भूकम्पको पूर्वानुमान गर्न सकिँदैन : इन्जिनियर के.सी. (अन्तर्वार्ता)
पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रबिन्दु बनाएर कार्तिक १७ शुक्रवार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको भूइँँचालो गयो ।भूइँँचालोले रूकुम र जाजरकोटमा डेढ सय बढीको मृत्यु र सयौ घाइते भए । यो २०७२ को भूइँँचालोयता भएको सबभन्दा ठुलो मानवीय र भौतिक क्षति हो । केही समययता पश्चिम नेपालका जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पालगायतका दुर्गम जिल्लालाई केन्द्रबिन्दु बनाएर लगातार भूइँचालोको कम्पन महसुस गरिएको छ ।
यसले पश्चिम नेपालको ठुलो भूकम्पीय जोखिमको सङ्केत गर्छ । भूसतहमुनि प्लेटको घर्षणले ठुलो परिमाणको शक्ति उत्पन्न भइरहेको हुन्छ । त्यो शक्ति जमिनमुनि थुप्रिएर बस्छ । ठूलो भूइँँचालो जाँदा जमिनमुनि थुप्रिएर बसेको शक्ति एकैचोटी बाहिर निस्कन्छ । त्यसपछि फेरि त्यति नै शक्ति जम्मा हुन लामो समय लाग्छ । स–सानो भूइँँचालो जाँदा जमिनमुनि थुप्रिएको शक्ति सबै बाहिर निस्कन पाउँदैन ।
यसैसँग सम्बन्धित रहेर भूकम्प के हो, भूकम्प के कारणले हुन्छ र कहाँ हुन्छ कसरी सुरक्षित हुने भन्ने विषयमा तुलसीपुर–७ निवासी इन्जिनियर विक्रमबाबु के.सी.(सिभिल इन्जिनियर, भ्यालुअर, वैज्ञानिक वास्तु कन्सल्टेन्ट) सँग गरिएको कुराकानीको सार संक्षप ।
स्वागत छ यहाँलाई गोरक्षको साता वार्तामा ?
धन्यवाद यहाँ तथा यहाँको पत्रिकालाई मेरा कुराहरू राख्न दिएकोमा ।
भुकम्प के हो ?
पृथ्वीका दुईवटा खण्डहरू अचानक एकअर्काबाट चिप्लिए घर्षण पैदा भएपछि भूकम्प जान्छ । त्यस्ता खण्डहरू चिप्लिने सतहलाई फल्ट वा फल्ट प्लेन भनिन्छ । पृथ्वीको सतहभन्दा ठिक तल मुनीको भाग जहाबाट भूकम्प सुरु भएको हुन्छ, त्यसलाई हाईपोसेन्टर भनिन्छ भने हाईपोसेन्टरबाट ठिकमाथि पृथ्वीको सतहमा रहेको भागलाई ईपिसेन्टर भनिन्छ । कहिलेकाहीँ भूकम्पको पूर्वधक्काको महसुस गरिन्छ ।
यस्ता स–साना धक्काहरू बढी मात्रामा पछि ठूला भूकम्पहरू आउने ठाउँमा हुन्छन् । यस्ता धक्काहरूलाई ठूला भूकम्प नआएसम्म वैज्ञानिकहरूले पनि भूकम्पको पूर्वशक हो भनेर भन्न सक्दैनन् । सबैभन्दा मुख्य भूकम्पलाई मेनशक भनिन्छ । मेनसक्समा निरन्तर पराकम्पनहरू जान्छन् । यी साना भूकम्पहरू हुन् जुनपछि मुख्य परकम्प भएको ठाउँमा आउँछन् । मेनसकको आकारमा निर्भर गर्दै, परकम्पहरू हप्ता, महिना र वषौँसम्म जारी रहन सक्छन् ।
भूकम्प के कारणले हुन्छ र कहाँ हुन्छ ?
भूकम्प हुनुका कारणहरू पैल्याउदा पृथ्वीमा रहेका चार प्रमुख तहहरू भित्रि कोर, बाहिरी कोर, आवरण र क्रस्ट मुख्य हुन । क्रस्ट र आवरणको माथिल्लो भागले हाम्रो ग्रहको सतहमा पातलो छाला बनाउँछ तर यो छाला सबै एउटै टुक्रामा भने हुदैन । यो पृथ्वीको सतह ढाकिएको पजल जस्तै धेरै टुक्राहरू मिलेर बनेको छ । त्यति मात्र होइन यी पजल टुक्राहरू बिस्तारै घुमिरहन्छन्, एकअर्काको पछाडि सर्दै र एकअर्कामा ठोक्किँदै जान्छन् ।
यस्ता पजलका टुक्राहरूलाई टेक्टोनिक प्लेटहरू भनिन्छ । प्लेटहरूको किनारहरूलाई प्लेट सीमा भनिन्छ । प्लेट बाउन्ड्रीहरू धेरै फल्टहरू मिलेर बनेका हुन्छन् र संसारभरका अधिकांश भूकम्पहरू यी फल्टमा आउँछन् । प्लेटका किनाराहरू विभिन्न आकारको भएकाले, बाँकी प्लेट चलिरहँदा तिनीहरू अड्किन्छन् । अन्तमा, जब प्लेट धेरै टाढा पुगेपछि किनाराहरू कुनै एउटा फल्टमा टाँसिन्छ र त्यहाँ भूकम्प आउँछ ।
भूकम्प जाँदा पृथ्वी किन हल्लिन्छ ?
जब फल्टका किनाराहरू एकसाथ अड्किएका हुन्छन र बाँकी ब्लकहरू सर्दै गरेका हुन्छन् यस्तो अवस्थामा सामान्यतया ब्लकहरू एकअर्काको पछाडि सर्ने ऊर्जालाई भण्डारण गरेको हुन्छ । जब गतिशील ब्लकहरूको बलले अन्ततः फल्टको दाँतेदार किनारहरूको घर्षणलाई जित्छ र यो अनस्टिक हुन्छ, सबै भण्डारण गरिएको ऊर्जा रिलिज हुन्छ ।
ऊर्जा पोखरीमा लहरहरू जस्तै भूकम्पीय छालहरूको रूपमा सबै दिसाहरूमा बाहिर निस्कन्छन् । भूकम्पीय तरङ्गहरूले पृथ्वीलाई हल्लाउँछन् र जब छालहरू पृथ्वीको सतहमा पुग्छन्, तिनीहरूले हाम्रो घर र हामी जस्ता जमिन र यसमा भएका सबै चीजहरू हल्लाउँछन् ।
के भूकम्पको पूर्वानुमान गर्न सकिन्छ ?
भुकम्पको पूर्व अनुमान गर्न सकिँदैन तर वैज्ञानिकहरूले भूकम्पको भविष्यवाणी गर्न विभिन्न तरिकाहरू अपनाई प्रयास भने जारी राखेका छन् । भूकम्प जानु्भन्दा केही सेकेण्ड पहिला मात्र जनावर तथा पन्छिहरूले भूकम्प आएको थाहा पाउने भए तापनि त्यसको सम्बन्धमा थप अन्य प्रमाणहरू भने पाइएका छैनन् ।
घर बस्न लायक छ कि छैन कसरी थाहा पाउने ?
हो पिल्लर सिस्टमका घरको अवस्था यस्तो भयो भने पूरा सुरक्षित मानिन्छ जस्तै घर ठाडो अर्थात् घन्टीमा हुनुपर्छ, घरको पिलर र बीम नछुट्टिएको हुनुपर्छ, पिलर र बीममा क्रयाक नआएको हुनुपर्छ, कुनै बरण्डा वा बल्कुनी क्रयाक नभएको हुनुपर्छ । यसले घरको मजबुतीमा खासै असर गर्दैन तर बरण्डा वा बाल्कुनी वा बार खसेर दुर्घटना हुनसक्छ । पार्टेसन गारो चर्किदैमा खतरा हुँदैन ।
पिलर सिस्टम घरमा यो गारोले छेकबारको काम मात्र गर्ने हो । ठाडो चिराको उचाई लामो छ र गारोको दुवै भागमा नै चर्किएको छ भने त्यो गारो वरिपरि मात्र असुरक्षित हुन्छ, झ्याल, ढोकाको चुकुल नलाग्दैमा डराउनु पर्दैन, यति ठूलो भूकम्पमा घरभित्र वा बाहिरको प्लाष्टर चर्किनु सामान्य हो । अग्ला घरमा भूइताल वा पहिला तलामा प्लास्टर चर्किने सम्भावना बढी हुन्छ । घरको पेटी वा पेटीभन्दा बाहिरी भाग चर्किएको वा छुट्टिदैमा डराउनु पर्दैन ।
भूकम्पमा धक्का जारी रहेकाले अग्ला दराज, सोकेस सीसाको ठूला झ्यालढोकाबाट जोगिएर बस्नुपर्छ । त्यस्तै वाल वियरिङ घरमा घर ठाडो अर्थात् घन्टीमा हुनुपर्यो । घरका सुरहरू घन्टीमा हुनुपर्यो । गारोमा वारपार वा ठाडो क्रयाक आएको हुनु भएन–उदाहरणको लागि कोठाको उचाई आठ फिट छ । त्यो आठ फिट गारो तलदेखि माथिसम्म वा धेरै भाग वारपार चर्किएको भए असुरक्षित हुन्छ ।
झ्याल, ढोकाको चुकुल नलाग्दैमा डराउनु पर्दैन, कुनै वरण्डा वा बाल्कुनी क्रयाक हुनुभएन । यसले घरको मजबुतीमा खासै असर गर्दैन तर वरण्डा वा बाल्कुनी वा बार खसेर दुर्घटना हुनसक्छ । पार्टेसन गारो चर्किदै खतरा हुँदैन । वाल वियरिङ घरमा पनि कतिपय गारोले छेकबारको काम मात्र गरेको हुन्छ । ठाडो चिराको उचाई लामो छ र गारोको दुवै भागमा नै चर्किएको छ भने त्यो गारो वरिपरि मात्र असुरक्षित हुन्छ । यति ठूलो भूकम्पमा घरभित्र वा बाहिरको प्लाष्टर चर्किनु सामान्य हो ।
अग्ला घरमा भूइँतला वा पहिला तलामा प्लास्टर चर्किने सम्भावना बढी हुन्छ । घरको पेटी वा पेटीभन्दा बहिरी भाग चर्किएको वा छुट्टिदैमा डराउनु पर्दैन । भूकम्पमा धक्का जारी रहेकाले अग्ला दराज, सोकेस सीसाको ठूलो झ्यालढोकाबाट जोगिएर बस्नुहोला । भुकम्प पछि बारम्बार सानाठूला पराकम्पन आइरहने हुनाले चनाखो भएर सुरक्षित स्थानमा बस्नुहोला ।
अन्त्यमा केही भन्नु छ ?
अन्तमा म सबैलाई बलियो निर्माणमा जोड दिउ भन्न चाहान्छु । यदि घर बनाउँदै हुनुहुन्छ भने भकम्प प्रतिरोधि घर बनाउ । यहाँ गाउँ घरमा आफु खुसी घर गराउने चलन छ यसले भविषयमा ठूलो दुर्घटना निमत्यान सक्छ । घरहरू निर्माण गर्दा एक पटक सम्बन्धीत विज्ञहरूसँग राय सल्लाह सुझाव लियौँ । यहीले खर्च धेरै लाग्छ भनेर कन्जुसाइ नगरौँ ।
कस्तो पिल्लर हाल्ने कस्तो गारो लगाउने र भूकम्प प्रतिरोधि निर्माणका लागि यहाँका पालिकाहरूले पनि विभिन्न समयमा सचेनता तथा विभिन्न कार्यक्रमहरू गर्नु भएको छ । यसलाई पूर्णरूपले पालना गर्न सकेको जोखिम कम हुन्छ । यो प्राकृतिक विपद हो यसलाई पूर्वा अनुमान गर्नुभन्दा पनि भविष्यमा आउन सक्ने जोखिमलाई कम गर्ने नै हो ।