Goraksha

National Daily

मेरो खुशी : सुविधा सम्पन्न यातायात सञ्चालन हुँदाको खुसी …

उनी निरन्तर दुई दशकदेखि यातायात क्षेत्रको विकास र विस्तारका लागि तलिन छन् । सालीन, भद्र सहयोगी र सानैदेखि यातायात क्षेत्रमा लागेका युवा व्यवसायी पवनराज बुढाथोकी सधै खुसीका साथ आद्रनो कर्म गर्ने गरेको बताए छन् । साविकश्रीगाउँ २ बागरमा जन्मिएका पवन साच्चि कै नाम जस्तो पवन नै छन् । वि.स २०५२ सालमा गाउँकै स्कुलबाट एसएलसी पास गरी काठमाडौँमा आरआर क्याम्पस पढ्न गएको सम्झन्छन् । उनले जीवनमा आफू सधैँ खुसी निस्वार्थ मनले व्यवसाय, सामाज सेवा र राजनीतिमा लागेको बताउछन् ।

उनको सबैभन्दा पहिलो खुसी स्मार्ट सुविधा सम्पन्न यातायात सञ्चालनलाई नै लिन्छन् । वि.स २०६२ सालदेखि यातायात क्षेत्रमा प्रवेश गरेका पवनका साथीहरू अहिले विभिन्न देशमा र विभिन्न पदमा छन् तर उनी विगतदेखि नै यातायात क्षेत्रमा लागेर जनतालाई कसरी सुविधा सम्पन्न र स्मार्ट यातायात सेवा दिन सकिन्छ भन्नेमा लागेको बताउछन् । वि.स. २०६२ सालदेखि तुलसीपुर टेक्सी तथा माइक्रो मिनिवस व्यवसायी समितिको कार्यसमिति सदस्य हुँदै उपाध्यक्ष र यातायात व्यवसायीको नेतृत्व गर्दै हाल रूपान्तरित तुलसीपुर यातायात प्रालिको वि.स २०७२ देखि हालसम्म अध्यक्षको रूपमा रही जिल्लामा सुविधा सम्पन्न यातायात सञ्चालन गरी सयौँलाई रोजगार दिइरहेको भन्दै खुसी व्यक्त गर्छन् ।

दुई दर्शक पहिले सफारी गाडी किनेर घोराही–तुलसीपुरमा जनतालाई यातायात सेवा दिएका पवनले अहिले देशका ठुला सहर तथा दुरदराजमा सुविधा सम्पन्न यातायात सञ्चालन गर्न पाउँदा निकै खुसी भएको बताउछन् तर पवनले आफूले सोचे जस्तो र दिन खोजेको स्मार्ट यातायात सेवा दिन अलि नसकेकोमा भने मन खिन हुने गरेको सुनाए । ‘पहिले हाम्रो समितिले थोरै स्थान र थोरै सवारी साधनबाट सेवा दिएको थियो अहिले एसी डिलक्स र सुविधा सम्पन्न गाडीहरू भित्याएर समितिले देशैभरी आद्रनो पहिचान छुट्टै बनाएको छ म त्यसमा पनि निकै खुसी छु– पवनले भने ।’ उनले व्यवसायीहरूले आफूलाई निरन्तर विश्वास गरी वि.स २०७२ सालदेखि हालसम्म नेतृत्व दाइ भूमिका दिएकोमा पनि खुसी व्यक्त गरे ।

त्यस्तै पवनले आफू जहिले पनि सकारात्मक सोँचका साथ यातायात क्षेत्रलाई कसरी सुविधा सम्पन्न र सेवालाई प्रभावकारी गराउन सकिन्छ भनेर लागेको र त्यसमा व्यवसायीहरूले साथ सहयोग गरेकोमा पनि खुसी व्यक्त गरे ।
उनले अर्को खुसी भाडामा बसेको तुलसीपुर यातायात प्रालिको आद्रनो भवन निर्माण गरी आद्रनो सम्पत्ति सबैको साथ र सहयोगले जुटाउन पाउँदा पनि गर्भर खुसी महसुस गर्ने गरेको बताए । ‘हिजो हामी भाडाको घरमा बसेर यातायातको अफिस सञ्चालन गरेका थियौ तर मेरो कार्यकालमा घर निर्माण गरी घरको उद्घाटन गर्नको दिन पनि मलाई निकै खुसी लागेको थियो– अध्यक्ष पवनले भने ।’
‘म यूरोप अमेरिका पुगेर धेरै धन सम्पत्ति कमाउथे होला तर यहाँ हजारौँ साथीभाइ कमाएको छु सयौँलाई रोजगारी दिएको छु । म यसैमा खुसी छु उनले भने ।’ त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्यमा निर्वाचित भएका पवनले व्यवसायी साथिभाइको माया सहयोगले केन्द्रमा समेत नेतृत्व गर्न पाउँदा अर्को खुसी प्राप्त भएको सुनाए । सीमित जिल्लामा आफूहरूले पहिले सेवा दिएको र आफू नेतृत्वमा आएसँगै देशमा विभिन्न स्थानमा सुविधा सम्पन्न यातायात सञ्चालन गरी सेवाग्राहीहरूलाई सुविधा दिन पाएकोमा पनि खुसी व्यक्त गरे ।

त्यस्तै साना गाडीहरू मर्मतका लागि अटो ग्यारेज सञ्चालन गरेका पवनले आद्रनै देशमा स्वरोजगार सिर्जना गरी धेरैलाई स्वदेश मै रोजगारी दिन पाएकोमा पनि खुसी व्यक्त गरे । त्यस्तै विभिन्न समयमा विभिन्न व्यक्तिहरूलाई सहयोगमार्फत् सामाजिक सेवा गर्न पाएकोमा पनि उनले खुसी व्यक्त गरे । ‘दैनिक गरिब दुखी विभिन्न सहयोग माग्नु हुन्छ समाजमा हुने जुनसुकै कार्यमा पनि मैले सक्दो सहयोग गर्ने गरेको छु यो पनि मेरो सौभाग्य हो, उनले मुस्कुराउँदै भने ।’ त्यस्तै नेपाली काँग्रेसका युवा नेता समेत रहेका पवनले पार्टीका हरेक काम र पाटीको सङ्गठन निर्माणदेखि विभिन्न सहयोग गर्न पाउँदा पनि खुसी लाग्ने गरेको सुनाए । काँग्रेसको क्षेत्रीय प्रतिनिधि देखि काँग्रेस सम्वद्ध यातायात सङ्घसङ्गठनमा समेत आफूले नेतृत्व गर्न पाउँदा खुसी लाग्ने गरेको बताए ।

त्यस्तै उनले घरपरिवारमा पहिलो सन्तान छोरा र छोरी जन्मदा निकै खुसी भएको सुनाए । ‘मेरो घरमा छोरी जन्मदा पनि मलाई निकै खुसी लागेको थियो लक्ष्मीको आगमन हुँदा म त्यस दिन निकै खुसी भएको थिए– पवनले भने ।’ उनले आफूलाई सबै साथीभाइ र इष्टमित्र र घरपरिवारको सहयोगले आफू यहाँसम्म आएको भन्दै सबैको साथ सहयोग पाउँनु पनि आद्रनो लागि खुसीको कुरा भएको सुनाए । पवनले मानिसले जुन पेसा व्यवसाय गरेको छ त्यसैमा सत्कर्मले लागेर काम गरेमा मानिस खुसी हुने बताए । ‘खुसी खोज्न हामी कहीँ जानु पदैन् सुदधमनले सतकर्म गरे खुसी आफूभित्र पाउन सकिन्छ उनले भने ।’

प्रस्तुती : बालाराम खड्का