Goraksha

National Daily

सरकारको प्रतिनिधि भएर नयाँ नागरिकता जारी गर्दा…

बालाराम खड्का

उनी सानै उमेरमा निजामति सेवामा प्रवेश गरे । एक कर्मठ, मिजासिला निजामति सेवामा लागेर जनतालाई सेवा गरिरहेका तुलसीपुर–६ निवासी चिन्तामणि रेग्मी २२ वर्षको उमेरमा निजामित सेवामा प्रवेश गरे । उनी अहिले पनि खुसीका साथ सेवामा समर्पित छन् । उनको खुसी खोज्दै गर्दा उनले सदैव खुसी दिने त्यस्ता अकाट्य चिजवस्तु जीवनमा नभएको बताए । रेग्मीले खुसी हुने कुरा व्यक्ति विशेषमा भर पर्ने कुरा भएको बताउँछन् । अर्को कुरा ठुलै खुसी मानिसको जीवनमा दुर्लभ समयमा मात्र प्राप्त हुने उनको बुझाई छ । उनले जीवन र विगतलाई सम्झदा पनि मन प्रफुल्लित हुने केही खुसी आफूसँग रहेको सम्झिए ।

रेग्मीले निजामति सेवामा प्रवेश र नागरिकता वितरण आफ्नो पहिलो खुसी भएको सुनाए । ‘मलाई क्विजमा सानैदेखि रुचि थियो, त्यसले मलाई विस्तारै–विस्तारै लोकसेवाप्रति आकर्षित गदै लगि राखेको थियो’ उनले भने । म त्यस समय विशेष गरी तुलसीपुर नगरपालिकाको कार्यकारी अधिकृत र लोकसेवाको हाकिमबाट अति धेरै प्रभावित थिए । ‘जसको फलस्वरुप २०७१ साल कार्तिक ३० गते नायव सुब्बामा नाम निकालि हालको उच्च अदालत तुलसीपुरमा सिफारिस भए’ रेग्मीले भने ।

त्योबेला उच्च अदालत रोज्नुको मुख्य उद्देश्य घर बसेरै जागिर गर्न पाइने र अधिकृतको तयारीमा सहयोग पुग्ने कुरा एउटा भएको र अर्को अव्यक्त कुरा चाहीँ समाजका केही टाठाबाठा र हेपाहा दृष्टिकोण राख्ने केही मान्छेलाई देखाउनु उनलाई थियो तर सहायक स्तरको जागिरले सोचे जस्तो सन्तुष्टि दिन नसकेको र यसले त झन अधिकृत नभई जागिरको असली मजा आउँदैन भन्ने बोध गराएको उनले सुनाए । त्यस पछि २०७४ सालमा आफू शाखा अधिकृतमा सिफारिस हुन सफल भए भन्दै खुसी व्यक्त गरे ।

रेग्मीले शाखा अधिकृत भएपछि पहिलो अफिसको रुपमा ईलाका प्रशासन कार्यालय थारमारेको पत्र बुझेको सम्झिए । ‘म त्यहाँ हाकिम भएर जाँदै थिए त्यसको खुसी त छँदै थियो नै साथै मेरो बाजे बराजु जन्मे हुर्केको पुख्र्याैली ठाँउमा सेवा गर्ने महत्वपूर्ण अवसर पनि जुरेको थियो’ रेग्मीले भने । २०७५ साल साउन ३१ गते उनले आफ्नो हस्ताक्षरबाट नयाँ नागरिकता जारी गरेको थिए । ‘अहिले पनि नेपाल सरकारको प्रतिनिधि भएर एकजना व्यक्तिलाई नागरिकको पहिचान स्थापित गराउने जिम्मेवारीको शुभारम्भ गरेको त्यो क्षण सम्झदा आफैप्रति गर्वबोध र खुसी मिलेको उनले सुनाए ।

त्यस्तै एसएलसी सकेर कलेज गएपछि अब केही गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले सुनाए । त्यो समय केही साथी कुरा गर्थे ‘कलेजमा त स्कुलका टपरभन्दा पनि अन्य मान्छेले राम्रो गरेका उदाहरण छन्’ कलेजमा फस्ट भएपछि पढ्न पनि छुट हुने अनि फस्ट हुने विद्यार्थीलाई बैंकले पनि जागिर दिन्छ भन्ने हल्ला थियो । यस्तै–यस्तै उत्प्रेरक तत्वले त्यो क्षण पढाइको प्यास सम्भवत जीवनको उच्चतम विन्दुमा थियो । यस्तैमा कक्षा १२ मा एकाउण्ट पढाउन आइपुग्नु भो आदरणीय गुरु सूर्य शर्मा । उहाँँ पनि एकदमै ईनर्जेटिक र तुलसीपुरमा स्थापित हुन खोजेको जुझारु व्यक्तित्व जो सामुदायिी क्याम्पसका हामी जस्ता विद्यार्थीको लागि बरदान बनेर आउनु भएको थियो ।

सूर्य सरले परीक्षा हुनुभन्दा १ महिना अघि एउटा घोषणा गर्नुभयो १२ को अन्तिम परीक्षामा एकाउण्ट विषयमा ८० भन्दा बढी अङ्क प्राप्त गर्ने जतिलाई विशेष पुरस्कार दिने, त्यसले झन मलाई पढाइप्रतिको मोहलाई बढावा दिने काम ग¥यो उनले विगत सम्झँदै भने । ‘१२ को रिजल्ट आएको मैले घरमा बेलुका ८ बजेको नेपाल दर्पणमा सुनेर थाहा पाए’ त्यो बेला घरमा मोबाइल थिएन रिजल्ट थाहा पाउन साइवर पुग्नु पथ्र्यो रातिमा निस्कन सम्भव थिएन । अर्को दिन रोपाई थियो । पर्सीपल्ट शनिवार थियो ।

शनिवारको दिन हाम्रो घर नजिकै टोलमा खसि काटेको थियो । त्यहाँ म मासु लिन गएका बखत राप्ती बबई क्याम्पसमै पढाउने भुपबहादुर अङ्कलले बधाई दिँदै धेरै नम्बर ल्याएको कुरा सुनाउनु भयो अनि एकाउण्टमा जिल्लामै सबैभन्दा धेरै नम्बर ल्याएको बताउनु भयो । मासु लिएर घर फर्किने बित्तिकै फुपुको घरमा पुगेर एकजना मोबाइल राखेको साथीलाई फोन गरे र रिजल्टबारे सोधे उसले मेरो सिम्बोल नम्बर माग्यो र मोबाइलबाट रिजल्ट चेक गरेर मलाई पठाइदियो ।

अनि बल्ल थाहा पाए एकाउण्टमा ९० नम्बर आएको रैछ । ‘पछि एकदिन क्याम्पसमा एउटा कार्यक्रमको बिचमा सूर्य सरले पूर्ववत घोषणा गरे बमोजिम ८० भन्दा बढी अङ्क ल्याउने सबैलाई पुरस्कार प्रदान गर्नुभयो र मलाई सबैभन्दा ठुलो एकाउण्टको पुस्तक उपलब्ध गराउनुभयो त्यो पनि मेरो लागि अर्को खुसीको क्षण थियो । आज भोलि पनि मेरा समकालीन मित्रले तपाई कति धेरै ठुलो पुस्तक उपहार पाउनु भएको थियो है भन्दा मन प्रफुल्लित हुने गर्दछ’ रेग्मीले भने ।

 

त्यस्तै रेग्मी २०७६ सालमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सल्यानको सिद्धकुमाख गाउँपालिकाबाट कामकाज सुरु गर्ने अवसर पाएको सुनाए । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत एउटा ओजिलो पद भएको र स्थानीय सरकारको मुख्य सचिव मानिले प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधि र कर्मचारी बिचमा सम्बन्ध सेतुको रुपमा काम गर्नुका साथै बजेट तर्जुमादेखि अनुगमन र विभिन्न क्षेत्रका व्यक्तिसँग समन्वय सहकार्य गर्नु पर्ने जिम्मेवारी प्राप्त गर्नु आफैमा एउटा ठुलो उपलब्धि रहेको भन्दै जसले आफूलाई विविध प्रकृतिको काम सिकाउनुका साथै थप परिपक्व बनाएको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै सिद्धकुमाख गाउँपालिकाबाट सरुवा भएर २०७७ साल पुसमा प्यूठानको सरुमारानी गाउँपालिका गएको बताए । ‘म त्यहाँ पुगेको केही समयमा आर्थिक वर्ष २०७६÷७७ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक भयो ।’ त्यसपछि त्यहाँका स्थानीय मिडियामा प्युठान जिल्लाका स्थानीय तहमध्ये सरुमारानी गाउँपालिकाको बेरुजु सबैभन्दा धेरै भनेर प्रकाशित समाचारले सामाजिक सञ्जाल ताति राखेको उनले बताए । त्यसले उनलाई कार्यसम्पादनमा ठुलो चुनौती सिर्जना गरी राखेको थियो, त्यस बखत बेरुजु कटाउने त्यति धेरै आइडिया पनि आफूसँग नभएको उनले सुनाए । एकदिन कार्यालय प्रमुखको बैठकमा प्रमुख जिल्ला अधिकारीले झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरलाई सबैभन्दा कम बेरुजु कायम गर्न सफल भएकोमा बधाई दिनुभएको उनले सुनाए ।

त्यसपछि झिमरुक गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल भुषालसँग बेरुजु सम्परीक्षण कसरी गर्ने भनेर कुरा सिकेको उनले सुनाए । गाउँपालिकाका अध्यक्षलाई पनि यो कुराले पिरोलिरहेको र उहाँले पनि प्रत्येक भेटमा यसलाई गम्भीर रुपले उठाइराखेको बताए । गाउँपालिकाको प्रशासन शाखामा जिविसमा लामो समय काम गर्नुभएका अनुभवि अधिकृत लक्ष्मण आचार्य रहेको र २ जनाको नेतृत्वमा सम्पूर्ण कर्मचारी र लेखा समितिका पदाधिकारी सहित जनप्रतिनिधिको सहयोगमा बेरुजु घटाउने अभियानमा लागेका सुनाए ।

अनियमित बेरुजु नियमित गर्नका लागि लेखा समितिमार्फत् गाउँ सभामा पेश गरेको र असुलउपर गर्नु पर्ने बेरुजुका सम्बन्धमा पत्राचार गर्दै लेखा शाखालाई फोन गरेर दाखिला गर्न लगाउने जिम्मेवारी दिएको सुनाउँदै ‘हामीले रात दिन नभनि काम गरेको अहिले जस्तो लाग्छ फलस्वरुप आर्थिक वर्ष २०७७÷७८ को लेखा परीक्षणबाट हामीले ७ करोडभन्दा धेरै बेरुजु सम्परीक्षण गर्न सफल भयौँ’ रेग्मीले भने । त्यसका साथै आ.व. २०७७÷७८ मा देशभरका स्थानीय तहमध्ये ३ वटा स्थानीय तहमध्ये सरुमारानी गाउँपालिकाको पनि बेरुजु शून्य भयो यो अत्यन्त खुसीको क्षण भएको रेग्मीले बताए ।

बेरुजु शुन्यले स्थानीय तहमा बेथिति मात्र छ भन्ने आमधारणालाई चिर्ने काम गरेको भन्दै एउटा गतिलो उदाहरण पेश गर्न सफल भएको जसले गर्दा आम नागरिकमा कर्मचारी प्रतिवि तृष्णा छाइरहेको वर्तमान समयमा यस कार्यले वास्तवमै निजामति कर्मचारी हुनुमा गर्वको महसुस गरेको बताए । उनले त्यो कामले आफूलाई देशभर चिनाएको समेत सुनाए ।