ज्येष्ठ नागरिकको अवस्था
युवराज शर्मा
नेपालमा ६० वर्ष उमेर पार गरेका नागरिलाई ज्येष्ठ नागरिक भन्छन् तर सामाजिक सुरक्षा भत्ता भने ६८ वर्ष पूरा भएकालाई दिइन्छ । यस्तो भत्ता दुरदरारका नागरिकले पाउन सकेका छैन्न । यसको दोष स्थानीय सरकारले ज्येष्ठ नागरिकको दोष दिँदै आएको अवस्था छ । कतिपय ज्येष्ठ नागरिकको नेपाली नागरिकता बन्न सकेको पनि छैन । तर, उनीहरुलाई नागरिकले कहाँ कससँग सम्पर्क गर्ने ? पनि बुझेका छैनन् ।
कागजी प्रमाण के कस्ता पेस गर्ने र कहाँ गर्ने ? त्यस्तो ज्ञान पनि छैन । यस्ता कार्यका लागि स्थानीय सरकारका वडा कार्यालय, गाउँपालिकामा भएका वडा सदस्यहरुको दायित्व हो । स्थानीयको सहारा नै स्थानीय सरकार हो तर स्थानीय सरकार ज्येष्ठ नागरिकका लागि सहारा बन्न सकेका छैनन । यस्तो अवस्था देखिनु पनि जनप्रतिनिधिहरुमा सहयोगी भावना छैन । उनीहरुले मासिक तलब पाउने र जनताले कर तिर्ने हुँदा उनीहरुमा सहयोगी भावना पाइन्न । त्यसकारण ज्येष्ठ नागरिकमा नैराश्यता, हिनता र आशाविहीन वातावरण बनेको छ । उनीहरु निराशामा छन् ।
ज्येष्ठ नागरिकलाई विभिन्न क्षेत्रमा बाँडिएको छ । ज्येष्ठ नागरिकउमेरका आधारमा, सुरक्षा भत्ता पाउने आधारमा ७५ वर्ष उमेर पार गरेका व्यक्तिलाई सम्झने आधारमा र सबैभन्दा धेरै उमेर पूरा गरेका व्यक्तिका आधारमा विभाजन गरेको छ । उमेर ६० वर्ष पार गरेका व्यक्तिलाई ज्येष्ठ नागरिक मात्र भन्छन् । सरकारी सुविधाहरु छैन । निजी स्रोतको सुविधा नभएको सुनाउँछन् तर ६५ वर्षका ज्येष्ठ नागरिकलाई सुरक्षा भत्ता दिने गरेको छ । उमेरले ७५ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पनि सुरक्षा भत्ता बाहेक अरु कुन सुविधा छैनन् ।
उमेरले पाका भएकाहरु धेरै उमेरको जेठो रहेछ भने स्थानीय सरकारले दसल्ला ओढाउँछन् । त्यो पनि मनसुन र दलगत राजनीतिक आधारमा भएका पाइन्छ । पार्टीको कब्जा पूर्जा छ भने पुरस्कार पनि पाउँछ । बढी उमेरलाई सम्मान गर्छन् । त्यो पनि देखावटी र बजेट खर्चको माध्यम हो । ज्येष्ठ नागरिकले उमेर अनुसारको स्वास्थ्य सुविधा पाउन सकेका छैनन् । दुरावस्थामा ज्येष्ठ नागरिकको अवस्था कस्तो छ । सरकारी पहुँच बाहिर उनीहरु छन् । जसले पाएका भन्नेहरु छन् त सबै सहरबजारका नागरिक मात्र हुन् ।
हरेक देशले ज्येष्ठ नागरिकलाई पाका अनुभव हासिल गरेका मान्द्यछन् । उनीहरुले अनुभवीय ज्ञान विभिन्न सेवहरुमा ज्ञान र सिप हासिल गरेका छन् । ज्येष्ठ नागरिकको अगुवाईमा विकास गर्ने काम जापानलाई हेर्न सकिन्छ । जहाँ वृद्धवृद्धाहरुले दिएको निर्देशन पालन गर्ने युवा छन् । विभिन्न देशबाट त्यहाँ गगएका पढ्ने विद्यार्थीले पनि काम र पढाइलाई साथसाथै लगेका छन् । उनीहरुले इमानदारिता, लगनशीलता र कार्य गर्ने तत्परताका सिपको विकास गरेका छन् । त्यस्तो सिपको विकास मात्र गरेको ज्ञानका आधारमा बुझेका छन् ।
ज्येष्ठ नागरिकको महत्व बुझ्ने देश जापान भएको छ । त्यसैले त्यस देशलाई बुढाहरुको देश पनि भन्छन् । त्यो देश पनि प्रजातान्त्रीक देश हो । जहाँका नागरिकले ठु–ठुला बमहरुको सामना गर्नु परेको थियो । हिजोका दिनमा ध्वस्त भएको नागासागी सहर र हिरोसीमा सहर मानव बस्तीका लागि उपयुत्त, थिएन । तर आज त्यो सहरलाई हेर्नेहरुले दन्त्य कथा ठान्छन् । त्यस्तो बमद्वारा अमेरिकाले ध्वस्त पारेको सहरलाई आधुनिक सहर बनाउने ज्ञानी र गुणी ज्येष्ठ नागरिकलाई सम्मान गर्छन् । नेपालमा भने ज्येष्ठ नागरिक उपेक्षित छन् । युवाको अगुवाई छ । देश आर्थिक, सामाजिक र शैक्षिक समस्याले ग्रसित छ । भ्रष्टाचार अनियमितता व्याप्त छ ।
आर्थिक् करको भार नागरिकलाई थेग्न समस्या छ । रोजगारको वातावरण बन्न सकेको छैन । बाहिरी मुलुकमा कामको लागि पढाइ छोडेर युवा देशबाट बाहिरिरहेका छन् । घर रुङेर बस्ने ज्येष्ठ नागरिक मात्र छन् । गाउँघरमा मर्दापर्दा लास उठाउने युवा छैनन् । ज्येष्ठ नागरिकले पीडा भोग्नुपर्छ । उनीहरु पीडाका लागि सान्तवना दिने जनप्रतिनिधि पाएका छैनन् । आत्मामा पीडा मनमा चिन्ता, शरीरमा शितलता भोगिरहेका छन् । उर्जाशक्ति दिनु पर्ने ज्येष्ठ नागरिकलाई आवश्यक छ ।
नेपालमा ज्येष्ठ नागरिकको अवस्था दयनीय छ । उनीहरु घरनघाटका भएका छन् । कतिपय छोराबुहारीबाट प्रवाभित भएका छन् भने कतिपयलाई घरपरिवारका छोराबुहारीबाछ वृद्धा?ममा बसालेका उदाहरण पनि छन् । जब पत्नीको निधन लोग्ने अगावै हुन सक्छ । त्यस्तो विदुरको अवस्थ दुःखपूर्ण हुन्छ । उसलाई खान लगाउन पनि समस्या पर्छ । सस्वास्थ्य समस्या लुगालत्ताको सरसफाई र
आहारविहारको समस्या धेरै हुन्छ । ज्येष्ठ नागरिकलाई रोग लागेर थला परेपछि रेखदेख गर्ने हेरालुको आवश्यकता पर्छ । समयमा पानी दिने व्यक्ति रुङ्ेर बस्नु पर्ने बाध्यता हुन्छ । एक प्रकारले बिरामीको कुरुवा जस्तो बन्नुपर्छ । अहिलेका छोराबुहारीको त्यस प्रकारको सेवा गर्न पनि रुचाउन्नन् । उनीहरुले आफ्नो अवस्था पनि भविष्यमा त्यस्तै होला भन्ने ज्ञान गर्दैनन् । सेवाभावको सिप पनि उनीहरुसँग हुन्न । ज्ञान हराएको हुन्छ र सिपको अभाव देखिन्छ ।
ज्येष्ठ नागरिक समाजका पाका अनुहार हुन् । उनीहरुलाई वृद्धाश्रममा राख्नु र घरपरिवारबाट टाढा राख्नु पर्ने अवस्था किन र कसरी ? सिर्जना भयो । परापूर्वमा थिएन । वर्तमान समाजमा किन सिर्जना भयो ? अनुसन्त्रानको विषय हो । वास्तवमा ज्येष्ठ नागरिक घरपरिवारमा रमाउन चाहन्छन् । उनीहरुलाई आफ्ना नातिनातिनासँग रमाउने चाहना हुन्छ । तैपनि पुराना शैलीका हजुरआमा र हजुरबुबासँग अनुभवीय ज्ञानको सिपलाई अनुकरण गर्न रुचाउँछन् । उनीहरुको रुची सिक्न मन लाग्छ ।
हजुरआमाबाट छोरीहरुले कर्म घरमा अपनाउनु पर्ने ज्ञान पाउँछन् । त्यस्ता ज्ञानलाई सिपको विकास गर्ने तरिका पनि सिक्छन् । संस्कार, संस्कृति र सामाजिक व्यवहार पनि अनुकरण गर्छन् । साथै हजुरबाबाट परिवारमा आत्म अनुशासनको ज्ञान गर्छन् । आफ्ना नातिनातिनीलाई शिक्षा विकास गराृन सफल भएका हजुरबा र हजुरआमा उनीहरुका लागि प्रेरणाका स्रोत बनेका छन् तर देशमा रोजगारको वातावरण सरकारले बनाउन नसक्दा घरबाट नातिनातिना देशबाट बाहिरिँदै छन् । बुढाबुढी दुःखमा छन् ।