युवा पलायनको भयावह अवस्था

  •   
  •  

भुवन पोख्रेल
कम सिप भएका कामदार मात्र होइन, व्यापसायिक योग्यता भएका उच्च सिप भएका व्यक्ति पनि देश छाडिरहेका छन् । अवसर र आकर्षक आम्दानीसँगै सुरक्षित भविष्यको लालसाले विदेशमा राम्रो सम्भावना खोज्न प्रेरित गर्दै आएको छ । दक्षजनशक्ति डाक्टर, इन्जिनियर, सूचना प्रविधिका दक्षजनशक्ति, प्राध्यापकहरुको यो बे्रनड्रेनले नेपालको विकासका लागि थप चुनौती देखिन्छ ।

यसले स्रोत देशमा दक्षजनशक्ति कमी हुने र गन्तव्य देशले मात्र त्यसको फाइदा उठाउने भन्दै आलोचना हुने गरेको छ । आप्रबासीले स्रोत गन्तव्यमा कमाएको सिप, ज्ञान, पुँजी, स्रोत र प्रविधिले आफ्नो मूल देशलाई बलियो बनाउने विभिन्न अनुभवले देर्खाका छन् । डायस्पोराले कमाएको ज्ञान, सिप, पँुजी र प्रविधिलाई अधिकतम परिचालन गर्ने नीतिले नै अर्थतन्त्र बलियो बनेको चीन हाम्रा लागि उदाहरणको रुपमा लिन सकिन । अहिलेको आधुनिक युगमा ब्रेनड्रेनभन्दा पनि ब्रेनग्रेनका रुपमा यसलाई हेर्न सकिन्छ ।

नेपालमा बढ्दो बेरोजगारीले गर्दा श्रम गर्न सक्ने सक्रिय युवा निराश छन् । काम गर्ने क्ष्च्छा, क्षमता तथा योग्यता भएर पनि कुनै पनि आयमूलक पेसा, व्यवसायमा संलग्न हुन नपाउनु नै बेरोजगारी हो । सक्रिय जनशक्ति रोजगार बिहीन हुनु भनेको मुलुकको विकास तथा प्रगतिमा बाधक मात्र होइन, राष्ट्रिय अर्थतन्त्रका लागि टाउँको दुखाइको विषय हो । गरिबीको कारण र परिणाम बेरोजगारी हो ।

त्यसैले न्यून अय, न्यून बचत, बेरोजगारी र गरिबी बिचको दूसभक्र निरन्तर चलिरहन्छ । उच्च बेरोजगारी दर तथा सक्रिय जनशक्ति पलायनले मुलुकका विकासका लक्ष्यहरु प्राप्तिमा चुनौती समेत खडा गरिरहेका छन् । मुलुकमा चरम बेरोजगारीको अवस्था देखेर। भोगेर युवाहरुलाई आफू बेरोजगार बन्न नपरोस् भनी विदेशमा नै आफ्नो शिक्षा र रोजगारी सुनिश्चित हुने अभिलाषा बोकेर विद्यालय तहको शिक्षा कक्षा १द्द सकिने वित्तिकै बाहिरिन्छन् । मुलुकको विडम्बना नै ठान्नुपर्छ, देशको अर्थतन्त्र खस्कँदै जानु र यसको परिणाम युवाहरु बेरोजगार भइ भोग्नु ।

नेपालमा प्रत्येक वर्ष ५ लाखभन्दा धेरै युवा जनशक्ति श्रम बजारमा प्रवेश गर्छन् तर न्यून रोजगार वृद्धिदर र स्वदेशी बजारले श्रमशक्ति खपत गर्न नसक्दा दिनहुँ करिब २ हजार अर्थात् महिनामा करिब ६० हजार युवा वैदेशिक रोजगारीका लागि अध्ययन तथा रोजगारीलाईसँगै लैजाने उद्देश्यसहित पश्चिमा मुलुकमा जाने युवायुवतीहरु तथा किशोरकिकशोरीको लर्को पनि उल्लेखनीय छ ।

देशको रोजगार बजारले सक्रिय श्रमशक्ति तथा बौद्धिक पलायन र श्रम पलायन चरम अवस्थाका पुगेको छ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या अत्याधिक भएसँगै देशभरका ५ सय ३९ वटा क्याम्पस बन्द हुने अवस्था पुगेको समाचारहरु सार्वजनिक भइरहेका छन् । शिक्षा मन्त्रालयको अनुसार गत आर्थिक वर्षमा १ लाख १० हजारभन्दा धेरै विद्यार्थीले विदेश पढ्न जानका लागि ‘नो अब्जेक्सन’ प्रमाणपत्र लिएका थिए ।

आज विडम्बना के देखिन्छ भने नेपाली विद्यार्थी पढ्नका लागि भन्दै विश्वका विभिन्न १ सय ११ वटा मुलुकमा जाने गरेका छन् । यसबाट वार्षिक १ खर्वभन्दा धेरै रकम बाहिरिने गरेका तथ्याङ्क छ जुन अर्थतन्त्रका लागि पनि प्रत्युत्पादक बनिरहेको छ । विश्व बैंकका अनुसार नेपालको बेरोजगारी स्थिति दक्षिण एसिया मै सबैभन्दा उच्च छ ।

बौद्धिक जनशक्ति पलायनको यो डर लाग्दो चित्र त तत्काल रोकिँदैन । कक्षा १२ उर्तीण गरेका विद्यार्थी जसरी पनि पढ्ने निहँमा विदेश भासिन लालाथित देखिन्छ । देशभित्र आश लाग्दो भविष्य र गुणस्तरीय जीवनयापनका लागि पर्याप्त आयआर्जनसहितको रोजगारी पाइन्छ भन्ने आशा नभएर उनीहरु अब शिक्षिच बेरोजगार बन्नका लागि मुलुकमा बस्नु छैन भन्दै बाध्यता र विवशताका साथ कलिलै उमेरमा मुलुक छाड्दै छन् ।

युवाहरुको उडानलाई अहिलेको सूचना र प्रविधिको युगमा न त अभिभावकले कुनै भरोसा दिलाएर रोक्न सक्छन्, न त राज्यले कुनै नीति बनाएर आश्वस्त तुल्याउन सक्छ । यी किशोरकिशोरीको प्रमुख उद्देश्य अध्ययनसँगै रोजगारी हो । उनीहरु न तत्काल मुलुकमा फर्किने सम्भावना छ न त रेमिट्यान्स तुरुन्त पठाउन नै सक्छन् । किनभने उनीहरुले आर्जन गरेको पैसा विदेशमा आफ्नो शिक्षा, स्वास्थ्य, आवास जस्ता जिजिविशामा खर्चिनु पर्छ । जीवनयापन गर्न मै उनीहरुको श्रम र मेहनत ठिक्क हुन्छ अनि परिवारले, देशले उनीहरुबाट के आशा र अपेक्षा राख्न सक्छ ।

अहिले नेपालमा वैदेशिक आप्रवासन ठूलो बहसको विषय बनेको छ । आप्रवासनको दर बढ्दो छ र देश युवा बिहीन बन्दै छ । युवा अवसरको खोजीमा पलायन हुँदै छन् । श्रम बजारमा भित्रिनेभन्दा विदेशिने जनशक्तिको संख्या अत्यास लाग्दो गरी बढी हुनु निकै भयानक संकेत हो । यसले विस्तारै मुलुक युवा जनशक्ति बिहीन बन्दै अन्धकार भविष्य उन्मूख भइरहेको छ । बेरोजगारीले उर्वर युवाशक्ति विदेश पलायन हुँदा देशको अर्थतन्त्र र समग्र विकासमा दीर्घकालीन असर त पु¥याएको छ त्यसका अतिरिक्त अर्थतन्त्रलाई परनिर्भर बनाउँदै लगेको छ ।

देशको अर्थतन्त्र नै रेमिट्यान्सले धानेको छ । त्यसैले रेमिट्यान्स आउँदा सरकार खुसी हुन्छ त्यही रेमिट्यान्स पठाउने नेपाली कामदारको लाश आउँदा सरकारलाई किन पीडा हुँदैन ? किन सरकार अनुउत्तरदायी भइदिन्छ । अझ श्रमिकले विदेशी भूमिमा भोग्नु परेका पीडा दुःखतिर त सरकारले ध्यान पु¥याउने सकेको छैन ।

हामीले सामाजिक सञ्जालमा नेपाली महिला तथा पुरुष कामदार आफू समस्यामा परेको र उद्धारका लागि रोइकराइ गरेका हृदयविदारक दृश्यहरु देखिरहेका हुन्छौ । सरकारी किन यति धेरै कृतहन विदेशीएका श्रमिकप्रति भन्ने प्रश्न आउछ । सरकारले आफ्ना नागरिक प्रतिको दायित्वबोध गर्नमा पनि किन कन्जुस्याँई गर्दछ ?

नेपाली कामदारले वैदेशिक रोजगारीका क्रममा गन्तव्य मुलुहरुमा करार पत्रसँग सम्बन्धीत समस्या, व्यावसायजन्य सुरक्षासँग सम्बन्धीत समस्यालगायत, स्वास्थ्यसम्बन्धी समस्या, काराबास सजाय, बेपत्ता हुने वा हराउने आदि विषयमा अनेक समस्या भोग्ने गरेका छन् । प्रक्रियाको सुरुवात र प्रस्थान विन्दुदेखि नै समस्या भोग्ने नेपाली कामदारको संख्या ठूलो छ ।

काममा ठगिने, ज्यालामा ठगिने, करारपत्रमा ठगिने, रोजगारदाता मालिक वा कम्पनीद्वारा हिंसामा पर्ने विषय सामान्य जस्तै भएका छन् तर यस्तो समस्या समाधानका लागि सरकारको तत्परता देखिएको छैन । राज्य आफ्ना सबै नागरिकप्रति उत्तिकै जिम्मेवार छ भने हरेक दिन आउन् रातो बाकसलाई पनि उही नजरले हेर्नु पर्दछ । तिनका आफन्तका पीडित नागरिकको मौन चित्कारलाई सुन्न सक्नुपर्छ । देशको अर्थतन्त्रको खम्बा रेमिट्यान्स हो ।

यी रेमिट्यान्स पठाउने कामदारले सरकार भएको महसुस गर्न नसक्नुलाई विडम्बना ठान्नु पर्छ । श्रम गर्ने जनशक्ति विदेश पलायन हुँदा औद्योगिक उत्पादन पनि खस्केको छ । आयात बढेर व्यापार घाटा चुलिँदो छ । मुलुकमा एकातिर बेरोजगारीको चित्र भयावह छ भने अर्कोतिर महँगी थेग्न नसक्ने भएको छ । युवा विदेसिँदा परिवार समाज तथा देशकै भविष्यमा प्रश्न चिन्ह् खडा हुनु स्वभाविकै हो ।

युवाको श्रम, सिप, जोसर जाँगरको सही प्रयोग हुन सके देश विकासमा धेरै समय लाग्दैन तर राज्यले यसलाई समय मै बुझ्न र व्यवस्थापन गर्न नसके युवा जोस आक्रोस र अपराधमा परिणत हुन पनि बेर लाग्दैन । बढ्दो बेरोजगारी महँगीले गर्दा समाजमा द्वन्द्व, अपराध चोरी, डकैतीका घटनाहरु झनै बढाउने र समज स्थायीत्व र शान्ति प्रगतिमा चुनौती थपिँदै जान सक्छ ।

देश विकासका बाहक युवालाई लामो समयसम्म देश बाहिर पठाएर विप्रेषणमा रमाउने हाम्रो राज्यसत्ता वा राजनीतिक प्रणालीको यो भन्दा ठूलो असफलता अदुरदर्शिता र गैर जिम्मेवारी अरु के हुन सक्छ । जतिसुकै महान क्रान्ति र परिवर्तन भए पनि युवा पलायन रोक्न राज्यले पहल कदमी चाल्न दिन ठूलो संख्यामा विदेश जानु दुःखद हो ।

आफ्नै देशमा बसेर सेवा गर्ने मन हुँदा हुँदै पनि शिक्षा, स्वास्थ्य विद्युत, रोजगारी, यातायात, शान्ति सुरक्षा, नयाँ आविस्कार र स्वस्थ वातावरण र अन्य सम्भावनाको खोजीमा दुई किसिमका युवा जनशक्ति विदेश गएका देखिन्छन् । पहिलो किसिमको काम गर्ने अनुमति लिएर र दोस्रो खालका अध्ययन भिसामा नेपालमा कामको अवसर नपाएर पहिलो किसिमका कामदार विदेश पलायन हुन्छन् ।

यस्ता खालका श्रमिहरु मलेसिया र खाडी राष्ट्रमा बढी जाने गरेको पाइन्छ । उनीहरुले ठूलो संख्यामा नेपालमा रेमिट्यान्स पठाउने गरेका छन् । यसैगरी यी खालका श्रमिकहरुले वर्षेनी १२ सयदेखि १४ यिको संख्यामा ज्यान गुमाउनु परेको तितो यथार्थ हाम्रो समाजमा रहेको छ भने अङ्गभङ हुने संख्या त झन त्यो भन्दा ठूलो छ ।

दोस्रो प्रकरका अध्ययन भिषामा विदेश जाने विद्यार्थीहरु छन्, जो विशेषगरी अमेरिका अस्ट्रेलिया, जापान, क्यानडा आदि देशमा जाने गर्छन् । यिनीहरु देशमा प्राप्त शिक्षाभन्दा उच्चस्तरको गुणस्तरीय शिक्षा लिनका लागि बाहिर जान्छन् । यो भिषालाई समाज इज्जत र गर्वको विषयको रुपमा हेरिन्छ । त्यहाँको जीवन पनिकति कष्टकर छ भन्ने भोगेका लागि अनुभव छ । विदेशीहरुले नेपालका सन्ततीको श्रम, सिप, क्षमता, उर्जा, समय र ज्ञान प्रयोग गरेर सम्पन्न हुन्छन् ।

हामी नेपालीको अवस्था जहाँको त्यहीँ हुन्छ । हाम्रा युवाहरुले मुलुकभित्र सम्भावनाको ढोका बन्द भएको देख्दछन् भने अर्कोतिर मुलुकमा बेरोजगारी, भ्रष्टाचार, कुशासन, शान्ति सुरक्षा र कानुनी राज्यको देख्छन् । मुलुकमा अवसर नदेख्दा विदेशमा सुखी जीवन, प्रशस्त रोजगारी, गुणस्तरीय स्वास्थ्य र शिक्षा जस्ता सुविधा देख्दछन् । आफ्ना सन्तानलााई लाखौँ रकम खर्च गरेर विदेश पठाउन प्रोत्साहन गर्न सक्दैनन् ।

किनभने यहाँ लगानी गर्दा लगानी खेर जान्छ की भन्ने डर अन्तरआत्मामा स्वार्थ अनुकूल प्रयोग गर्दा अनुत्पादक रुपमा राजनीतिमा लागेर जब उमेर ढल्कन्छ युवाहरु बाध्य भएर विदेशिन्छन् । क्षमतावान युवाको जहाँ क्षमताको कदर हुन्छ त्यहीँ जाने हो । विदेशीले क्षमता चिन्छ र क्षमताको भरपुर फाइदा उठाउँछ तर नेपालमा क्षमतावानभन्दा चाकरी चाप्लुसीको वाहवाही गर्ने चलन छ ।

मुलुकमा भएका स्रोतसाधनको समुचित उपयोग गर्न सक्ने हो भने समृद्धिको ढोका आफै खुल्दछ । कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ योजना बनाएर जनशक्ति उत्पादन गर्ने हो भने अहिलेको बेरोजगारी पीडा भावी युवा पुस्ताले भोग्नु पर्दैन । रोजगारीका अवसर सिर्जना गर्न सक्ने राजनीति तयार भएमा युवा स्वदेश मै बस्ने वातावरण तयार हुन्थ्यो । अहिलेको शिक्षा प्रणाली पनि युवाहरुलाई आर्कषण गर्ने खालको छैन । शिक्षाको निहँुमा विदेशिएका उतै ग्रिनकार्ढ, पिआर पाएर विदेशि नागरिक बन्ने क्रम बढ्दो छ ।

मुलुकमा श्रमको सम्मान, लगानी गर्ने वातावरण जस्ता रोजगारीको ग्यारेन्टी, बेरोजगारलाई बाँच्न पुग्ने भत्ता जस्ता फराकिलो नीति बनाउने हो भने जोश, जागरले युक्त उर्वर उमेरका युवा पलायनको सिर्जनशीलता र यर्जा राष्ट्र निर्माणमा लगान सके मात्र परिवर्तन र विकास सम्भव छ । विदेश जाने भिसा लागेपछि जीवनको स्वर्णिम ढोका खुलेका ठानेर खुसीले बुरुक्क उफ्रिने युवालाई स्वदेश मै सम्भावना देर्खार रोक्न नसकुन्जेल हााम्रो देशका अनमोल प्रतिभा पलायन रोकिने छैन ।

जबसम्म नीति निर्माताले बेरोजगार हाम्रो देशको ठूलो सामाजिक समस्या हो । युवाहरु स्वदेशमा रोजगारीका अवसरहरुको अभावले विदेश पलायन हुन बाध्य भएका छन् । गरिबी, अभाव, बेरोजगार लगायतका समस्याले मुलुक ग्रस्त छ । विधिको शासन हराएको छ । भ्रष्टाचार, अत्याचार, नतावाद, कृपावादले जरा गाडेको छ ।

विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनका लागि मुख्य भूमिका खेलेको युवावर्ग राजनीतिक अकर्मव्यताका कारणले रोजगारीका लागि विदेश जान बाध्य भएका छन् । यसमा राज्य मुकदर्शक बनेर बसेको छ । राज्यले युवाको जोश, जागर र तागतलाई देश विकासमा लगाउन नसक्दा विकास, समृद्धि र आधुनिकीकरणको गति सुस्त छ ।

युवावर्गले विदेशी भूमिमा बगाएको रगत र पसिनाले आर्जन गरेर पठाएको विप्रेषणले मुलुक चलेको छ भने युवा जमातलाई रोजगारी दिई समृद्धिको बाटोमा मुलुकलाई हिडाउन सरकार चुकेको छ । मुलुकमा राजनीतिक परिवर्तन त तीव्र गतिमा भयो तर जनताको जीवनस्तरमा परिवर्तन देखिएन ।
अब बेरोजगार युवा मात्र होइन, पढाइ रहेका शिक्षक, कर्मचारी, खेलाडि, सिपाही आफ्नो काम छोडेर विदेशिरहेको भयावश चित्र हाम्रा अगाडि छ ।

नेपालको झण्डा फहराउने खेलाडि, देशका लागि ज्यान दिने सिपाही जस्ता श्रम जिवीविषा गरेको तस्वीर बाहिरियो । अब सोच्न ढिला भइसक्यो किन देश छोड्न चाहन्छन् त आखिर युवा ? विदेशिनु रहर हो कि बाध्यता, देश बनाउने राजनीतिक दलका नेताले होकी युवाले गम्भीर भएर राज्य सञ्चालकले सोच्नुपर्दछ र आराम र सुख सुविधाको लागि जन्म भूमिको माटो बिर्सनु हुँदैन भन्ने सोँच युवाहरुमा आउनु पर्छ ।

नेपालमै केही गर्छु भनेर सङ्घर्ष गर्दा गर्दै लगानी डुबेर रोडमा पुगेका उद्योगी र व्यवसायीको दर्दनाहक कथा व्यथा कसले बुझिदिने हो । खै राज्यपक्षले पीडामा मलम दल्न सकेको । लगानी डुबेर आखिर जिजिविषा कै लागि विदेश पलायन हुने नियति युवाले भोगिरहेछन् ।