Goraksha

National Daily

छोराको पढाइ र पिटाइ

युवराज शर्मा
बाबुआमालाई छोराले पढेन भन्ने पीर हुन्छ । बाबुको अपेक्षा आमालाई छोराले पढेन भन्ने मानसिक पीडा महसुस गर्छिन् । छोरालाई आरम्भदेखि उच्च शिक्षा र विश्वविद्यालय शिक्षासम्म ख्याल गर्ने आमा नै हुन्छिन् । अहिले सामुदायिक स्कुलको पढाइभन्दा बोर्डिङ स्कुलको पढाइ राम्रो मान्छन् । विद्यार्थीका बाबुआमा भन्छन्–छोरालाई बोर्डस गरायो भने राम्रोसँग तिर्खिन्छन् ।
छोराको पढाइ तिखार्न बोर्डिङ स्कुलको छात्रावासमा राखेर पढाउने बाबुआमा धेरै सङ्ख्यामा छन् । विद्यार्थी साथीभाइहरुको संगतले राम्रो बानी व्यवहारका हुन्छन् भन्ने सोचाइ छ तर बाबुआमाले त्यस्तो पाउन सक्दैनन् । अन्तमा बोडर्स गरेको छोरोको शारीरिक पक्ष दर्दनाक देख्छन् । उसले पिटाइ खान्छ । पिट्नुको कारण होमवर्क नगरेकोले पिटाइ खाएको रहस्य हुन्छ । शारीरिक पीडाका कारण बिरामी हुन्छ र लामो व्यथाले मृत्यु हुन्छ । छोराको पढाइ पनि पिटाइका लागि हुन्छ । घरमा एउटा मात्र छोरा थियो । उमेरले १२ वर्ष पुगेको बालकलाई मरणासन्न हुने गरी पिट्नु दुःखद् विषय हो । विद्यार्थीलाई शिक्षकले पढाउँदा शारीरिक पीडा दिने होइन, वृद्धि विकास गराउनु हो । उनीहरुलाई विषयगत ज्ञान र सिपको विकास गराएर उनको बुद्धिलार्य परिस्कृत गराउनुपर्छ । शारीरिक यातना दिनु हुँदैन ।
मोवाइलको युटुवमा एउटा घटना भाइरल भएको थियो । त्यस घटनामा करिब १२ वर्षको केटा थियो । उ एउटा बोर्डिङ स्कुलको बोडर्स थियो । त्यहाँ धेरै विद्यार्थी पनि थिए । सबैले होमवर्क गरिरहेका थिए । त्यो १२ वर्षे विद्यार्थीले गणित विषयमा नजान्नेको समस्या साथीसँग सोधिरहेको थियो । वार्डेन आएर त्यसलाई लाडी कुटल् धमाधम पिट्न लागे । विद्यार्थीले रुदै भन्यो–मैले नजानेको गणित सोधेको हुँ भन्दा पनि मानेनन् । एक छोरो बनेर पिट्दै गए । त्यो पिटाइले बालक घाइते भयो । अन्तमा उसको ज्यान गयो । पढाइ कि पिटाइ ठुलो हो ? त्यस स्कुलका प्रिन्सिपल र वार्डेले भन्न सक्दैनन् । त्यहाँ भएका वार्डेनलाई गणितको ज्ञान र समस्या समाधान गर्ने सिप पनि रहनेनछ ।
पिट्न मात्र जानेका रहेछन् । प्रिन्सिपल पनि स्कुलका संस्थापक सदस्य रहेछन् । अधिकांश बोर्डिङ स्कुलहरुले थोरै पैसामा मात्र शिक्षक राख्छन् । जसलाई ज्ञान र सिपको विकास गर्ने ज्ञान हुँदैन । तैपनि प्रिन्सिपल भएपछि ठुलो मान्ने विद्यार्थी र शिक्षकहरुका लागि हुँदा रहेछन् । त्यस्तै वार्डेन बन्ने व्यक्ति पनि रिसाहा प्रवृतिका हुँदा रहेछन् । हुनु पर्दथ्यो, मनोवैज्ञानिक व्यक्ति हुनु पर्ने थियो तर संस्थापकहरुले पैसा कमाउने मनसाय राख्दा रहेछन् । धन पैसा कमाउने व्यापारीक सङ्काय शिक्षालाई हेरियो तर त्यो अवोध बालकलाई पढाइ महत्वपूर्ण थियो । ज्ञानको विकासका लागि घरमा नराखेर बोडर्स गरिदिएको दुःखेसो बाबुआमाको थियो ।
बालकलाई पढाइबाट ज्ञान भएन, पिटाइले ज्यान गयो । कस्तो स्कुल हो ? वार्डेनलाई समझदारीसम्म भएन । शिक्षा ज्ञानको विकासका लागि हो । पिटाई शारीरिक दण्ड हो । मानसिक र शारीरिक यातनका लागि पिटाइ हुन्छ । यस्ता विषयहरुमा वार्डेन चलाख बन्नु पर्छ । प्रिन्सिपल पनि निर्देशनकारी बन्नु पर्छ । बाबुआमाले आफ्ना छोराछारीलाई स्कुलमा ज्ञानीगुणी बनाउन पढाउछन् । उनीहरुले साथीसंगीहरुबाट धेरै विषयहरुको ज्ञान गर्छन् । शिक्षकहरुले विषयगत ज्ञान सिपको विकास गराउँछन् । विषयगत ज्ञान र सिप घरमा आफूले अध्ययन गरेर नआउने चलन शिक्षकहरुमा छ । स्कुल आएर पाठ्यपुस्तकको विषयमा मात्र पढाउँछन् ।
उनीहरुलाई पाठ्यक्रम सम्बन्धमा ज्ञान गरेका हुँदैनन् । सामुदायिक स्कुल होस् वा संस्थागत निजी बोर्डिङ स्कुलका शिक्षकहरुलाई सामाजिक व्यवहार र आत्म अनुशासन नभएपछि विद्यार्थी कसरी अनुशासन पालन गर्न सक्छन् ? कतिपय शिक्षहरु राजनीतिक दलका अनुयायी बनेका छन् । यस्तो हुनु उनीहरुको बाध्यता हो । यदि अनुयायी बन्न सकेनन् भने नगर वा गाउँपालिकाहरुमा भएका सामाजिक सेवाका नेतृत्वकर्ताले सरुवा गरेर दिने गर्छन् । उनको इशारामा चल्नु सामुदायिक स्कुलमा धेरै शिक्षकहरु छन् ।
राजनीतिक दलका भक्त भएकाले शिक्षामा राजनीतिकरण भयो भनिन्छ । त्यस्तै संस्थागत स्कुलका शिक्षकहरु पनि संस्थापकप्रति बेफाइदा बन्छन् । यदि संस्थापकप्रति शिक्षकहरु बफादार बन्न सकेनन भने जागरिबाट हट्नुपर्छ । बेरोजगार बन्नुपर्छ । डर र त्रासमा शिक्षकहरु छन् । अझ बोडर्स भएका विद्यार्थी धेरै प्रताडित छन् । पढाइ कि पिटाइ भन्ने मानसिक रुपले विद्यार्थी त्रसित छन् । पिटाइले गर्दा विद्यार्थीको ज्यान जाने वातावरण बन्नु हुँदैन । विद्यार्थीमा अनुशासन कायम हुनुपर्छ ।