Goraksha

National Daily

मेरो खुशी : सामाजिक सेवा नै …

सुनिलकुमार पोख्रेल मजगैया पेसाले पत्रकारिता गर्छन् । उनको सानैदेखिको रुचीको विषय पत्रकारिता र सामाजिक सेवा नै हो । जुन आजसम्म निरन्तर नै छ । सम्पूर्ण नन्द संस्कृत युनिभर्सिटी बाणारसीबाट साहित्याचार्य गरेका उनले मानिस सामाजिक प्राणी हो समाज रूपान्तरणका लागि तन, मन, धन दिएर लाग्नु पर्ने मान्यता राख्छन ।
जुन साँेच उनमा सानै उमेरदेखि नै थियो । त्यो बेला धेरै सामाजिक संघ संस्थाहरू पनि थिएनन् । सीमित संघ सस्थाहरू मात्र थिए । संघ संस्थामा लागेर उनले शिक्षा, स्वास्थ्य, समाज रूपान्तरणको अभियानमा धेरै भूमिका खेलेको बताउछन् । गैरसरकारी संस्था महासंघको संस्थापक सदस्य हुँदै दाङ जिल्लाको अध्यक्ष समेत भएका तुलसीपुर–१८ निवासी सुनिलकुमार पोख्रेल मजगैयाले आफ्नो खुसी समाज सेवा नै भएको बताउछन् ।
हसिलो स्वभाव मिजासिला, मिलनसार र सधै सामाजिक अभियानमा सक्रीय अभियनताको रूपमा लागेका पोख्रेलले आफ्नो सबैभन्दा धेरै खुसी सामाजिक अभियान्ता भएर काम गर्न पाउँदा भएको सुनाए । सामाजिक अभियनताको रूपमा काम गदै जाँदा काठमाडौँ घर भएकी घरेलु हिंसामा परेकी एकजना महिलाको छोरीलाई आमाको सनाखतमा नागरिता दिलाउँदा निकै खुसी लागेको सम्झीए । ‘मलाई ति महिलाको नाम ठ्याक्कै थाहा भएन सन् २०११ को कुरा हो । म पनि महिला अधिकारसम्बन्धी संस्था दिदीबहिनीमा काठ्माडौँ जिल्ला परियोजना संयोजक भएको बेला ।
मैले निकै पहल गरेर काठमाडौँ कै मिल्जु श्रेष्ठलाई आमाको नामबाट नागरिता दिलाउन पहल गरेको थिए । उनले नागरिता हातमा पाउँदा म निकै खुसी भए’ उनले भने ‘ त्यो नै मेरो जीवनको सबैभन्दा खुसीको क्षण भएर बसेको छ ।’ बुवा बेपत्ता भएकाले समस्या थियो तर लामो प्रयासपछि नागरिता दिन सकिएको पोख्रेलले बताए । नागरिता पाएपछि मिल्जु श्रेष्ठ अहिले पढाइको सिलसिलामा डेन्मार्कमा छिन् । पोख्रेलले आफ्नो सानो सहयोगले उनको जीवनमा खुसी दिएको भन्दै श्रेष्ठले नागरिता पाउँदा आफू निकै खुसी भएको सम्झीए ।
वि.स. २०५३ सालदेखि ५९ सालसम्म नेपाल पत्रकार महासंघको कार्य समिति सदस्य भएर अग्रज पत्रकारहरूसँग काम गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । त्यतिबेला थोरै पत्रकार थिए । कार्य समिति बनाउन समेत हम्मे–हम्मे पथ्र्याे । त्यो बेला कार्य समितिको बैठक हुँदा कार्य समितिका सदस्यहरूले आलोपालो गरेर चिया खाजा खुवाने गरेको र भाडाको घरमा महासंघको अफिस थियो घर भाडा पनि सेयर गरेर तिर्ने गरेको उनले सम्झना गरे । अहिले पत्रकार महासंघको सुविधा सम्पन्न आफ्नै घर देख्दा गर्वले छाती फुल्ने गरेको समेत बताए । ‘यो पनि मेरो लागि अर्को खुसीको कुरा हो’ उनले भने ।
पोख्रेलले विभिन्न स्थानमा पत्रकारीतादेखि अन्य महिला बालबालिकालाई विभिन्न तालिम दिइ सचेतना जगाउन पाउँदा पनि खुसी लागेको सम्झीए । उनले गैरसरकारी संस्था महासंघ दाङको संस्थापक सदस्य हुँदै जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भएर संघ संस्थाको उथान र विकासमा काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्ष डा. नहकुल केसीसँगै एमनेष्टी समूह ६६ दाङको उपसंयोजक रहेका इन्टरनेश् मानव अधिकारको क्षेत्रमा काम गर्न पाउँदा र जिम्मेवारी पाउँदा पनि निकै खुसी लागेको बताए ।
‘साथीभाइ सबैको सहयोग र साथले गर्दा म जुन संघसंस्थामा आवद्ध छु त्यहाँ दिएको जिम्मेवारी पूरा गर्ने गरेको छु । म यसमा पनि निकै खुसी छु’ उनले भने । त्यसैगरी पोख्रेलले काठमाडौँका ललितपुरमा वि.स. २०५८ सालमा सडक बालबालिकाहरूलाई सिप विकाससम्बन्धी तालिम र उनीहरूलाई भत्ताको व्यवस्था गरिदिएको भन्दै त्यस कार्यले पनि आफूलाई खुसी तुल्याएको बताए । धर्म संस्कृतिको क्षेत्रमा लागेर काम गर्न पाउँदा पनि खुसी लागेको सुनाए । सुर्यदय रामेश्वर शिवालय बिजौरी दाङको कार्यवहाक अध्यक्ष समेत रहेको पोख्रेलले आफूले सामाजिक प्रतिष्ठा बनाउन पाउँदा झनै खुसी मिलेका सुनाए ।
सानैमा आफु ९ वर्षको हुँदा बुवा गुमाएका पोख्रेलले बुवा गुमाएपछि आफूले दुई बहिनीलाई पढाइ लेखाइ विवाह गरी आफ्नो घर व्यवहार कुशल्ता पूर्वक निभाइ एक असल अभिभावकको भूमिका खेलेको भन्दै खुसी व्यक्त गरे । ‘मैले आमा बहिनीसँगै बसेर बुवा गुमाएपछि आफ्नै घर बनाए कलिलै उमेरमा विधुवा हुनुभएको आमालाई पनि मैले अहिलेसँगै बसेर अभिभावकको भुूमिका निभाउन पाएको छु । त्यसमा पनि खुसी छु’ उनले भने । त्यस्तै उनले आफू सानो उमेरमा हुँदा आफन्तीहरूले धेरै दुःख दिएको भन्दै त्यो दुःखलाई पनि छिचोल्दै आजसम्म यहाँ आएको सम्झीए । पोख्रेलले अर्को खुसी वैदेशिक रोजगारमा दुबैमा जेलमा बसेको एक जना व्यक्तिलाई नेपाल ल्याउन पाउँदा खुसी लागेको बताए ।
वि.स. २०६१ सालमा देउखुरीको एक जना मानिस दुबैको जेलमा रहेको र आफूले पहल गरी उनलार्ई त्यहाँबाट उद्धार गरी ल्याएको दिन पनि निकै खुसी भएको सुनाए । उनले घरमा छोरा आमा र श्रीमतीले आफुलाई सधै सहयोग गर्ने गरेको भन्दै त्यसमा पनि खुसी भएको सुनाए । ‘मेरो घरमा अहिले पनि लैङ्गिक विभेद छैन । छोराले आइटी पढ्छ सबैको प्रगति भएको छ । त्यसमा पनि म खुसी छु’उनले भने । ‘म सङ्घर्षको जीवनबाट स्थापित भएको मान्छे हो । म यसैमा खुसी छु’ उनले भने ।
त्यस्तै दाङबाट प्रकाशित साक्षी खबर पत्रिकाको प्रधान सम्पादक भएर आफूले पत्रकारीताबाट जनतालाई सुशुचित गराउन पाउँदा पनि खुसी लागेको सुनाए । उनले पत्रकारीता मै लाग्दा जिल्ला विकास, पत्रकार महासंघ, रिपोर्टर्स क्लव दाङबाट विभिन्न शिक्षा, विकास पत्रकारिता पुरस्कार पाउँदा पनि निकै खुसी लागेको सुनाए । पोख्रेलले आफूले समाज सेवा तथा पत्रकारिता गर्दा भारत, श्रीलङ्का, बंगलादेश थाइल्याड पाकिस्तानलगायतको देशको अवलोकन भ्रमण गर्न पाउँदा पनि खुसी लागेको सुनाए । उनले विभिन्न एनजियो आइनजियो, साफ नेपाल, दिदिबहिनी, महिला लघुहित परियोजना, युनडिपी र यूनिसेफमा काम गर्न पाउँदा खुसी लागेको सुनाए ।
                                                                                         प्रस्तुती : बालाराम खड्का