दाङको अर्थतन्त्रमा डिप्रेसन
युवराज शर्मा
नेपालको अर्थतन्त्र ओरालो लागेको छ । उद्योय व्यवसायको अवस्था दाङमा प्रायः छैन । यहाँ बाहिर जिल्लाहरुबाट सामानहरु ल्याएर बेच्ने व्यापारीहरु मात्र बढी मात्रामा छन् । अर्थतन्त्र उकास्नका लागि व्यवसायीहरुको अवस्था, लगानी क्षमता र व्यापारको विस्तार हुन सकेको छैन । कोभिड १९, नाकाबन्दी, घट्दो व्यापार तथ्याङ्कले पुष्टि गर्छ कि आयातमुखी अर्ततन्त्रको व्यापार हुने जिल्ला दाङ नै मुख्य जिल्ला हो । जो मध्य भूभागमा अवस्थित छ ।
बाहिर जिल्लाहरुबाट सामानहरु आयात गरी व्यापार गर्ने गर्दा जिल्लामा अर्थतन्त्र चलायमा हुँदैन । यहाँको अर्थतन्त्रमा गिरावट देखिन्छ । व्यवसायीहरुले व्यवसाय बन्द गर्छन् । बैंकको ऋणको भारी मात्र बोक्छन् । ऋण भुक्तानी प्रभावित बन्छ । व्यक्तिले रोजगारका लागि विदेशीनु पर्छ । बैंकलाई लगानी उठाउन पनि समस्याहरु बढेका छन् । ऋण बापतका अचल सम्पत्तिहरु लिलाम बिक्री हुँदैनन् । बैंकको लगानी पनि खराब कर्जा बढिरहेको अवस्था छ ।
अशिले औद्योगिक प्रतिष्ठानहरु दाङ जिल्लामा छैनन् । उद्योग वाणिज्य संघसंस्थाहरु मात्र छन् । ती सबै ठाउँमा संस्थारुमा राजनीतिक दलीय भावनाहरु गन्धहरु छरपष्ट छन् । उद्योग व्यापारका प्रतिष्ठानहरु कतै छैनन् । संस्थागत कार्यसमितिहरु मात्र छन् । अर्थतन्त्र शिशिलताको गोरेटोमा भएपछि व्यापारी वर्गमा डिप्रेसन बढेको छ । यो अवस्था हुनुमा अर्थतन्त्रमा सङ्कट बढेको हो । यस्तो अवस्था दाङ जिल्लामा देखिनु प्रणाली र परम्परागतका कार्यशैलीहरुको अभ्यास नै प्रमुख कारण मानिन्छ । यहाँ उद्योगलाई भन्दा व्यापारलाई प्राथमिकता दिँदै आएका छन् ।
व्यापारीहरु ट्रेड एण्ड ट्रेनिङ सीमित छन् । यहाँका उद्योग वाणिज्य संघसंस्थाहरुले व्यापारलाई प्रोत्साहन गर्छन् । त्यसैले औद्योगित प्रतिष्ठानहरु कतै बन्न सकेनन् । कोभिडको समयमा बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलतालाई लगानी अपेक्षाकृत फलदायी भएको छैन । जब व्यापारमा लगानी उठ्न सक्दैन, तब व्यवसायी पलायन हुन्छन् । उनीहरुलाई रोक्न र प्रेरणा जगाउन उद्योग वाणिज्य संघ सफल हुँदैन । त्यस्ता संघसंस्थाहरुले बैंकहरुबाट ऋण प्रवाह गराउन सक्दैनन् । व्यवसायीले प्रेरणा पनि व्यवसायमा पाउँदैनन् । अन्तमा पलायन हुन्छ । यो अवस्था धेरै ट्रेड एण्ड ट्रेनिङमा निर्भर भएका व्यापारीहरुमा देखिएको छ ।
दाङमा घोराही उद्योग वाणिज्य संघ पुरानो संस्था हो । जसले ट्रेड एण्ड ट्रेनिङमा रहेका व्यवसायीहरुलाई घरभाडा तिर्न समस्या परेको अवस्थालाई सरल पार्नु पनि हो । उनीहरुलाई व्यापार व्यवसायमा व्यवसायीहरुलाई प्रोत्साहित गर्नु र संस्थाका लागि उनीहरुसँग अर्थ संकलनका नीतिहरु लगाउनु होे । उद्योग व्यवसायका लागि औद्योगिक प्रतिष्ठान बनाउन सकेन । दाङमा उद्योग भएको सम्झना गर्नुपर्छ । जसले व्यापक प्रदुषण बढाएको छ । जिल्लाबाट पूँजि पलायन भएको छ । त्यहाँ काम गर्नै मजदुरहरु पनि विदेशी मुलुकबाट आयात भएका छन् ।
स्थानीय व्यक्तिहरुले पाएको रोजगार पनि न्यून छ । उनीहरु पाले, पहरामा सीमित छन् । जिल्लामा अर्थतन्त्र डिप्रेसनमा छ । यसलाई जोगाए बढाउनका लागि कुने पनि निकायहरुको ध्यान गएको छैन । त्यसैले यहाँका व्यापारीहरुको व्यवसायहरु पनि ओरालो लाग्दै छ । उनीहरुले बैंकबाट लिएको कर्जा भुक्तानी गर्न सकेका छैनन् । लगानीकतौ बैंकहरु पनि डिप्रेसनमा छन् । नागरिकको जीवनस्तर कमजोर अर्थ व्यवस्थामा भएको अवस्था छ । सिमान्त वर्गलाई साँझबिहान हातमुख जोर्न समस्या भएको सुनाउँछन् । उपभोक्ताहरुको अवस्था पनि डिप्रेसनतर्फ लम्केको देखिन्छ ।
व्यसमयीहरुलाई समस्या बल्झाउने वित्तीइ संस्थाहरुले लिने उच्च दरको व्याज पनि हो । आफ्नो व्यवसायबाट बैंक र वित्तीय संस्थाहरुबाट ल्याएको व्याज पनि उठ्न सकेको छैन । त्यस्ता व्यवसायीहरुलाई कर्जा थपेर लगानी गर्ने वित्तीय संस्थाहरु छन् । जसले कर्जा लिन्छन्, उनीहरुले कर्जाको भ्यालुम पनि बढाएकै छन् । यसले उनीहरुमा डिप्रेसन बढेको छ । लगानीबाट प्रतिफल आउन्न । धितो राखेको अचल सम्पत्तिले कर्जा भुक्तानी पनि पुग्दैन ।
व्यवसाय गर्नेहरु गहिरो डिप्रेसनमा छन् । अर्थतन्त्र कमजोर भएको अवस्थालाई सरकारले आंकलन गर्न सकेको छैन । हरेक वर्ष कर वृद्धि गर्छ । ठूला करदाताले कर तिरेको अवस्था छैन । साना करदाताहरुले कर्जा तिर्न नसकेर आत्महत्या गरेका घटनाहरुलाई सम्झेर धेरै व्यवसायीहरु किंम् कर्तव्यम् विभुदमा छन् । कर र बैंक भुक्तानी गर्नु कर्तव्य भए पनि नैराश्यमा छन् तर ठूलाकरदाताहरु कर नतिरेको र बैंकको सावा व्याज पनि नतिरेर खराबकर्जा बनाउन सफल छन् ।
ठूलालाई चयन र सानालाई ऐन नियम सरकारले प्रयोग गर्ने कार्यशैली बनेको छ । त्यसैले साना व्यक्तिहरु र सीमान्त वर्गले घरमा ताला लगाएर जीउ पाल्न विदेशीँदै छन् । पहाड रित्तो हुँदैछ । दाङमा जनसंख्या बढ्दै छ । जोत्ने जमिन हराउँदै छन् । आयातित खाद्यबस्तुहरु बढ्दै छ । नागरिकसँग खरिद गर्ने धनपैसाको अभाव बढेको छ । घरघरमा डिप्रेसन अर्थतन्त्रमा बढेको छ । मानिस निराश छन् ।
दाङ जिल्लाको अर्थतन्त्रमा सुधार गर्न सकिने आधारहरु छन् । जसमा प्राकृतिक स्रोतहरु, जमिनको सदुपयोग उत्पादन, रोजगारको वातावण, शैक्षिक व्यवस्थापन, बजारीकरण र मूल्य नियन्त्रण आर्थिक व्यवस्थामा सुधारका प्रविधिहरु हुन् । यसतर्फ स्थानीय तहको सरकारले ध्यान दिनुपर्छ । तब मात्र अर्थतन्त्रको डिप्रेसन हटाउन सकिन्छ । दाङको अर्थतन्त्रमा परेको समस्यालाई समाधान गर्नुपर्छ । तब मात्र आर्थिक, मानवीय सामाजिक वातारण बन्छ । यहाँको अर्थतन्त्रमा डिप्रेसन पहिलेदेखि पर्दै आएको हो ।
ग्रहण लिन रहर गर्ने तर उत्पादन गरेर तिर्न नसक्ने भएर नै डिप्रेसनको अवस्था आएको हो । माओवादीको द्वन्द्वकालले थाल परेका नागरिक भए । २०७२ सालको भुकम्पले सताएके जनजीवन भयो । अधोषित नाकाबन्दीले ल्याएको सङ्कट, कोभिड–१९ ले पारेको प्रभव जस्ता अवस्थाले नागरिकको जीवन पनि दुःखपूर्ण भयो । यसको प्रभाव दङलीहरुले धेरै पीडाको बोध गरे । अर्थतन्त्रमा डिप्रेसनबाट रोक्ने प्रयासहरु वित्तीय संस्थाहरुबाट भएन । सबैले ऋण लगानी गर्न उत्तेजित भए । अन्तमा कमाउ धन्धा बढेया । जसको असर दश वर्षपछि अनुभव गर्न सकेका छन् ।
सरकारका नीति निर्माता जनप्रतिनिधिहरुले अझै अर्थतन्त्र ओरालो लागेको बुझ्न सकेका छैनन् । दङालीहरुको मुख्य व्यवसाय कृषि नै हो । यहाँको उत्पादनले खाद्य आपूर्ति गरेर निर्यात गर्थे । तोरीलाई मुख्य नगदे बाली सम्झन्थे । जनसंख्या थोरै भए पनि खेती गर्ने जमिनहरु धेरै थिए । अहिले जमिनको पटिङले गर्दा आर्थिक स्रोत देखिए पनि उत्पादनमा कमी भयो । आयातित खाद्य बढ्यो । अर्थको अभाव पूरा गर्नका लागि बैंक र वित्तीय संस्थाबाट ऋणमा समस्या सुल्झाउनेहरु बढेपछि अर्थतन्त्रमा डिप्रेसन भयो भने नागरिक पनि धेरै डिप्रेसनमा भएको अवस्था बढ्दै गएको छ ।