चरितार्थ गर्दै गयौ । अब यसमा जनताले के भन्न र के गर्न सक्छन् ? राम ! राम !! बाहेक अरु के छ र ? तसर्थ अब जनताले गर्न सक्ने भनेको त नहुनु पर्ने भयो, यत्ति मात्र हो ? तिम्रो गिरफतारीमा जनताले पहिले दुःख माने तर पछि बुझ्दै गएपछि सम्झँदै गइरहेका छन् कि तिमी पनि चोरेर साधु बनने, त्यतिमात्र कहाँ हो र प्रसिद्धिको स्टन्डवाज गर्ने चाटुकार पनि रहेछौ । तिम्रो नाममा कसैले थोरै असहमत जाहेर ग¥यो भने पनि चित्त दुखाउने र प्रतिपाद गर्न उत्रनेहरुलाई कस्तो भयो होला ? त्यो त तिमी आफैँले बुझ्ने कुरा हो ।

जनता ठग्ने उत्कण्ठाहरु तिमीले जसरी जति सजिलै पेस गर्न सक्यौ त्यो नै तिम्रो पहिलो चतु¥याइँ र बहादुरी देखियो तर टिक्न सकेन । कास्की जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीलाई रविको अनुसन्धानको लागि भन्दै थपेको पछिल्लो दशदिने म्याद आज समाप्त हुँदै छ । यसमा अदालतको जस्तो निर्णय भए पनि रुपन्देही जिल्ला अदालत तिम्रो कारबाहीको लागि रुपन्देही जिल्ला प्रहरीलाई कारबाहीको लागि गिरफतारीको आदेश दिएर बसिसकेको छ । त्यति मात्र कहाँ हो र ? चितवन र पर्सा जिल्ला अदालत पनि अनुसन्धानको लागि भन्दै संगठित अपराध अन्तर्गत मुद्दा चलाउनको लागि गिरफ्तारीको आदेश गर्ने तयारीमा छ ।

एउटै प्रकृतिको घटनामा किन थरि–थरि अभियोग मात्र ? भन्ने पनि प्रश्न उठ्न सक्छ तर फरक पीडित उपभोक्ता सदस्य र फरक कार्य क्षेत्र रहेका कारण पनि फरक–फरक जिल्लाले आ–आफ्नो निर्धारित कार्यक्षेत्र रही नयायिक प्रक्रिया अगाडि बढाउनु पर्ने भएको हुँदा पनि अलग–अलग स्थानबाट न्यायिक प्रक्रियाको थालनी गर्नु पर्ने हुन्छ । अन्य मतियार र थप अभियुक्तहरु विषय जस्तो भए पनि देश र जनता ठग्न आउने जोकोहीलाई पनि सरकारले कारबाहीको दायरामा ल्याउन छोड्नु हुँदैन । त्यसैले जनताको सरकारसँग एउटा मात्र माग के छ भने व्यक्ति विशेषमा मात्र होइन अपराधको अनुसन्धान गर्नतिर लागिग अपराधीलाई उन्मुक्ति नदेऊ ।