पक्कि सडकको आशामा गाउँलेहरु
युवराज शर्मा
गाउँको विकासका लागि पक्कि सडक महत्वपूर्ण हुन्छ । गाउँलेहरुमा उत्साह बढ्छ । विकासको गति बढ्ने पनि सडक नै हो तर सडक पक्कि बनाउने लहर नेपालमा बढ्न सकेन । शासन पद्धतिमा परिवर्थ आयो र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र पनि आयो । सरकारका स्वरुपहरु तीन तहका देखिए । गाउँलेहरुलाई गाउँको विकास गाउँस्तरबाट हुन्छ भनियो ।
गाउँ–गाउँमा सिंहदरबार पठाउने घोषणा सत्ताधारीहरुले बोल्दे गए तर कागजमा परिवर्तनका स्वरहरु घन्किए पनि जनताको अवस्थामा परिवर्तन आउन सकेन । गाउँको बाटो पनि सुधारिएन । दुरदरारका नागरिकले विकासको रुप सडक पनि पाएनन् । गाउँका गोरेटो, घोरेटो र डोरेटो सडकहहरुमा सुधार भएन । गाउँलेहरुले पीडा भोग्दै समय बिताइरहेका छन् । नागरिक रणभुल्लमा छन् तर गाउँको पक्कि सडक बन्नेमा आशावादी छन् । वास्तवमा गाउँको विकास गर्ने नै पालिका हुन् । जब पालिकास्तरमा विकासका योजनाहरु हुन्छन् भने गाउँको सडक पक्कि हुने आशा गाउँलेहरुले गर्नु स्वभाविकै हो भन्छन्– आपसमा बोलीचालीमा गाउँलेहरु ।
घोराही उपमहानगरपालिका वडा नं. १ मा पर्ने अदुवाबारी एउटा पुरानो गाउँ हो । जो चेपे तालको उत्तरमा पर्छ । त्यसै गाउँको पूर्वमा बग्ने चेपे खोला थुनेर बनाएको कित्रिम ताललाई चेपेताल भन्छन् । यस खोलाको शिर नै भोटे दश हो । जुन दश ऐतिहासिक, धार्मिक, प्राकृतिक र सिमसारमा पर्छ । साथै यस दहलाई प्राकृतिक दह भन्छन् । यहाँका भोटे बराहबाबा शक्तिपीठमा सम्झना गर्छन् । हरेक वर्ष माघे सक्रान्तिमा मेला पर्व हुन्छ र बराहाबाबाको पूजा हुन्छ । धार्मिक आस्थाका व्यक्तिहरुले बाबाको पूजा गर्छन् । भेडो, हाँस, कुखुरा र परेवालाई बली दिन्छन् । पूजाआजाको चलन प्राचिनकालदेखि चल्दै आएको छ ।
दहको अध्ययनकर्ताहरुले करिब पाँच हजार वर्ष पुरानो दश सुनाउँछन् । अदुवाबारी गाउँ हुँदै जाने यो सडकको दुरी सुर्केडाँगीदेखि १ः८ किमी पर्छ । अब एक किमिको दुरी पक्कि सडक बन्नु पर्ने छ तर गणतन्त्रको सात वर्षे स्थानयि सरकार हुँदा पनि पक्कि सडक बन्न सकेन । वर्तमान समयमा पक्कि सडक बन्ने आशामा गाउँलेहरु छन् । त्यो पनि २÷३ काय इाय मिटर मात्र बन्ने हल्ला छ । हुनत नेपाल हल्लै हल्लाको देश हो । जहाँ जनप्रतिनिधहरुको हल्ला धेरै चर्को स्वरमा हुन्छ तर काम कार्य भने मन्दगति र कच्चा प्रविधिमा बनेको देखिन्छ ।
गत वर्ष बनेको पक्कि सडक पनि फुटेर छियाछिया परेको छ । आउजाउमा धेरै कठिन भएपछि बोरामा बालुवा भरेर आउन जान सहनता गाउँलेहरुले बनाएका छन् । अझै पहिरो हटेको छैन । यसमा पालिकाको ध्यान गएन । गाउँलेहरुलाई दुःख दिन माटाको बेकर बनाएको थियो । त्यस्तो अपराधिक काम कार्य गर्ने दृष्ट हुन् भन्छन्– गाउँले तर सडक पक्कि बन्ने आशामा छन्– गाउँलेहरु ।
अदुवाबारी गाउँ एउटा गाउँ मात्र नभएर सिंगो टोल विकास संस्था पनि हो । जसलाई अदुवाबारी टोल विकास संस्था भन्छन् । जुन संस्थाका प्रतिनिधिहरु पनि महिलाहरु मात्र छन् तर संस्थाको भवन हुन पालिकाबाट पहल भएको पाइन्न । यो सडक पक्कि भएमा पर्यटकहरु पनि भोटे दह हेर्ने र वनभोज गर्नेहरुको संख्या बढ्ने थियो । गाउँलेहरुले पिकनिक भवन, शौचालय, खानेपानीको प्रबन्ध गरेका छन् । यो दहदेखि नजिकै पर्ने दह चरिंगे दह हो । जहाँसम्म पुग्न पैदल मार्ग पनि छ तर ओझेलमा भोटे दश पछि पर्नुमा पक्कि सडकको अभावले हो । भोटे दहदेखि चरिंगे दह हेर्न आए पनि पर्यटकहरुले एके पटक दुईवटा दहको अध्ययन गर्न सकुन् भनी पक्कि सडकको आशा गाउँलेहरुको छ ।
विकास गर्ने निकाय नै गाउँपालिका हो । जसको अगुवाई वडा–वडामा भएका वडाध्यक्ष नै हुन् । स्थानीय सरकार भनेको वठाका बासिन्दाका वडाध्यक्ष नै हुन् । उनको क्रियादृष्टि भयो भने गाउँ–गाउँका सडकहरु पक्कि बन्छन् । इच्छाशक्रि र क्रियादृष्टि भएका वडाध्यक्षबाट धेरै काम हुन्छ तर दलीय व्यवस्थामा दलगत सोँचाइ, प्रतिशोधी धारणा स्वार्थी भावना र नकारात्मक सोँचाइका वडाध्यक्ष देखिएपछि विकासको गति घट्छ, बढ्न सक्दैन । जनता निराशा बन्छन् ।
प्रतिपक्ष दलहरुको मन जित्ने आधार र माध्यम नै विकास हो, व्यक्ति सहयोग होइन । अहिदे व्यत्ति सहयोगबाट लाभ लिनेहरु बढिरहेका छन् । सामाजिक सेवाबाट लाभ लिनेहरु घट्न गएका आफूले गरेको सामाजिक सेवाको इतिहास मासिन्छ । आफ्नो इतिहास र छवि काष्म गर्न चरित्रवान बन्नुपर्छ । स्थानीय सरकारको तल्लो एकाई नै वडा कार्यालय हो । जसको सिधा सम्र्पक जनतासँग हुन्छ । जनतालाई लाभ हुने सामाजिक कार्यमा महत्वपूर्ण कार्य नै पक्कि सडक निर्माण हो ।
स्थानीष्य सरकार नै पालिकाहरु हुन् । त्यस अन्तरजातका वडा कार्यालयहरु स्थानीय गाउँले जनताका आशाका केन्द्र हुन् तर पालिकाहरुले जनतालाई सहज मार्ग बनाउन सकेको छैन । जसमा समयमा निर्माण कार्यका लागि हेक्का नखोल्नु, गुणस्तरीय काममा ध्यान नजानु, समयमा कार्य सम्पन्न नहुनु, नागरिकलाई सहजरुपमा आउजाउ गराउन समयमा नसक्नु र निर्माण कार्यमा कमिशनको कारण निर्माणमा अवरोध आउनु जस्ता समस्याहरु पनि बढिरहेको छ । अहिले वडा अन्तर्गत पालिकाबाट निर्माण गरिने सडक, भवन, सिँचाइ कुलो, खानेपानीको व्यवस्था, विद्युतीयकरणको कार्यहरु समयमा कार्य सम्पन्न हुन सकेका छैनन् ।
चाहे त्यो महानगर, उपमहानगर, नगरपालिका किन नहोस्, समयमा काम सुरु नगर्ने र असाढ बजेटलाई मात्र ध्यान दिने कपालिकाहरुले गर्दा आफ्नो गाउँ, टोल संस्थाका नागरिकलाई काम हुँदैन कि ? भन्ने आशंका बढ्छ । उनीहरु निराश बन्छन् । पहिले आशा जगाएका गाउँलेहरुलाई निराश बनाउनु हुन्न । यसतर्फ ध्यान जानुपर्छ ।