असफल सरकार भयो कि गठबन्धन
के.पी. सुवेदी
इतिहासको अभिलेख मेटाउँदै घनघोर बर्षाले यसपटक नयाँ अभिलेख बनाएको त छँदै छ, त्यसले काठमाडौंको सेरोफेरोमा मात्रै एकसय पचास नागरिकले ज्यान गुमाएका र अझै पनि केहिको अवस्था अज्ञात रहेको सुनिरहेको घटना यतिविधि पीडादायक छ कि हरेक मानिसको मनमा अव्यक्त पडिाले अझै छोडेको छैन । अघिल्लो पटक गत श्रावण महिनाको अन्तिमसाता दुईवटा बस पहिरोसँग बगेको गेगरले बगाउँदा यात्रुसहित त्रिशुुली खसेर बेपत्ता भएका छन् र अहिलेसम्म केही शव भेटिएका छन् तर दुईवटा बसको अवस्था अज्ञात छ । उक्त पहिलो घटनामा भारतीय पर्यटक चढेको बस थियो । यसपटक अधिकांश युवा चढेका दुईवटा बस झ्याम्पे खोलाको पहिरोले पुरेर बसभित्रै छटपटाएर मरेको घटना अत्यन्त दुःखदायी छ ।
त्यस्तो मृत्युको कल्पनामात्रै गर्दा पनि छटपटि हुन्छ । यो वा अघिल्लो दुवैघट दैवि घटना भएकोले यस्तो घटना हुनुमा को जिम्मेवार हुनसक्छ र भन्यो भने त्यो मान्य हुँदैन किनभने घटना समान प्रकृतिका भए पनि पछिल्लो घटनामा सरकारको गैह्र जिम्मेवारी देखियो । किनभने सरकारको मौसम सम्बधी सम्भावित खतराको विश्लेषण गर्ने गरेर सरकारको र सर्वसाधारण नागरिकको ध्यानाकर्षण गर्नु पर्ने जिम्मेवारी पूरा गरेकै छ । यता गृहमन्त्रालयबाट पनि जनहितमा सूचना जारी भएकै हो । जलवायु विज्ञानले आफ्नो काम पूरा गरेकै छ तर सरकारको काम सूचना दिएर बस्ने मात्र होइन उसले यो सूचना जारी गरेसँगै त्यसको पालना गराउन सबै निकाय र विपद व्यवस्थापनको सुपरिवेक्षण कडाईका साथ गर्नुपर्दथ्यो । प्रभावित क्षेत्रको सूचना लिने र उद्धारकर्ताको व्यवस्था गर्ने कानको यथाशीघ्र निगरानी बढाउनु पर्नेमा त्यसो हुन नसक्नु गैह्र जिम्मेवारीको पराकाष्ठ हो ।
प्रधानमन्त्री वली अमेरिकामा रहेको बेला अकस्मात बज्रेको यो विपदको व्यवस्थापन यहाँ बस्नेले गर्नसक्नुपर्दथ्यो । उता नागरिक उद्धारको गुहार माग्दामाग्दै प्राण त्याग गरिरहेको कारुणिक अवस्थामा सरकार बेखबर रहनु सरकारको कमजोरी मात्र होइन नागरिकप्रतिको खेलवाड हो । यस्तो नालायकीको भर्तसना गर्ने शब्दै छैन । नेपाली कॉंग्रेसका शिर्षदेखि सबै तहका नेता तथा मन्त्रि थिए । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका वलीको उत्तराधिकारमा दाबी गर्ने सबै यतै हुँदा हुन् ।
आफू नभएका बेला जस्तै परे पनि म नहुँदै केही नगर्नु भनेको भए पनि त्यस्तो अधिनायकी हठ मानिरहनु पर्ने कुरा हुँदैन । समयले मानिसको परीक्षा लिन्छ भन्ने सामान्य ज्ञानसम्म नभएकाले सरकारमा रमिता देखाउन पर्दैन र पाइँदैन । यस्तो बेलामा हस्तक्षेप गर्नु पर्ने समयको माग थियो तर अलिकति दोष तिनिहरुको पनि हो जसले सूचनाको वास्ता नगरेर मानिससँग पैसा असुल्ने मात्र उद्देश्य राख्यो । थोरै दोष सडकमा पहिरोमा च्यापिनेहरुको हुनसक्छ किनभने चेतावनीको वेवास्ता ज्यानसम्म लिने हुनसक्यो तर बाढिमा फसेका, रात्रि निद्रामा निमग्न अवचेतन जस्तो अवस्थामा गुहार माग्दा त्यसैबेला चाहिने हो नागरिकको अभिभावक ।
विपदको व्यवस्थापन गर्न र समयमा सम्भव हुने उद्धार गर्न सरकार असफल भएको हो या सत्ता गठबन्धन हो यसबारेमा चाँडै छिनोफानो गर साँढेहरु जुधेर बाछा मिच्न पाइन्न होस् गर ! होइन सरकारमा मात्र समस्या यस्तो हुन सक्तैन सत्ताको नेतृत्व गर्ने दलको अर्को साझेदार दललाई पंगु बनाउने नियतले भूमिका खेलेको भए त्यस्तो सरकारमा लाचार भएर झुन्डिनु झनै नालायकीपन बुझिन्छ ? त्यसैले दलको हैसियतमा अाँच पु¥याउने साझेदार दलको साजिश रहेको होकी होइन त्यसको अनुसन्धान गरेर नियतमा शंका लागे आफ्नो कित्ता छुट्याउन ढिलो गर्न हुन्न ।
संसदमा अरु दलको तुलनामा धेरै ठूला दुईवटा दलहरुलाई सम्बन्ध गरेर सरकारमा गएकोबार आलोचना पनि भइरहेको छ । संविधान संसोधन गर्ने बहानामा गरिएको सत्तागठबन्धन् असान्दर्भिक भनेर टिकाटिप्पणी भइरहँदा सुशासनमा सरकारको असफलताको गजवको उदाहरण भयो अहिले । एउटा असफल भए अर्कोले सरकार बनाउने ठाउँ नै नरहने गरी सत्ता गठबन्धन गरेपछि ? निर्वाचन अघि अर्को विकल्पको कल्पनै गर्न नपर्ने परिस्थिति निर्माण गर्नुपर्दथ्यो । त्यस्तो हुन सकेन भने सरकारको नेतृत्व गरेको दललाई एकलौटी गर्न दिएर अर्को दल बाहिर निस्किनुपर्छ र बाहिरबाट गुण र दोषको आधारमा समर्थन वा विरोधको नीति अखित्यार गर्नुपर्छ ।
एउटा विपद व्यवस्थापनको कुरामा मात्र असफल भएको छैन सरकार, कालाबजारीले पनि यो सरकारलाई नटेरेको अवस्था देखिएको छ । बर्षाले बाटो बिगारिदिएपछि हवाई माफिया सक्रिय भएको देखियो यो सरकारलाई निरिह जस्तो देखेका छन् उनिहरुले । किन होला त यसबारे पनि सरकारले छानविन गरी छिट्टै वास्तविकता बाहिर ल्याउन सक्नुपर्छ । विपदमा हवाई भाडा तिनगुणा बढाएर नागरिकको पीडामा पीडा थप्ने हवाई माफियालाई कारबाही गरेर नागरिकको भावनाको सम्बोधन गर्न सकेन भने सरकारलाई माफियाहरुको सरकार भनेर बुझ्न थाल्ने छन् । किनभने सरकार परिवर्तनले एक दुईवटा काम जनताको पक्षमा गरेका उदाहरण दिने ठाउँ बनाइदिनु पर्ने । त्यति पनि नभए रातारात जनताको विचल्लीमा नाफाको व्यापार गर्नेलाई दुरुत्साहन गर्न नसके किन चाहियो शक्तिशाली सरकार र किन चाहियो स्थिरता सहितको सरकारको स्वाँग ?