calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

कथा : आशाको दियो बलिरहेको छ

नारायणप्रसाद श्रेष्ठ
निकै उतारचढाव सहेर पनि हामीलाई हुर्काउने मेरी आमा तिमीलाई सपनामा पनि नभेटेको धेरै भयो । कति रात सपनामा आउँछ्यौ कि भनी बिहान घामलाई हेर्दै निदाउने चेष्टा गरे पनि देखिन सकेनाँै, आमा । मैले तिमी र तिमीले मलाई हुर्काइ, बढाई गरेको त्यो समय, अवस्था र परिवेश कहाँ छ ? मैले खोजेको धेरै वर्ष भयो आमा ।

तिमीलाई र तिम्रो त्यो कोमल मन र पवित्र आँसुधारा जसले सहेकोमा शीतल बनाउँदै खाना, नाना, छाना र स्वच्छ वातावरण दियौ । त्यो पल कहाँ छ ? खोजी–खोजी थाकेर लखतरान परेका या भौतिक शरीर कमजोर छन् । सक्यो आमा ! खोज्दा, दौड्दा, यताउता चाहार्दा पनि भौतिक शरीर शिथिल हुन थालिसक्यो तर तिमी आएनौ । कहिलेकाहीँ त त्यो परिवेश आउँछ कि भनी सपनामा त झन आमा । न त तिमी सपनामा आउँछ्यौ, न त मेरो कमजोरी देखाउँछ्यौँ, न त तिम्रो काखमा लडिबडी गरेको सम्झना गरिछ्यौ ? मेरो खुसी मेरा आमा ।

कति रात तिमीले मेरो खुसीमा रमाउने वाचा गरेकी थियौ । भर्खर बामे सर्न थालेदेखि तातेताते हुँदासम्म तिमीले सिकाएको त्यो वातावरण, त्यो शाहस धीरता, खै ! अहिलेसम्म खोज्दै छु आमा ! अर्को साल जब तिमी ठुलो हुन्छौ तिमी तिम्रो स्कुलको परीक्षादेखि जीवनको अप्ठेरो, सप्ठेरो परीक्षाका जब तिमी सफल हुन्छौ । त्यसबेला रमाउँला भनेकी थियौ, त्यो क्षणमा खुसी र उमङ्ग साट्दै मिठाइ खाउँला, छिमेकीलाई बाँडौँला, हुर्कँदै गरेको तिम्रा भावनामा नयाँ सोँचको विकास गरौँला, प्रशन्नताको छहारीमा शीतलता अनुभूति गर्ने त्यो परिस्थितिमा रमाउँला भनेकी थियौ ।

दिन, रात नभनी तिमी मेरो स्वास्थ्य, शिक्षा र वातावरणमा कति चिन्ता लिन्थ्यौ । कुनै दिन अल्छी गरी खबेरसम्म सुतियो भने नजिक आएर पूर्वको रोशनी देखाउँदै हेर त बाबु ! प्रकृति पनि मुस्कुराउँदै तिमीलाई सोध्दैछिन् । तिमीलाई सन्चो छैन कि क्या हो ? भनी निधार छाम्दै हात–खुट्टा सल्बलाउने गराई दिन्थ्यौ । अल्छी गर्नु हुँदैन भनी भन्ने गर्दथ्यौ । मलाई जगाउने कोसिस गर्दथ्यौ । राती दश बजेपछि अब आराम गर भनी भन्ने गर्दथ्यौ । बिहान सबेरै मेरो कपडा लत्ता, किताब, कापी, कलम ठिक्क पारिदिन्थ्यौ ।

मेरो लागि दिउँसोको खाजा भनी झोलामा राखी मलाई झक्झक्याउनेदेखि सचेत गराइरहन्थ्यौ । पानीको बोतल छुट्यो कि भनी घरि–घरि सम्झाउँथ्यौ । आफू न पढे पनि हाम्रो कर्ममा प्रत्येक पाना पल्टाउँदै कति ग¥यौ भनी घरिघरि सम्झाउँथ्यौ । समय अनुकूल गतिशील छन्, सम्झाउथ्यौँ, बुझाउँथ्यौ । यति मात्र होइन, आफू आफ्नो वातावरण सबैतिर स्वच्छ र सुन्दरता छाओस् भनी भन्ने गर्दथ्यौ, आमा ! खै ती त सपनाझैँ लाग्न थाल्यो ।

आफू नपढे पनि छोराछोरी पढून्, रमाउन् भनी सधैँ चिन्तित हुन्थ्यौ । हाम्रा लागि खाना नास्ता रोजाइँ अनुसार जुटाउँथ्यौ । बिहान–बेलुकाको छाक टार्न र मेरा लागि चाहिने सरसामानको लागि तिमीले धेरै पसिना बगायौ । कति रात नसुती अँध्यारो, उज्यालो गल्ली चाहार्दै मेरो सेवामा लागिरह्यौ । प्रचण्ड गर्मीदेखि श्रावणको झरी हुँदै आउने चार्डपर्वमा हाम्रा लागि नानाचाचा खोज्न बनाउन तिमीले कति पसिना बगायौ ? दिनको धुप होइन, वर्षाको झरी होइन, सबै सहेर तिमीले हाम्रो सेवामा आफूलाई सतिसालझैँ ठड्यौ ।

मिहिनेत र पसिनाको कमाइले हाम्रो रहर पु¥याउन तिमीले के गरेनौ । हामी सानो हुँदा बाबाले हामीलाई छोडेर जानुभयो । उहाँ अहिले कहाँ कुन अवस्थामा हुनुहुन्छ ? त्यो त थाहा छैन, लाग्छ उहाँले हामीलाई हेरिरहनुभएको छ । हाम्रो हरेक पाइलामा रहने काँडा हटाइदिनु भएको छ । अहिले पनि सम्झना छ आमा ! तिमीले लखतरान परेका बाबुको सामुन्य रुँदै तिमीले भनेकी थियौ – मेरो हजुर ! हाम्रा पनि दिन आउँछन्, आज नभए भोलि अवश्य सन्चो लाग्छ, तपाईँलाई । हामी फेरि मिहिनेत र पसिना बगाउँला, हाम्रो घरसंसारलाई स्वर्ग बनाउँला ।

फेरि तिमीले भनेकी थियौ– मेरो हजुर ! म हाम्रो नासोलाई कहिल्यै कष्ट दिने छैन भनी मलाई काखमा राखी सारीले आँसु पुछ्दै भनेकी थियौ । यति मात्र हैन आमा–बा बिरामी छन्, पूर्ण दिनभर काम गरेर थाकेका बालाई पानी र मकै दिँदै आफूले एक मुठी मकै र पानी घटघट पिएको त्यो दृश्य आज पनि झल्झली आउँछ मेरी आमा । लोग्ने स्वास्नीको मिहिनेत र पसिनाले आजैको खरले बनाएको ऐलानी जग्गाको त्यो फुसको छानोको घर अहिले पनि मेरा आमाबाको चिनो भएर धुरीखाँमो अडेको अड्यै छ, आमा ।

खोला छेउको त्यो फुसको छाना र स्याउला सोत्तरले बारेको त्यो भित्तोलाई न त वर्षाको उर्लँदो भेलले बगाएको छ, न त बाढीपहिराले नै । घर मुनितिर खनी खोसडी बनाएको त्यो सानो गहरा खेत माइलाघरे काइँलोले अहिले पनि भोग गर्दैछ आमा । कहिलेकाहीँ भेट हुँदा उसले सधैँ बाआमालाई सम्झिरहन्छु भन्छ । कहाँ कसरी मेरा बाआमाको भेट भयो– त्यो त म चाल पाउँदिन । किनकि त्यो अतीतको कथा न त बाले भन्नुभयो न त आमाले नै भन्नुभयो । तर म भर्खर बामे सर्दाको त्यो क्षण भने अहिले पनि ताजै छ । पिठ्युमा बोझिलो भारी बोकी मलाई काखमा झुण्डाएको त्यो क्षण म कहिलै बिर्सँदैन आमा ।

पसिनाले निथ्रुक्क भिजेको शरीर ओभाउन नपाउँदै झोलिलो दूधको पुन्टा मेरो मुखमा चुसाउँदै तिमीले थकाइ मार्दाको आनन्द महसुस गरेको त्यो क्षण तथा बाबाले दिनभरि काम गरी थाकेको शरीर र निथु्रक्क भिजेको पसिना नओभाउँदै च्यातिएको कमिजको गोजीबाट गोली मिठाइ दिन्थ्यौ, त्यो क्षण मेरो जीवनको कहिलै नबिर्सने क्षण भए । अहिले पनि ताजै छ आमा । भक्कानो छुटी आउँछ आमा ! त्यो सम्झना पनि । कहिले खेतको आली कहिले कुलाको डिल, कहिले रुखको हाँगा छप्क्याउँदै घाँसको भारी बोकी बजार बेच्न लगेको त्यो दिन र बाबालाई मकाको रोटी र नूनको ढिको पु¥याउन रुमालमा पोको पारी लैजाँदै गरेको त्यो क्षण अहिले पनि सम्झन्छु आमा ।

अरुको ढिँकीजाँतो तथा खेतबारीमा पसिना बगाउँदै कमाएको पैसाले वर्षमा एकपटक रमाउने हाम्रो परिवारलाई कहिले कमाइ आउला भन्ने बाबालाई राती सुत्ने बेला भनेको त्यो वाक्य, यो साल नभए अर्कोपालि त घरमै खसी ल्याउँला रमाउला भनेको त्यो आशाको झिल्को, आमा अहिले पनि सम्झना आइरहन्छ । कलकल बग्ने ठारो (खहरे) खोलाको त्यो छरछरे झरनाको पानी ग्रागीभरी बोकेको अहिले पनि याद आउँछ ।

एकदिन बाबाले बजारबाट तिमीलाई गुन्यो–चोलो र मलाई हाप पाइन्ट र चप्पल ल्याइदिएको क्षण तथा पिरङ्गो भरी माछा ल्याएको क्षण सबैले आज त मिठो गरी माछाको तरकारी मात्र मकैको भात खाने भनी तिमीलाई सुम्पेको त्यो वाक्य त्योबेला अहिले पनि सम्झन्छु आमा । त्यो दिन हामीलाई दसैँ आएको थियो । बाले दिएको लुगालत्ता ओल्टाइपल्टाई हेर्दै हामीसँग त च्यातिएको भोटो भिर्दै थियौ बरु तिमीले केही लाएनौँ, हो त च्यातिएको कमिज कति लगाउँछौ भनी भनेको वाक्य केही रकम जम्मा भएसी लाउँछु ।

शिक्षा हासिल गराउँला खर्चौँला भनेर भनेको त्यो शब्द निन्याउरो मुख लाएका बाको मुख हेर्दै पछ्यौरीले आँसु पुछेको त्यो क्षण मेरो आमा अहिले पनि ताजै छ । एकदिन बाआमाको पिछा गर्दै हिड्दा कुलाको डिलमा निदाए छु । तल कुलाभरी पानी चलिरहेको थियो, यो कुरा न त बालाई थाहा थियो न त तिमीले नै थाहा पाएकी थियौ । कति खोजेकी थियौ रे मेरो शरीरलाई पछि बाको पछाडि कुलोतिर त गएन भनी खोज्दै जाँदा कुलाको डिलमा सुतेको पाइ– मेरो बाबा भनी खुसीको आँसु बगाउँदै मलाई सुमसुम्याउँदै गरेको त्यो समय पनि मेरी आमा मलाई ताजै छ । भर्खर बामे सर्दाको अवस्थामा नानीले बिराम गर्छ कि भनेर थुम्कोमा राखी यहीँ बस है बा ! भनी भनेको शब्द रुँदै त्यही थुम्कोमा निदाएको त्यो क्षण अहिले पनि सम्झना छ, आमा !

एकदिन राती सुत्दै गर्दा बाबाले सम्झाउँदै तिमीलाई भनेको शब्द– हेर यो नासो हाम्रो लागि सुगन्ध बनेर आएको छ । कसको भाग्यमा के लेखेको हुन्छ कसलाई थाहा ? यो साच्चिकै नम्बर पनि बन्न सक्छ । आज नभए भोलि कसो नहोला । आज हामी जे छौँ त्यो हाम्रो किस्मतको कर्मको फल त होला ? होइन र ? तिमी कहाँ म कहाँ हाम्रो भेट त्यो लाछी डाँडामा लागेको मेलाले जुराएको त हो ? नत्र तिम्रो र मेरो कसरी भेट हुने थियो र यो पनि संयोग नै भन्नुपर्छ । लाछीको बारी मुनिको पानीको धारोले प्यास मरोउदाको त्यो हाम्रो भेट आज यो अवस्थामा छ । हिजो एक्लै हुँदाको हाम्रो अवस्था अहिले दुई छौँ, एउटा नासो बच्चा पनि छ । अहिले हाम्रो शक्ति छ, कमाउन सक्ने ताकत छ, त्यसैले दुविधा नगर । हाम्रो पनि दिन पर्कने छन् ।