Goraksha

National Daily

गुणस्तरीय कक्षा कोठा व्यवस्थापनमा शिक्षकको भूमिका

1 min read
यादव गिरी
कक्षा कोठा विद्यार्थीले सबैभन्दा धेरै समय व्यतीत गर्ने ठाउँ मात्र होइन, जहाँ उनीहरुले रुपान्तरणकारी शिक्षा प्राप्त गर्छन् र आवश्यक सिप र चेतना विकास गर्छन् । यो केवल ज्ञान प्राप्त गर्ने स्थल नभएर भविष्यका नेताहरु, विचारकहरु, र परिवर्तनकारी व्यक्तिहरुले आफ्नो यात्रा प्रारम्भ गर्ने थलो हो ।
त्यसैले कक्षा कोठाको डिजाइन, व्यवस्थापन र वातावरण विद्यार्थीको सम्पूर्ण विकासका लागि अत्यन्तै महङ्खवपूर्ण छ । कक्षा कोठाले विद्यार्थीलाई सशक्त, सक्षम र प्रतिस्पर्धात्मक बनाउने आधारशीला तयार गर्छ । विद्यार्थीको क्षमता अधिक्तम सदुपयोग गर्न विस्तृत रणनीति, नीति र कार्यक्रमहरुको विकास अपरिहार्य छ तर कक्षा कोठामा प्रभावकारी रुपमा विद्यार्थी व्यवस्थापन गर्नु र उनीहरुलाई गुणस्तरीय समय दिनु शिक्षकको लागि चुनौतीपूर्ण कार्य हो । विद्यार्थीहरुको ध्यान केन्द्रित गरेर उनीहरुलाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउनु शिक्षकको लगनशीलता र धीरता नै हो ।
शिक्षकहरुको अनुभव अनुसार, कक्षा कोठामा सबैभन्दा ठुलो चुनौती भनेको विद्यार्थीलाई पुरै समय व्यस्त र अनुशासित राख्नु हो । तथापि, अबको शिक्षण विधिमा ‘कण्ट्रोल’ भन्दा पनि ‘गुणस्तरीय वार्ता’, ‘गुणस्तरीय गतिविधि’ र ‘गुणस्तरीय शिक्षा’ मा ध्यान केन्द्रित गर्न आवश्यक छ । शिक्षकको भूमिका अब मात्र पाठ्यपुस्तक पढाउने होइन, बरु कक्षा कोठालाई छात्र–केन्द्रित र ज्ञान–उन्मुख वातावरणमा रुपान्तरण गर्नु पर्छ । कक्षाकोठालाई खेतसँग तुलना गर्न सकिन्छ, जहाँ किसानले पानी सिँचाइ र गोडमेल गरी राम्रो फसल उत्पादन गर्छ ।
त्यसरी नै शिक्षकले विद्यार्थीको मस्तिष्कलाई सिर्जनात्मक ढङ्गले गोडमेल गरेर उत्कृष्ट नतिजा उत्पादन गर्नु पर्छ । बिनाकुनै योजना विद्यार्थीलाई पढाउनु भनेको निर्माण प्रक्रियामा बिनायोजना गरेको विकास जस्तो हो । जसले विद्यार्थीको मानसिक, शारीरिक र बौद्धिक विकासलाई असर पु¥याउँछ । शिक्षकले विद्यार्थीलाई विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्षम बनाउनु पर्दछ ।
हालसालै सार्वजनिक भएको कक्षा १० को नतिजामा मात्र ४८५ विद्यार्थीले अगाडि बढ्न सक्षम हुने ग्रेड प्राप्त गरेका छन् भने ५२५ भन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । यसले हाम्रो शिक्षण प्रणालीको कमजोरीलाई स्पष्ट रुपमा उजागर गरेको छ । यदि समयमै सुधार गरिएन भने, हाम्रो शिक्षा प्रणाली भविष्यका लागि अझ गम्भीर समस्या निम्त्याउन सक्छ । आधारभूत तहको कक्षा ८ को नतिजा समीक्षा गर्दा पनि विद्यार्थीको शैक्षिक स्तरमा गिरावट देखिएको छ ।
यसले हाम्रो शिक्षाको गुणस्तर खस्केको स्पष्ट सङ्केत गर्दछ । एक अध्ययनले नेपालका विद्यार्थीहरुको बौद्धिक स्तर (क्ष्त्त) विश्वस्तरभन्दा निकै तल रहेको देखाएको छ । जसको मुख्य कारण गुणस्तरीय शिक्षामा सीमित पहुँच हो । हाम्रो शिक्षा प्रणालीले उत्पादन गरेका विद्यार्थीहरु भोलिको दिनमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न सक्षम हुने छन् कि छैनन् भन्ने प्रश्न गम्भीर रुपमा उठिरहेको छ ।
विद्यार्थीहरुले आफ्नो जीवनको झन्डै ३० हजार घण्टा कक्षा कोठामा बिताउँछन् । यस समयमा उनीहरुले कस्तो गुणस्तरीय शिक्षा, गतिविधि र संवाद प्राप्त गरिरहेका छन् भन्ने कुराले उनीहरुको भविष्यमा ठुलो प्रभाव पार्छ । विद्यार्थीहरुले राम्रो प्रदर्शन गर्न शिक्षक, अभिभावक र विद्यार्थी सबैको समन्वय आवश्यक हुन्छ । पूर्वीय दर्शनले पनि यसलाई पुष्टि गर्छ, जहाँ भनिएको छ । विद्यार्थीले ज्ञानको एक चौथाइ हिस्सा गुरुबाट, एक चौथाइ आफ्नै प्रयासबाट, एक चौथाइ साथीहरुबाट र बाँकी एक चौथाइ समयको साथ अनुभवबाट प्राप्त गर्छ ।
शिक्षकको ज्ञान र अनुभवको गहिराइले विद्यार्थीलाई मार्गदर्शन गर्नु पर्ने आवश्यकता छ र यसले गुणस्तरीय शिक्षा प्रदान गर्ने आधार तयार गर्छ । कक्षा कोठालाई प्रभावकारी बनाउनु भनेको केवल पाठ्यपुस्तक पढाउनु होइन । शिक्षकले सिक्ने र सिकाउने वातावरण सिर्जना गर्नु पर्छ । विद्यार्थीहरुलाई नवीन पुस्तकहरु, अनुसन्धानहरु, रचनाहरु अध्ययन गर्न प्रोत्साहित गर्नु अत्यावश्यक छ । शिक्षकले आफूलाई निरन्तर अद्यावधिक गर्नु पर्छ । नयाँ शिक्षण विधिहरुको उपयोग गर्नु पर्छ र शिक्षणलाई एक्काइसौँ शताब्दीका सिपहरुसँग मिलाएर नविनतम रुपमा प्रस्तुत गर्नु पर्छ ।
विगत १० वर्षमा संसारमा धेरै परिवर्तनहरु आएका छन् प्रविधिको विकास, शासन व्यवस्थामा परिवर्तन र बालबालिकाको मस्तिष्क विकाससमेत फरक भएको छ । पाठ्यक्रम परिवर्तन भएको अनुभव हामीले गरेका छौँ तर शिक्षणको पुरानो प्रविधि धेरै कक्षाकोठामा अझै पनि उस्तै छ ।
प्रवचन शैलीमा पढाइले गुणस्तरीय समय प्रदान गर्न सक्दैन । कक्षाकोठा विद्यार्थीको मस्तिष्क निर्माण गर्ने प्रयोगशाला हो । आज हामीले निर्माण गरिरहेका मस्तिष्कहरुले भोलि संसारलाई हल्लाउने छन् । तसर्थ, शिक्षकहरुले आफ्नो भूमिका गम्भीरताका साथ निभाउँदै उच्चस्तरीय, सकारात्मक सोच भएका नागरिक उत्पादन गर्न ध्यान दिनु पर्छ ताकि भविष्यका चुनौतीहरुको सामना गर्न विद्यार्थी सक्षम बनून् ।
गुणस्तरीय कक्षा कोठाको रुपरेखा
गुणस्तरीय कक्षा कोठाको निर्माणले विद्यार्थीको समग्र विकासमा महङ्खवपूर्ण भूमिका खेल्छ । यसमा विभिन्न तङ्खवहरुको संयोजन गरी कक्षा सिकाइका लागि प्रभावकारी वातावरण बनाइन्छ । गुणस्तरीय कक्षा कोठा निर्माण गर्न शिक्षक, विद्यार्थी, र सिकाइ सामग्रीको सही व्यवस्थापन जरुरी हुन्छ ।
१. प्रभावकारी शिक्षण विधि : शिक्षकले नवीनतम र विद्यार्थी–केन्द्रित शिक्षण विधिहरु प्रयोग गर्नु पर्छ । यसमा परियोजना–आधारित सिकाइ, समस्या–समाधानमूलक सिकाइ, र प्रविधिको उचित प्रयोग समावेश हुनु पर्छ । यसले विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्छ र उनीहरुको रुचि बढाउँछ ।
२. सिकाइको अनुकूल वातावरण : कक्षा कोठा स्वच्छ, सुरक्षित र प्रेरणादायी हुनु पर्छ । शान्त वातावरणले विद्यार्थीलाई ध्यान केन्द्रित गर्न मद्दत पु¥याउँछ । साथै, रँग, सजावट र प्राविधिक साधनहरुको उपयुक्त प्रयोगले सिकाइको गुणस्तर सुधार्न सक्छ ।
३. विद्यार्थी केन्द्रित क्रियाकलाप : विद्यार्थीहरुको आवश्यकता अनुसार शिक्षण क्रियाकलापहरु सञ्चालन गर्नु पर्छ । समूह कार्य, प्रयोगात्मक गतिविधि र छलफलहरु समावेश गरेर उनीहरुलाई सक्रिय सिकाइमा जोड दिनु पर्छ । यसले उनीहरुको सोच क्षमतामा विकास ल्याउँछ ।
४. गुणस्तरीय समय व्यवस्थापन : कक्षा कोठामा समयको उचित व्यवस्थापनले सिकाइको गुणस्तर बढाउँछ । पाठ योजनालाई समयसापेक्ष रुपले अघि बढाएर कक्षा सञ्चालन गर्दा प्रभावकारी परिणाम आउँछ । शिक्षकले विद्यार्थीहरुलाई सक्रिय राख्दै समयको सदुपयोग गर्नु पर्छ ।
५. फिडब्याक र मूल्याङ्कन : विद्यार्थीहरुको प्रगतिको निरन्तर मूल्याङ्कन गर्नु पर्छ। नियमित फिडब्याकले उनीहरुको कमजोरी र सक्षमतालाई स्पष्ट गराउँछ, जसले सुधारका लागि मार्गदर्शन प्रदान गर्छ । यसले उनीहरुको सिकाइ यात्रालाई सुदृढ बनाउन मद्दत गर्छ ।
६. सकारात्मक र समावेशी वातावरण : कक्षा कोठामा सबै विद्यार्थीहरुको सम्मान र सहभागिता सुनिश्चित गर्नु पर्छ । शिक्षकले सबै विद्यार्थीलाई बराबरी अवसर प्रदान गर्नु पर्छ र विविधताका आधारमा समावेशी वातावरण सिर्जना गर्नु पर्छ ।
७. प्रविधिको प्रयोग : आजको डिजिटल युगमा शिक्षामा प्रविधिको भूमिका महङ्खवपूर्ण छ । स्मार्ट बोर्ड, कम्प्युटर, ट्याब्लेट जस्ता उपकरणहरुको प्रयोगले शिक्षणलाई प्रभावकारी र रोचक बनाउन मद्दत पु¥याउँछ ।
८. सहकर्मी सिकाइ (Peer Learning) : विद्यार्थीबिचको सहकार्यले सिकाइलाई थप सशक्त बनाउँछ । सहकर्मीबाट सिक्ने अवसरले उनीहरुको सामाजिक सिप र ज्ञानमा वृद्धि गर्छ ।
९. नियमित सुधार र नवाचार : शिक्षकहरुले आफ्नो शिक्षण विधिमा निरन्तर सुधार ल्याउन र नवीनतम अभ्यासहरु अपनाउन आवश्यक छ । नियमित तालिम र अनुसन्धानमार्फत् आफ्नो क्षमता अभिवृद्धि गर्नु पर्छ ।
१०. व्यक्तिगत ध्यान : प्रत्येक विद्यार्थीको प्रगति र आवश्यकतालाई ध्यान दिएर शिक्षकले व्यक्तिगत ध्यान दिनु पर्छ । कमजोर विद्यार्थीलाई अतिरिक्त सहायता उपलब्ध गराउने र सक्षम विद्यार्थीलाई थप चुनौतीपूर्ण कार्य दिनु पर्ने हुन्छ ।
गुणस्तरीय कक्षा कोठाको रुपरेखा (Quality Classroom Framework) ले विद्यार्थीको समग्र विकासमा सघाउ पु¥याउँछ । शिक्षकको लगनशीलता, समय व्यवस्थापन, सकारात्मक वातावरण र नवप्रवर्तनशील शिक्षण विधिहरुको समन्वयले कक्षा कोठालाई ज्ञान र सिर्जनशीलताको थलो बनाउन सहयोग पु¥याउँछ ।
कक्षा कोठाको वातावरण स्वच्छ, सुरक्षित र प्रेरणादायी हुनु पर्छ । यसले विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । कक्षा कोठामा गुणस्तरीय समय, शिक्षा, नवाचार, संवाद, गतिविधि र वातावरण व्यवस्थापन गरी हामी विद्यार्थीहरुको उज्ज्वल भविष्यको निर्माण गर्न सक्छौँ । शिक्षकको अथक प्रयास र लगनशीलताले मात्र कक्षा कोठालाई वास्तविक ज्ञानको केन्द्र बनाउन सकिन्छ ।
कक्षा कोठामा विद्यार्थीलाई गुणस्तरीय समय प्रदान गर्न शिक्षकहरुले अपनाउन सक्ने उपायहरु :
१. पाठ योजनाको तयारी : शिक्षकले प्रत्येक कक्षाको लागि वार्षिक पाठ योजना तयार गर्नु पर्छ । यसले शिक्षण क्रियाकलापलाई व्यवस्थित गर्न, सिकाइ उपलब्धि हासिल गर्न र समयको प्रभावकारी सदुपयोग गर्न मद्दत गर्छ ।
२. व्यावहारिक गतिविधिहरु : पाठ्यक्रमलाई रोचक बनाउन व्यावहारिक गतिविधिहरु समावेश गर्नु पर्छ । जस्तै समूह कार्य, परियोजना, प्रयोगशाला कार्य आदि ।
३. सक्रिय सिकाइ : विद्यार्थीलाई प्रश्न गर्न, विचार व्यक्त गर्न, समूहमा छलफल गर्न र कल्पनाशील बनाउन प्रेरित गर्नु पर्छ ।
४. प्रविधिको प्रयोग : स्मार्ट बोर्ड, प्रोजेक्टर, एआइ र अन्य डिजिटल उपकरणको प्रयोगले शिक्षणलाई आकर्षक र समावेशी बनाउन सक्छ ।
५. व्यक्तिगत ध्यान : प्रत्येक विद्यार्थीको आवश्यकता अनुसार व्यक्तिगत ध्यान दिनु पर्छ । कमजोर विद्यार्थीलाई अतिरिक्त सहयोग उपलब्ध गराउन आवश्यक हुन्छ ।
६. प्रेरणा र प्रशंसा : विद्यार्थीलाई प्रोत्साहन दिन र सानातिना उपलब्धिहरुको पनि प्रशंसा गर्नु पर्छ । जसले उनीहरुको आत्मविश्वासमा वृद्धि गर्छ ।
७. स्वास्थ्य र विश्राम : कक्षामा पर्याप्त ब्रेक र शारीरिक गतिविधिहरु समावेश गर्नु पर्छ । जसले विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यलाई ध्यानमा राख्छ ।
८. सकारात्मक वातावरण : कक्षा कोठामा सकारात्मक र समावेशी वातावरण सिर्जना गर्नु पर्छ । जसले विद्यार्थीलाई सहज र सुरक्षित महसुस गराउँछ ।
९. फिडब्याक र सुधार : विद्यार्थीलाई नियमित फिडब्याक दिनु पर्छ र उनीहरुको सुझावलाई कक्षाको गुणस्तर सुधार्न प्रयोग गर्नु पर्छ ।
१०. संसाधनहरुको सदुपयोग : पुस्तकालय, अनलाइन स्रोत र अन्य शैक्षिक सामग्रीको सदुपयोग गर्नु पर्छ । यसले विद्यार्थीलाई नयाँ सिप सिक्न र चौतर्फी विकासमा मद्दत पु¥याउँछ ।
११. गृहकार्य र परियोजना कार्य : गृहकार्य र परियोजनामा आधारित शिक्षणले विद्यार्थीको सिकाइलाई अझै सुदृढ बनाउँछ । विषयवस्तुमा आधारित
परियोजना कार्य दिनु र गृहकार्यलाई न्यून गरी व्यावहारिक कार्यमा जोड दिनु पर्दछ ।
प्रारम्भिक बालकक्षादेखि कक्षा १२ सम्मको शिक्षामा हामीले शत प्रतिशत विद्यार्थीलाई पाठ्यक्रमद्वारा निर्दिष्ट गरिएको सक्षमता हासिल गर्ने, बहुप्रतिभावान, क्षमतायुक्त, बहुबुद्धिमान, सवल र सक्षम व्यक्तित्वको रुपमा विकसित गर्नु पर्छ । शिक्षकले जिम्मेवारीपूर्वक आफ्नो ज्ञान, विज्ञान र प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई सकारात्मक र ऊर्जाशील बनाउन सक्छन्, जसले कक्षा कोठाबाट नै संसारलाई परिवर्तन गर्ने क्षमता राख्छ ।
विद्यार्थीलाई कक्षा कोठामा गुणस्तरीय समय प्रदान गर्न शिक्षकको धीरता, लगनशीलता र नवीनतम शिक्षण विधिको प्रयोग अनिवार्य हुन्छ । केवल पाठ्यक्रम मात्र पूरा गर्ने नभई उनीहरुलाई सिर्जनशील, जिज्ञासु र जीवनभर सिक्न प्रेरित गर्न शिक्षकको भूमिकाले निर्णायक महङ्खव राख्छ ।