प्राकृतिक विपत्तिमा उपकारी मन र सहयोगी हातहरु
भुवन पोख्रेल
अहिले मुलुकमा विपत्ति आएको छ । जारकोट र रुकुमका पीडाहरु र चित्कारहरुले समस्त नेपालबासीले हृदय छियाछिया हुनुपर्छ । पक्कै पनि त्यहाँका हृदय विदारक दृश्यहरुले नेपालको जुनसुकै कुनामा बसोबास गर्ने नेपाली पीडामा डुब्नुपर्छ । त्यहाँका विपतमा परेका जनताका घाउमा मलम लगाउने प्रत्येक नागरिकको दायित्व हो ।
भावनात्मक एकताले शोकलाई शक्तिमा बदलिदिन्छ । पीडा जाजरकोटबासीले प्रत्यक्ष भोग्नुप¥यो । गत १७ गते शुक्रवार राति गएको ६.४ रेक्टर भूकम्पले सबै नेपालीको मन रुवाएर गएको छ । सबै नेपाली मुटुहरु मर्माहत भएका छन् । पीडाबोधले रन्थनिएका त्यहाँका बासिन्दालाई अहिले साहाराको आवश्यकता परेको छ । बास खोसिएको छ, आफन्तको साथ सदाका लागि दैवले चुडेर लगेको छ । गाँस, बास, कपासको मात्र चिन्ता छैन आफ्ना प्रियजनले सेकेण्ड भरमा अप्रत्यासित रुपमा गुमाउनु पर्दा उनीहरुमा मानसिक आघात पुगेको छ ।
अहिले उनीहरुलाई बस्ने बास, गास, लत्ता कपडामात्र राहत दिएर पुग्दैन उनीहरुमा भित्रि मनमा लुकेर बसेको भूकम्पको त्रास छ, मानसिक असन्तुलनको अवस्था भोग्नु परेको छ यस्तो विवम परिस्थितिको सामना गर्न उनीहरुलाई उच्च मनोबलका साथ बाच्न मनोपरामर्शको खाचो पर्दछ । हासीखुसी साझमा खानपिन गरेर सुतेको परिवार मध्यरातमा पीडा त्रासदीमा बललिँदा एक्कासी मानिसले स्थिति नियन्त्रणमा ल्याउन सक्दैन ।
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले ठूलो धनजनको क्षति गराएर कालोदिन सावित भएर विदा भएको छ । १५७ मानिस मारिएका छन् र लगभग त्यति नै संख्यामा घाइते बन्न पुगेका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यसबेला त्यस क्षेत्रका बासिन्दालाई परोपकारी मन र सहयोगी हातहरुको टठ्कारो आवश्यकता देखिएको छ । जाजरकोट र रुकुमले भोगेको पीडामा नेपाल भित्रका नेपालीको मात्र नभइ विदेशीहरुका पनि सहयोगी हातहरु उठ्दै छन् ।
विपत् लगत्तै पुर्नस्थापन, उद्दार, राहतका कामहरु अघि बढ्दै छन् । यो भूकम्पले पूर्वतयारी र पुन निर्माणको अर्को गतिलो पाठ सिकाएर गएको छ । विपत् र प्रलयहरुले कोरी हान्दै गर्दा सबैको मन छियाछिया भएको छ । पीडा र संकटको घडीमा विभिन्न तह र तप्काबाट सद्भाव र संवेदनशीलता सकारात्मक छ । व्यक्ति, संघसंस्था, भित्र राष्ट्रहरु र अन्तर्राष्ट्रिय जगतको राहत र पुर्नस्थापनामा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
नेपाल सरकारले पनि राहत र पुर्नः स्थापनाको प्याकेज पनि घोषणा गरेको छ । घाइतेको निःशुल्क उपचार गरिदिने, मृतकका परिवारलाई २ लाख दिने भएको छ । राहत र पुनः स्थापनाहरु पीडित मैत्री होलान् भन्ने सबैले अपेक्षा गरेका छन् । पीडा पर्दा सबै भावुक हुन्छन्, संवेदनामा उद्देलित हुने र छिटो बिर्सिहाल्छन् । यो नेपाली समाजको विशेषता हो । फितलो अनुगमन र मूल्याङ्कन प्रणालीले कामहरु कार्यान्वयनमा आउन कठिनाइ भएको छ । यस्ता विपत्ले नेपाली नागरिकमा भावनात्मक एकता, संवेदना र भाइचाराको पाठ सिकाएर जान्छन् ।
जीवन क्षण भङ्गर छ । जतिसुकै गगन चुम्बी महल बनाए पनि यस्तो विपत्का बेला सबै चउर र खुला ठाउँका भाग्नुपर्छ प्राण रक्षाका खातिर । प्राण रक्षा नै सबैभन्दा ठूलो कुरा रहेछ विपत्का बेला त्यही प्राणलाई पनि विपत्तिको अगाडि सबैले घुँडा टेक्नुपर्छ । मैखाऊ, मै लाउँ, सुखसयल वा भोज म गरु भन्ने प्रवृत्ति भूकम्पले उठिबास लगाउँदा हराएर गएको हुनुपर्छ तर विडम्बना भन्नुपर्छ यस्तो भावनात्मक एकता पीडाका खाटा बस्न नपाउँदै टुट्छ । यस्तो संवेदना जीवित रहँदैन र क्षणिक भइदिन्छ ।
वि.स २०७२ मा महा विपत्तिको सामना गरेको नेपालीले फेरि अर्को ज्वारभाटा सहन प¥यो । परकम्पहरु निरन्तर गहिरहेका छन् पीडामा रन्थनिएकाहरु ढुक्क भएर पालमुनी निदाउन सकेका छैन् । एक गाँस आनन्दित मनले निल्न सकेका छैन्न् । नेपाल भौगोलिक हिसाबले भूकम्पीय जोखिममा रहेको वास्तविकता भूगर्भद्हिरुले सार्वजनिक गर्दै आएका छन् संकट अझैँ टरेको छैन । भूकम्प प्राकृतिक विपत् हो र यसको नियन्त्रण हाम्रो बसमा छैन । बरु यसको जोखिम न्युनिकरण र व्यवस्थापन गर्न सकिन्छ ।
जाजरकोटको भूकम्प जनाऊ घण्टी पनि हुन सक्छ यसबाट सर्तक भएर भूकम्प प्रतिरोधी भौतिक संरचना घर, पुल फलेसा निर्माण गर्ने हो भने फेरि अर्को भूकम्पमा ठुलो धनजनको क्षति हुनबाट जोगिन्छ । कमजोर घरहरु भएकाले धेरै मानवीय क्षति हुन पुगेको छ । रातको समयमा आएको हुँदा पनि सर्तकता अपनाउन सकिएन । भूकम्पमा परेकालाई विपत् व्यवस्थापन गर्नका लागि पहिलो चरणमा उद्दार, दोस्रोमा राहत, तेस्रोमा पुर्नस्थापनार चौथोमा पुर्ननिर्माण पर्दछन् ।
पहिलो चरणमा भूकम्पमा परेका लागि उद्दार गर्नुपर्छ । पीडितको ज्युधनको रक्षा गर्ने प्रयत्न गर्ने गरिने प्रक्रिया उद्दार हो । विपत्को घटना घटनासाथ उद्दार कार्य सुरु गरिहाल्नु पर्छ । नेपालमा सेना र प्रहरी विपत्का घटना घटनासाथ उद्दारमा खटिहाल्छन् यो कार्य प्रशसनीय छ । विपत् आइपर्दा जोखिम मोलेर उनीहरु दिनरात खटिरहेका छन् । अहिले जाजरकोटको विपत्तिमा परेका नागरिकको उद्दारका लागि सेना, प्रहरी, राजनीतिक दलहरुका स्थानीय, कार्यकर्ता, राजधानीबाटै गएका स्वास्थ्यकर्मीहरु र स्वयम्सेवकहरु उद्दार कार्यमा लाग्नुलाई प्रशंसनीय ठान्नुपर्छ ।
घाइतेहरुको उपचारमा स्वास्थ्यकर्मीहरु अहोरात्र खटिरहेका छन् । रातको समयमा विपत् परेकाले उद्दार समयमा हुन नसकेकोले मृत्यु हुनको दर बढेको पनि हुन सकछ तर जति घाइते नागरि छन् तीनको यथाशीघ्र स्वास्थ्य उपचार गरेर जीवन रक्षाको कार्य अघि बढाउनु अहिलेको टठ्कारो आवश्यकता हो । स्वास्थ्य सेवा पु¥याउन पुगेका चिकित्सक उद्दार जसले मानवीय कर्ममा लागेको दृश्य देख्दा प्रशंसाका पात्र बन्न पुगेका छन् । उद्दार गरिसकेपछि राहत र पुनस्थापनाका कार्य सरकारी तथा गैरसरकारी निकायहरुले अगाडि बढाउछन् ।
घरबार विहीन भएकालाई अस्थायी आवास लत्ता कपडा, आधारभूत सरसफाइ, खाना, घाइतेको उपचार दिन सके पीडितले राहत महसुस गर्छन् । सरकारले एकद्धार नीति लिएर राहत तथा पुर्नस्थापनका कार्यहरु अगाडि बढाउन सक्नुपर्छ । भूकम्प प्रभावितको विपत्मा सिङ्गो राज्य सहभागी भएर पीडामा मलम लगाउनु पर्छ । सरकार भएको महसुस गर्नका लागि पीडितको आत्मबल बढाउनु पर्छ । एकमुठी राहत दिएर एकमुरीको धाक गर्नुभन्दा वास्तविक पीडितको पहिचान गरी राहत दिदा चराइरहेको घाउमा मलम लगाउन सक्नुपर्छ ।
भूकम्प प्रभावित क्षेत्रमा राहत एकद्धार प्रणालीबाट वितरण भइरहेको भन्ने सुन्न आएको छ । विभिन्न दाताबाट संकलन भएको राहत सामग्री वितरण भइरहेका छन् । जाडोको मौसम बढ्दै गइरहेकोले उनीहरुलाई ओत लाग्ने छानो र न्यानो कपडा उनीहरुको पहिलो आवश्यकता हो । पीडितलाई तत्काल राहत उपलब्ध गराउनु पर्छ । पहाडि र हिमाली क्षेत्र भएकाले भूकम्प प्रभवितलाई तातो न्यानो बनाएर राख्नु पर्दछ । भूकम्पबाट विस्थापितले कष्टकर जीवनयापन गरेका छन् । खुला आकाशमुनी बसेर घरबाहिर बसेर काजक्रिया गर्नु बाध्यता परेको छ ।
गरिब परिवा जसले परिवार घुमाएर पालमुनी क्रिया बस्नुपर्दा यो जाडोको मौसममा निकै कष्टकर बन्न पुगेको छ । भौगोलिक विकटता र सडक यातायातको असजिलोपनाले समयमा उपलब्ध राहत सामग्री पीडित समक्ष पु¥याउन सकिएको छ । ३४५०१ घरमा क्षति पु¥याएको छ भने ३१८६ घरलाई विस्थापित तुल्याएको छ । जाजरकोटका विभिन्न पालिकामा क्षति कति पुगेको छ तथ्याङ्क संकलन गर्न सञ्चार र यातायातले कठिन भएको छ । यातायातको कठिनाइ भएको पालिकामा राहत पु¥याउन गाह्रो भएको छ ।सडक सञ्चाल अत्यन्तै कठिन छ ।
नेटवर्कको समस्या भएकाले सञ्चारमा पनि बाधा पु¥याएको छ । विभिन्न दाताहरुले विपत् व्यवस्थापन केन्द्रम संकलन गरेर मात्र राहत सामग्री वितरण गर्नुपर्छ । भूकम्पको इपिसेन्टर जाजरकोटमा भौगोलिक अवस्थित बाटोघाटो आदिका कारण दुर्गम क्षेत्रमा अझै राहत पुग्न सकेको छैन । थुप्रै परिवार एउटै पालमुनी बस्नु परेको छ कठ्याङ्गिद्रो जाडोमा ओत लाग्नु परेको छ । खुला आकाशमुनीको बास बस्नु परेको छ भूकम्पको घर भत्किदा । राहत पीडितमैत्री बन्न सक्नुपर्छ । पटकपटकको पराक्रमले पीडितहरु घरबाहिर पालको ओतमा बसेका छ ।
राहत र पुर्नस्थापना पीडितका लागि मलम बन्न सक्नुपर्छ । ताकि राजनैतिक हतियार । राहत र पुर्नस्थापनाका नाममा प्रचरमुखी कार्य गर्नु हुँदैन । अहिले सामाजिक सञ्जालमार्फत राहत सहयोगको घोषणा गर्ने प्रतिस्पर्धा बढेको छ । सहायतका हातहरु स्वार्थ बोकेर भित्रिएका हुन् भने विपत्का बेला चिन्नै अवसर पनि हुन्छ । मानव कल्याणका नाममा कुनै अन्य अभिष्ट पूरा गर्ने हेतुले भित्रिएको सहयोगलाई बेलैमा अस्वीकार गर्नुपर्छ । स्वास्थ्य र अभिष्ट पूरा गर्न धर्म र राजनीतिक आडमा राहत बोकेर अहिले नक्कली दाताहरु माथि निगरानी बडाउनुपर्छ ।
अर्को पुर्ननिर्माणको चरण हो । उद्दार, राहत, पुर्नस्थापनाले मात्र पीडिचले न्याय पाउँदैनन् जबसम्म सरकारलाई पीडितलाई स्थायी रुपमा सुरक्षित बसोबासको ग्यारेन्टि दिन सक्दैन । जोखिम व्यवस्थापनमा पुर्ननिर्माणको महत्वपूर्ण चरण हुन्छ । विपत्ले ध्वस्त संरचना पुननिर्माण गर्न सक्नु पर्छ । २०७२ को भूकम्पमा पनि काठमाडौँलगायतमा भत्किएका सांस्कृतिक तथा पूरातात्विक संरचना निर्माण गरिएका थिए । गोर्खाको मनकामना मन्दिरमा पनि क्षति पुगेकाले त्यस मन्दिरको पनि रेट्रोफिट गरी पुर्नस्थापना गरिएको थियो । पुर्ननिर्माण कार्य चुस्त दुरुस्त र पारदर्शी ढंगले दुततर गतिमा अघि बढेनु पर्छ । सरकारको मन्त्री परिषद्को निर्णयले १ वर्षभित्र पुर्ननिर्माण सक्ने निर्णय गनुएपर्छ ।
जेजस्ता पूर्वतयारी भए पनि भूकम्पबाट भाग्ने स्थिति छैन । भूकम्प हाम्रो नियति हो यो जहिले पनि आउन सक्ने संकट ट¥यो भन्न नसकिने हुँदा भूकम्पले क्षति नपु¥याउने संरचना तयार गर्नुपर्छ । अहिले भूकम्पसँगै जाजरकोटबासीले घर ढलेका छन् र घरसँगै उनीहरुको मन पनि ढलेका छन् । त्यसलाई उठाउन मनोसामाजिक परामर्शको आवश्यकता खट्केको छ । जाजरकोटको भूकम्पले निम्त्याएको पीडाले त्यहाँका जनता तनावमा छन् । यतिबेला त्यहाँको जनताको अभिभावक सरकार हो ।
भूकम्प पीडितलाई कुनै समस्या नदिन सरकार जुट्नुपर्छ । अहिले जाजरकोटबासी परिवारका सदस्य र घरबार गुमाउनु पर्दा शोकमा डुबेका छन् । रुकुमबासी पनि शोकमा छन् । यो शोकलाई शक्तिमा बदल्ने भूमिका सरकारले खेल्नुपर्छ । त्यहाँका नागरिकको जनजीवन सामान्यीकरण गर्न सरकार कटिबद्ध हुनुपर्छ । भूकम्प प्रभावितलाई गास, बास र कपास घाइतेको शीघ्र स्वास्थ्य उपचार र विस्थापितको पुर्नस्थापना सबै व्यक्ति, संस्था व्यापारी, कन्जुस्याई नगरी मन फुकाएर सहयोगी हातहरु अघि बढाउन सक्नुपर्छ ।