काफल भर्ने मानो र प्रेमफलको दानो उस्तै
1 min readमधुसूदन सुवेदी
हामी सबैले हिजोदेखि आजसम्म देखेको माना त्यसमा पनि काफलको फल बेच्ने महिला पुरुषले प्रयोग गर्ने मानाको आकृति अनेकौ छन् । विशेष त चैत महिनादेखि जेठ महिनासम्म देख्न, खान र चाख्न पाइने लोकप्रिय पहाडी फल काफल एक प्रमुख हो, यो जोसुकैले रुचाउने र जोसुकैले मन पराउने भएकोले हरेक मानिसले काफलको गेडा, काफलको रङ, काफलको आकार, काफलको प्रकारm काफलको स्वादलाई मात्र ध्यान दिएका हुन्छन् ।
यसले यसलाई भर्ने, नाप्ने, जोख्ने, तौलने र मापन गर्ने साभनमा कसैको ध्यान जादैन । समयको गति, भौगोलिक आधार, समाजको परिवेश र काफल टिप्ने र बेच्ने मानवको घरमा उपलब्ध जुनसुकै भाँडो वा पात्र प्रयोग गरे पनि हामीले काफल भर्ने मानो भनेर चिन्यौ, जान्यौ र बुझ्यौ । यी मानारुपी पात्रहरुमा काठका सानाकोसी, काठका बटुको, काठको गिलास वा काठबाट बनेका साना परिमाणका भाँडाहरु पनि देखिए । त्यसैगरी माटोको ठुलो पाला, माटोको सानोकोसी, माटोको बटुको वा माटोको सानातिना भाँडा यो पारको पनि प्रयोग भए । त्यसैगरी धाकहरुमा सिलपटको बटुका, सिलपटको गिलास, सिलपटको ठाडो कटुवा मानो वा सोलपटको मुन्दे मानो पनि देखियो । त्यसैगरी स्टीलको गिलासमा स्टीलको कचौरा वा काँशको गिलास पनि देखियो । यसैगरी पित्तलको कटौरा पित्तलको ठाडो कटुवा मानो वा पित्तलको मन्द्रे मानो पनि देखियो । यसैगरी तामाको ठाडो कटुवा मानो, तामाको मुन्द्रेको मानो र तामाको बेला पनि देखियो ।
यसरी काफल बेच्ने व्यक्तिको अञ्जुलीलेखि काठ माटो, स्टील, पित्तल, सिलफद, सिलपट आल्मुनियम काँश, स्टील, तामा पित्तलका सानातिना भाँडा एवम् पात्र जेसुकै र जस्तोसुकै प्रयोग गर्दा पनि त्यो काफल भर्ने मानो नै भयो । त्यसलाई वास्ता गरिएन काफल गेडीलाई मात्र प्रमुख ठानियो, मानियो र जानियो जसरी काफल भर्ने मानोको जस्तो आकार, प्रकार, बनोट, परिमाण कुनैलाई हानी वास्ता गरेनौ र गर्दैनौ पनि त्यसैगरी यो वर्तमान अवस्थामा प्रधानमन्त्री हुने व्यक्तिलाई उसको कुर्सीलाई र उसको पटकेलाई मात्र हामीले ध्यान दिएका छौ । उसले के काम ग¥यो ? किन पटक–पटक प्रधानमन्त्री बन्यो ?
कसरी बन्यो ? के खायो, कसको खायो, कता गयो ? कता हे¥यो ? कता ताक्यो ? किन जाग्यो ? किन भाग्यो कुनै वास्ता गरेनौ र त्यसको निन्दा चर्चा पनि गरेनौ । केवल हामीलाई प्रधानमन्त्रीको फलको दानो भए पुग्यो । प्रधानमन्त्री बन्ने, बनाउनेसँग कुनै जनचासोको विषय भएन । देशमा काम भयो वा भएन ? त्यो पनि गौरव भयो । केवल जसले जति पटक बाजी मार्छ त्यही असल काम गरे हार्नेे बस्ने परिपाटी भने बाजी मा¥यो ।
काफलको त जनताले मानो ध्यान दिए पनि काफलको गेडा रङ, जात आकार, प्रकार स्वाद चाखेर मात्र किन्यो तर यो प्रधानमन्त्रीको दानो त जस्तो भए पनि जहाँ फले पनि जसरी फले पनि अमिलो भए पनि चुकिलो भए पनि, तितो भए पनि टर्रो भए पनि चिलाउने भए पनि कोक्याउने भए पनि खिच्याउने भए पनि चिल्ने भए पनि पोल्ने भए पनि डस्ने भए पनि कुनै वास्ता नै गरेनन् । प्रधानमन्त्रीको फलको दानोलाई जनताले दुगन्धित भए पनि बचाए, चखाए । डाबर हाजमोला क्यान्डी सुनेर जे आउँछ मज्जाले पचाउँछ भनेर प्रधानमन्त्रीलाई स्वागत गरे ।
नेपाली जनता प्रधानमन्त्री माथि यति आशा गरेकी श्राद्धमा चामलको दुना माथि थापेो कुशको ब्राहमण जस्तै भए पनि हात जोड्न पूजा गर्न र प्रार्थना गर्न छाडेनन् । आखिर यसरी देश चल्ला त ? जस्तो पनि पचाउने बानीले देश र जनतालाई हित र कल्याण गर्ला त ? हामीलाई विवेकको भण्डार खोली दिने कसले ? भनिन्छ नि– (समय हुँदा गरिएन याद समय बित्यो अब भो फसाद) हो, हआमीले यो समयमा याद गरेनौ र बुझेनौ भने देश के होला ? नेताबाट देश बन्ने सपना सकियो । अब छैन बाँकी । देखियो, हेरियो, जानियो, बुझियो, भोगियो र चाखियो ।
अब पनि चाख्न कोशिस गर्ने हो भने जनताको मुर्खताले सीमा नाघने छ । अब नेतालाई यी नाटक गर्न अनुमति दिनु हुँदैन । लोकतन्त्रको विधि, प्रक्रिया, नियम, परिधि र कानुन मिचेर आउने जोसुकैलाई जनताले किनारा लगाउँदै जानु पर्छ । जनताले कुर्सीबाट तान्ने हिम्मत नराख्दासम्म यो देशमा कुर्सीका लागि जे पनि हुने छ । सुनको कापरा भए पनि भात खाने चलन हुँदैन । बहुदलीय व्यवस्था भन्ने त्रिदलीय राजका चलाउने संसदीय व्यवस्था भन्ने संसदमा कुस्ती देले भत्ता पचाउने । लोकतान्त्रिक व्यवस्था भन्ने जो कोहीको चित्त बुझाउन नसक्ने । यस्तो पनि हुन्छ ? मनपरी गर्ने र जे मन लाग्यो त्यही गर्न जनताले अनुमति दिइरहन मिल्छ । छेकबार लगाउने कि नलगाउने बसेर, सुतेर र ठगेर खान पाएपछि कसैलाई काम गर्न जागर चल्छ ।
जबसम्म काम गर्दैन र जबसम्म काम हुँदैन एक गाँस भातमा समेत जनताले रोके लगविस त गरेर खान्छन् कि खाँदैनन् ? चटके, पटके, फडके र कडके मात्र पुगि हाल्छ भन्ने सोच बनाएर हिडेका नेतालाई जनताको बाहुबल देखाउन निकै ढिला भयो । अब यो प्रधानमन्त्रीको फलको दानोलाई जरादेखि टुप्पोसाँ नियालेर नचाख्दासम्म भोलि हामीलाई विष पनि लाग्न सक्छ । होसियार जनता नेता भए सातिर ।