Goraksha

National Daily

प्रविधि र सूचना समाज

भुवन पोख्रेल
सामाजिक सञ्जाल अभिव्यक्तिको सशक्त माध्यम हो । सामाजिक सञ्जाल कै कारण विश्व समुदाय नजिकै हुँदै गइरहेको छ । विश्व नै गाउँका रुपमा परिणत भएको छ । यही मिडिया कै कारण सूचना, मनोरञ्जन, ज्ञानगुनका कुरा, आफन्तसँग फेस टु फेस कुराकानी, भिडियो, फोटा एकअर्कालाई सहजै आदानप्रदान सम्भव भएको छ ।

अहिले त अन्याय, अत्याचार, दमन, शोषण र उत्पीडनका विरुद्ध आवाज उठाउने सशक्त साधन सामाजिक सञ्जाल बन्न पुगेको छ । सामाजिक सञ्जाल कै माध्यमबाट कसैको विरोध र समर्थनको जनमत सङ्ग्रह समेत गर्न सकिन्छ । सामाजिक मुद्दालाई आम मानिस सामुन्ने पु¥याउन सकिन्छ । मिडियाले आन्दोलनलाई चर्काउने र मत्थर पार्ने के गर्ने भूमिका खेल्न सक्दछ । सोसल मिडिया फेसबुक, युट्युब, स्टाग्राम, टिकटक, भाइबर, इमो, स्न्यापचार्ट आदि मिडियाले व्यक्तिको प्रतिभा उजागर उनिहरुलाई राष्ट्रिय रुपमा परिचित तुल्याएको छ ।

सामाजिक सञ्जाल ज्ञानको अथाह भण्डार हो । युट्युबमा आफ्नो च्यानल बनाइ मानिसले नाम र रोजगारको नयाँ अवसर सिर्जना गरेको छ । सामाजिक सञ्जालको सकारात्मक प्रायेगले व्यक्ति, संस्था, समूह, समाज र राष्ट्रलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा सचेत र समृद्ध तुल्याउँछ । विज्ञान प्रविधिले ल्याएका नयाँ–नयाँ आविष्कारका जति सकारात्मक छन्, त्यति नै मात्रामा नकारात्मक पक्षहरु पनि देखिएका छन् । सोसल मिडियाका जति फाइदा छन्, त्यति नै मात्रामा यसका बेफाइदा पनि देखिएका छन् । यसबाट सामाजिक सञ्जाल पनि अछुतो छैन ।

सामाजिक सञ्जालले टाढाका मानिसलाई नजिक र नजिकका मासिलाई टाढा पु¥याएको छ । सम्बन्धहरु टाढिँदै गएका छन् । फेसबुक, टिकटक आदि जस्ता सामाजिक सञ्जालका साथीहरु सुख दुःखमा काम लाग्दैनन् । सामाजिक सञ्जालले नचाहिँदो अफवाह मौलाउन सक्छ । साइवर अपराध सामाजिक सञ्जालको दुरुपयोगबाट घट्न सक्ने ठूलो समस्या हो । अहिले सामाजिक सञ्जाल बालक, युवा, वृद्ध सबैका लागि लतका रुपमा विकसित भइरहेको छ । यसको लतका काण विद्यार्थीको पढाइ लेखाइ चौपट हुन्छ ।

युवाहरुको उत्पादनशील र सिर्जनात्मक समय ध्वस्त हुन्छ । वृद्धहरुको पनि सामाजिक सञ्जालमा चिप्किरहने कारणले जीवनशैली स्वस्थ हुँदैन । हिडडुल नगर्ने एकै ठाउँमा कोच्एिर बस्दा, मधुमेह, रक्तचाप जस्ता रोग र चिन्ताले ग्रस्त बन्न पुग्दछन् । पारिवारिक सम्बन्धमा दरार आउन सक्छ । नजिकै भएका, घर भित्रसँगै बसेका आफन्तसँग टाढिन सक्छ सम्बन्ध, गृहस्थीहरुले पनि सामाजिक सञ्जालको आकर्षणका कारण घरायसी काममा मन नलाग्ने, झर्किने, घरमा अनावश्यक माग तेरछ्याउने, द्वन्द्व बढ्ने र झैझगडा बढ्ने हुन्छ ।

वास्तवमा यो लतलाई एउटा दुव्र्यसनको रुप लिन पनि सकिन्छ । सोसल मिडिया भए अरु कोही पनि नचाहिने प्रवृत्तिले घरका परिवारसँगको सम्बन्ध बिग्रन पनि सक्छ । पति र पत्नि बिचको सम्बन्धमा पनि खलल पु¥याउँछ । जतिबेलामा पनि सामाजिक सञ्जालमा घोप्टिरहने बानीले एकअर्कालाई समय दिन र ध्यान पु¥याउन सकिँदैन । सोसल मिडियाको असीमित र अनियन्त्रित प्रयोगले यसलाई अम्मली बनाइदिन्छ । यस्तो अम्मलले शारीरिक, मानसिक, सामाजिक समस्या पैदा गरिदिन्छ । सामाजिक सञ्जालको लत बसेको व्यक्तिलाई यसको प्रयोगमा नियन्त्रण भयो भने बेचैन, आक्रोशित र उदासिन हुन्छ, निद्राको समस्या हुन्छ ।

प्रविधिसँग परिचित हुनु, प्रविधि सिक्नलाई घण्टौ लागि पर्नु लत होइन । आवश्यकताले सामाजिक सञ्जालको प्रयोग गर्नु लत क्षेत्रमा युगान्तकारी परिवर्तन भएको छ । यससँगै सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसको संख्या दिन प्रतिदिन रफ्तारमा बढ्दै छ । यो निकै सकारात्मक कुरा हो । जति धेरै मानिसमा सूचना र सञ्चारको पहुँच बढ्छ, उति नै शिक्षा, स्वास्थ्य, वातावरण, आदि क्षेत्रमा सामाजिक चेतनाको स्तर बढ्दछ । यससँगै मानिसले समाजमा विकास र सुशासनका लागि खबरदारी पनि गर्न सक्छ ।

सामाजिक सञ्जालको व्यापकता बढेको अनुपातमा यसको दुरुपयोग रोक्न सामाजिक चेतना भने बढेको छैन । हेर्दा र प्रयोग गर्दा सामाजिक सञ्जाल सरल छ । केही सामग्री तयार पा¥यो, लेख्यो र पोष्ट ग¥यो । तुरुन्त सार्वजनिक भइ सबैको सामु पुग्दछ र क्रिया प्रतिक्रिया हेर्न सुन्न पनि तुरुन्त पाइन्छ । अब त सामाजिक सञ्जाल प्रयोग नगनेृ मानिसलाई एकलकटि ठान्न थालिएको छ । व्यक्तिहरुमा सञ्चारको अभूतपूर्व तागत दिएको सामाजिक सञ्जाललाई मिथ्या सूचना, दुरुपयोग र समाजको धु्रवीकृत मानसिकताले कस्दै लगिरँहदा प्रयोगकर्ता शिक्षित सचेत र सुझबुझ भएको हुनुपर्ने आवश्यकता खट्किएको छ ।

सामाजिक सञ्जालमा चलेका हल्ला र अफवाहले सर्वसाधारणलाई मात्र नभई मूलधारका मिडियालाई दिग्रभ्रमित तुल्याउन सक्छ । कुनै घटनामा प्रहरी अनुसन्धानलाई समेत असर पु¥याई अघन्य खपराधका दोषि समेत अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । सामाजिक सञ्जालमा फैलिएका घटना कै कारण व्यक्तिका ज्यानै जानेसम्मका घटना भएका छन् । सामाजिक सद्भाव खलबलिएका छन् । जनजीवन आतेकित भएको छन् । सामाजिक सञ्जालमार्फत् अविश्वास, घृणा फैलाउने, गलत र मिथ्या सूचनाको बाढी आउन सक्छ ।

सामाजिक सञ्जालमा समय धेरै खेर गएको हुन्छ, के गर्ने, के नगर्ने, के लेख्ने, के सेयर गर्ने नगर्ने, कस्तो सामग्री राख्ने, कस्तो नराख्ने भन्ने बारेमा धेरैलाई ज्ञान अलिकम छ त कतिलाई ज्ञानै छैन । पाए जति भेट्टाए जति हेर्ने, सेयर गर्ने गर्खा यसको दुरुपयोग भइसकेको हुन सक्छ । सूचना सप्रेषण गर्नका लागि बनेको सञ्जाल कतिपयका लागि चक्रब्यूहमा फसेको मोहजाल सावित भएको छ । त्यसर्थ हामी यसको मायाजालमा फस्नु हुँदैन । हाल विश्वमा दुई किसिमको सभ्यता सुरुवात भएको छ । पहलिो भर्चूअल र दोस्रो भौतिक ।

मिडिया तथा सामाजिक सञ्जाल आदिका कारणले पनि संसारका विभिन्न ठाउँका मानिस आपसमा जोडिएका छन् । चौविसै घण्टा प्रत्यक्ष प्रसारण गरिरहने रेडियो तथा टेलिभिजन, क्षण–क्षणमा अद्यावधिक भइरहेका नयाँ डिजिटल मिडिया, करौडौा मानिसले शब्द, फोटो वा अन्य सामग्रीहरु प्रस्तुत गरिरहने सामाजिक सञ्जाल आदिले सूचनाको अभूत पूर्व आदानप्रदान सम्भव भएको छ । व्यावसायिक मिडिया मध्ये कोही स्थानीय स्तरमा केन्द्रित छन् । कुनै राष्ट्रिय तथा क्षेत्रीय स्तरमा केन्द्रित छन्, भने कुनैको प्रभाव अन्तर्राष्ट्रिय स्तर कै विस्तारित भएको देखिन्छ ।

समाचार, विचार र मनोरञ्जनका सामग्रीको वैश्विक प्रभावले मानिसलाई आपसमा भावना वा सरोकारको तहमा जोडिरहेको छ । मिडियाको भूमिका सूचना, शिक्षा, सामाजिकीकरण, मनोरञ्जन जस्ता क्षेत्रहरुमा परेको हुन्छ । मिडियालाई जनचेतना फैलाउन प्रयोग गर्न सकिन्छ । मिडियाबाट तथ्यपूर्ण सूचनाको प्रवाहले सर्वसाधरणलाई सुसूचित गर्न मद्दत मिल्छ । सामाजिक तथा राजनीतिक परिवर्तनका लागि जनमानसलाई प्रेरित गर्न पनि मिडियाको प्रयोग हुँदै आएको छ ।

समाजमा विद्यमान विविधतालाई प्रस्तुत गरी सामाजिक संवाद, सद्भाव र सामाञ्जस्य बढाउन पनि मिडियाले योगदान गर्न सक्छन् । समाजमा समतामुलक दृष्टिकोणको प्रबद्र्धनका लागि पनि मिडियाको उपयोग गर्न सकिन्छ । समुदायमा सकारात्मक परिवर्तनका लागि मिडियाको सदुपयोग गरी सामाजिक रुपान्तरणका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्न सकिन्छ । मिडियाको सही उपयोग गर्न सके समाजका हरेक क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्दछ भने यसलाई दुरुपयोग गर्ने हो भने समाजमा नकारात्मक प्रभाव पर्दछ ।

प्रविधिको प्रत्यक्ष प्रभाव दैनिक जीवन र समष्टि समाजमा पनि पर्छ । वर्तमान युगमा प्रविधिको प्रयोग अपरिहार्य छ । व्यक्तिको दैनिक जीवनचर्यामा नयाँ–नयाँ प्रविधिको प्रयोग बढ्दो छ । प्रविधिका क्षेत्रमा भइरहेका विकास तथा नयाँ–नयाँ अविष्कार र नव प्रवर्तनले मानव समाजमा व्यापक प्रभाव पारेको छ । सञ्चार, शिक्षा, मनोरञ्जन, व्यापार, राजनीतिदेखि संस्कृतिसम्म प्रविधिको प्रभाव बढ्दो छ । दैनिक जीवनका कुनै पनि क्षेत्र प्रविधिको प्रभाव बढ्दो छ । दैनिक जीवनका कुनै पनि क्षेत्र प्रविधिमा आएको परिवर्तनबाट अलग छैनन् भन्दा अत्युक्ति हुँदैन ।

प्रविधिका कारणले भविष्यमा रोजगारी गुमाउने र बेरोजगार बन्ने मानिसको संख्या बढ्न सक्ने चिन्ता पनि गरिएको पाइन्छ । नयाँ प्रविधिको प्रयोगसँगै परिवार, कुल, कुटुम्ब र समाजसँगका सम्बन्धहरु पनि नयाँ किसिमबाट संरचित हुँदै छन् । प्रविधिले धेरै क्षेत्रमा सहजता ल्याएको छ भने मानिस मानिसका बिचमा हुने प्रत्यक्ष संवाद एवम् अन्र्तक्रिया घटाएको छ । प्रविधिका कारणले मानिसको निजतामा खलल पुग्ने चिन्ता पनि गरिएको छ । प्रविधिले संसारका जहाँ कहीका मानिसहरु आपसमा सञ्चार गर्न र सञ्जालमा आवद्ध हुन सकिने अवस्था छ । एकातिर वास्तविक समाज छ भने अर्कोतिर मर्चुखल सञ्जाल पनि छ । प्रविधिका कारणले समुदायमा आएका परिर्वतन र सामाजिक रुपान्तरणका अनेक आयाम छन् ।

शिक्षा र सूचनाले मानिसको सोँच जीवनशैली र रोजगारीका स्वरुपमा परिवर्तन ल्याएको देखिन्छ । शिक्षासँगै आउने सकारात्मक परिवर्तनले समाजमा छुवाछुत, विभेद तथा उत्पीडन क्रमशः हट्दै गइरहेको छ भन्ने कतिपय अध्येताहरुको पर्यबेक्षण रहेको छ । अर्कोतिर प्रविधिको दुरुपयोग गरेर घृणापरक अभिव्यक्ति, अश्लील सामग्री, जाति वा प्रजातिका आधारमा आक्रामक विचार, आतङ्कवादी सोँचलाई दुरुत्साहन दिने प्रवृत्ति बढेकोमा चिन्ता मानिएको पनि देखिन्छ । बहुसांस्कृतिक समझदारी वर्तमान विश्वको आवश्यकता रहेकामा धेरैको मतैव्य देखिन्छ । जुन कुराको प्रबद्र्धनका लागि शिक्षा र सूचनामा पहँुचको वृद्धिले सकारात्मक योगदान गर्न सक्छ ।

प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले समाजमा सकारात्मक र नकारात्मक दुवै किसिमका प्रभाव पारेको छ । प्रविधि अनुकुल वातावरणमा समायोजन हुन सक्षम बनाएको छ । विभिन्न उपकरणहरुको विकासले गर्दा जीवनयापन सहज बनेको छ । शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक र प्रभावकारी बनाएको छ । सामाजिक सञ्जालको बढ्दो प्रभावले नकारात्मक पक्षलाई पनि निम्त्याएको छ । विभिन्न साइवरक्राइमहरु बढिरहेका छन् ।

मोबाइलको अधिकतम दुरुपयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको छ । पारिवारिक आदर्श र नैतिकताका मूल्य मान्यताहरु विस्तारै हराउँदै गइरहेका छन् । यसको बढी प्रयोगले मानसिको सिर्जनात्मक क्षमता घट्नु, परसंस्कृतिको ग्रहण गरिनु जस्ता विकृतिहरु निम्तिएका छन् । त्यसर्थ सबै व्यक्तिहरु सामाजिक सञ्जालको चक्रब्यूहबाट बाहिर निस्कन कठिन छ । यसको सकूचित प्रयोगमा सुसूचित गराउनु आवश्यक देखिन्छ ।