वास्तुशास्त्रको आफ्नै महत्व छ : इन्जिनियर केसी [अन्तर्वार्ता]

  •   
  •  

पछिल्लो समयमा वास्तुशास्त्रलाई निकै महत्वपूर्ण मानिन्छ । वास्तुशास्त्र प्राचीन विज्ञान हो । यजुर्वेदमा वास्तु शिल्पशास्त्रको बयान छ । वास्तु–शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ, देवशिल्प र मानवशिल्प । देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणबारे सविस्तार उल्लेख छ ।

यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ । वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवम् समृद्धि प्राप्त हुन्छ । यस्तो घरमा बस्दा उत्साह, उमङ्ग र उल्लासको अनुभूति हुन्छ, वास्तुशास्त्रमा घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी समेत दिने गरिन्छ । तुलसीपुर – ७ निवासी इन्जिनियर बिक्रमबाबु केसी (सिभिल इन्जिनियर, भ्यालुअर, वैज्ञानिक वास्तु कन्सल्टेन्ट)सँग रुचि राख्छन् । वास्तुशास्त्रको महत्व र यसको अवस्थाबारे विक्रमबाबु केसीसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार सङ्क्षेप ।

स्वागत छ यहाँलाई साता वार्तामा ?

मेरा कुराहरू पाठकबिच पु¥याउने अवसर दिएकोमा यहाँ अनि यहाँको पत्रिकालाई धन्यवाद ।

वास्तु भनेको के हो, सरल भाषामा अहिलेका युवाहरूले बुझ्ने गरी भनिदिनुस् न ?

पछिल्लो समय हाम्रो समाज त्यसमध्ये युवाहरूको आकर्षण विदेशतिर बढी छ । उनीहरूलाई यो समाजका कुरा रुढीवादी परम्परागत लाग्छ तर कुनै विदेशीले अङ्ग्रेजीमा केही भन्दियो भने त्यही सिको गर्छन् । त्यसलार्ई साकार÷कपी गर्न रुचाउँछन् तर मान्छेलाई सकरात्मक कुराभन्दा नकरात्मक कुराले बढी प्रभाव पार्छ, नकारात्मक कुरा मानिसको दिमागमा छिटो बस्छ र त्यो देखेर हुन्छ । किनकि दिमागले भिडियो कुरालाई छिटो टिप्छ ।

पश्चिमी देशहरूमा कुनै कुरा, लक्ष्य पूरा गर्नु छ भने त्यस कुरालाई बारम्बार दोहो¥याइरहने, भित्तामा टाँस्ने अथवा ‘भिज्वलाइज’ गर्न सिकाइन्छ तर वास्तु यस्तो विज्ञान हो जहाँ कल्पना गर्न जरुरी छैन, एक काम गर्नुस्, आफू कोठाभित्र बस्नुस् र कोठालाई यसरी सेटअप गर्नुस् जहाँ हाम्रो दिमाग त्यस कुरालाई सोच्न बाध्य हुन्छ । जस्तै हाम्रो लक्ष्य तीन वर्षभित्र एउटा घर बनाउनु छ भने पहिले नै एउटा घर र त्यसमा आफू उभिएको एउटा फोटो बनाएर भित्तामा टाँस्नुहोस् र जब तपाईँको दिमागले त्यस चित्रलाई देख्छ अटोमेटिक त्यो कल्पना गर्न थाल्छ । यही हो, वास्तुशास्त्र ।

नेपालमा वास्तुको आधिकारिक कोर्श छ ? कहाँ पढाइ हुन्छ ?

मेरो जानकारीमा भएसम्म अहिले नेपालमा वास्तुको मात्र शिक्षा दिने आधिकारिक कोर्श अथवा विश्वविद्यालय छैन तर सायद यसको केही अंश वास्तुका विषयमा पढाइन्छ होला । वास्तु कुनै छुट्टै विज्ञान हैन, यो एउटा शब्द हो, यो एउटा योग्य स्थान हो । जहाँ हामी मज्जाले राम्रो जीवन बिताउन सक्छौँ, यो शब्द २–३ वटा ग्रन्थबाट साभार भएको शब्द हो र ती ग्रन्थहरू प्राचीन वेदबाट साकार भएका हुन् र ती वेदमा हाम्रा प्राचीनकालमा बनेका प्रत्येक मन्दिर, प्रत्येक दरबारको सम्पूर्ण ‘स्ट्रक्चर’ बनाउने प्रक्रिया उल्लेख छ, प्राचीन वास्तुकला नै वास्तु हो ।

यो संस्कृत शब्द वास्तु भनेको नै बस्न योग्य ठाउँ हो । यसको ज्ञान वास्तु गुरु, वास्तु आचार्य गरेका मानिसबाट लिन सकिन्छ र मेरो सन्दर्भमा भन्नु पर्दा मैले संस्कार एकाडेमी राजाबाबु शाहबाट लिएको हु । पैसाको लागि कुन दिशा उपयुक्त हुन्छ ? अथवा पैसा बढाउनुको निम्ति हामीले वास्तुद्वार के गर्ने ? सवप्रथम त म दिशाको कुरामा स्पष्ट पार्न चाहन्छु । कुनै पनि वास्तुशास्त्री अथवा वास्तुमा काम गर्नेले कुनै घरमा वास्तुको काम गर्दै छ भने त्यस घरमा दिशा छुट्याउनु त्यो जग्गा वा घर कति डिग्रीले ढल्कोको छ, त्यो पत्ता लगाउनु पर्छ ।

होइन भने कोही कसैको घरमा हेरेर मात्र मैले वास्तु उपचार गरे भन्छ भने राम्रो परिणाम आउँदैन । त्यसैले सही तरिकाले दिशालाई १६ भागमा विभाजन गर्नुपर्छ र १६ दिशाका आ–आफ्ना गुणधर्महरू छन् । त्यसैअनुसार मिलाए मात्र राम्रो परिणाम आउँछ । अब रह्यो पैसाका कुरा, यदि तपाईँको घरमा ब्रह्मस्थानदेखि पश्चिम अथवा दक्षिण–पूर्वमा ट्वाइलेट छ भने पैसा डुब्छ, उत्तरमा ट्वाइलेट छ भने जागिरमा समस्या, बढुवाको समस्या रहन्छ । त्यसैले पैसा कमाउन र बचाउनको निम्ति क्यास पैसा दक्षिण पूर्वमा राख्नु पर्छ र स्थिर पैसा दक्षिण पश्चिममा राख्दा धेरै राम्रो । पैसाको लकरलाई भुलेर पनि पश्चिम, दक्षिण पश्चिम, उत्तर–पश्चिम, दक्षिण, दक्षिण–पश्चिम र पूर्व–दक्षिण, पूर्वमा राख्नु हुँदैन ।

वास्तु मिलाउने भन्ने छ नि यो नेपाल, भारतमा मात्र हो कि पश्चिमी देशहरूमा पनि मानिन्छ ?

वास्तुको विज्ञलाई संसारले नै मान्छ । तपाईँलाई म भनौँ सिङ्गापुरमा जति संरचना बनेका छन्, ती वास्तु मिलाएर बनाइएका छन् । दुबईको कुरा गरौँ, दुबईको प्रत्येक घर वास्तु मिलाएर बनेका छन् । तपाईँले आफ्नो घरभित्रको सञ्चार संरचना मिलाउन पनि सरकारको अनुमति लिनुपर्छ, उसले पानीतत्वलाई मिलाएको छ, उत्तर–पूर्व त्यहाँ नदी छ ।

वास्तुअनुसार दक्षिण क्षेत्रमा भारी–तत्व राक्नुपर्छ । त्यसैले दुखाइमा बुर्च–खालिफा टावर पनि दक्षिण क्षेत्रमा बनाइएको छ । जसले त्यस देशको अवसर, पैसा बढाउन मद्दत गरेको पाइन्छ र दक्षिण क्षेत्र ब्लक गरेकाले त्यहाँ मानिस छुट्टी मनाउन, विश्राम लिन जानेको सङ्ख्या बढेको पाइन्छ ।

कुन्डलीअनुसार पहिले नै निश्चित भएको कुरालाई वास्तुबाट मिलाउन सकिन्छ ?

अवश्य पनि सकिन्छ । जस्तै कुन्डलीमा कुनै व्यक्तिलाई सडक दुर्घटना हुन्छ भनेको छ भने कस्तो दुर्घटना, कहाँ चोट लाग्ने, कति चोट लाग्ने लेखेको हुन्छ नि, सामान्य चोट लाग्दा पनि त्यो दोष काटिन्छ भन्ने भनाइ नै छ । अब हामीले दुघर्टनाबाट बच्न, घरको त्यस दिशालाई बलियो बनाउँछौँ । यदि कसैको सयन कक्ष दक्षिण–पूर्वमा छ, बाहिर निस्कने ढोका पनि दक्षिण–पूर्वमा छ, रँग कालो अथवा नीलो छ भने त्यस्तो व्यक्तिलाई पीडा बढी र दुघर्टना हुने सम्भावना बढी हुन्छ । कुनै मानिस दुर्घटनामा मरेको छ भने उसको घरको दक्षिण–पूर्वमा भगवान्को तस्वीर हुन्छ ।

घरमा बच्चाहरूको पढाइ, लेखाइ ठिक बनाउने केही उपाय हुन्छ कि ?

अवश्य पनि हुन्छ । वास्तुबाट हामीले हरेक समस्याको हल निकाल्न सक्छौँ । जुन बच्चा पढाइमा कमजोर छ, यस्तो बचालाई बुधवार गणेशको मन्दिरमा लगेर पूजा गर्न पठाउनु पर्छ । किनकि गणेश भगवान् त्यस्तो भगवान् हुनुहुन्छ उहाँको शरीर बच्चाको र दिमाग सबैभन्दा तागतवाला जनावरको छ । त्यस मूर्तिसँग सच्चा आफै कनेक्टेड हुन्छ, गणेश मुसामा चढ्ने, एउटा दाँत हंँदैन, बच्चाको पनि दाँत हुँदैन । त्यसैले छिटो कनेक्टेड हुन्छ न त गणेशको फोटो मात्र सही दिशामा लगाए पनि बच्चाको पढाइ ६० प्रतिशतभन्दा बढीले सुधार हुन्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा सबैजनालाई यदि घर बनाउँदै हुनुहुन्छ भने एकपटक वास्तुविज्ञको परामर्श लिएर मात्र घरनक्सा बनाउन होला । किनकि तपाईँहरूले दुःख गरेर कमाएको करोड घरमा प्रेम, सद्भाव, सत्कार, शान्ति, अवसर, सम्बन्ध त्यस घरका बसेदेखि बिरामीले नछाड्ने, पैसाको अवसर नआउने हो भने त्यो मूल्यवान् घरको कुनै मूल्य हुँदैन भन्न चाहन्छु ।

यसैगरी जुन घरमा वास्तु नमिलेका कारणले घरमा भनेजस्तो भइरहेको हुँदैन एकपटक वास्तु उपचार गरी घरको उर्जा बनाउनुहोस् भनी म सल्लाह अनि आग्रह गर्न चाहन्छु । सबैलाई र अन्त्यमा मलाई वास्तुको बारेमाा आम मानिसलाई बुुझाउने गरी केही महत्वपूर्ण कुरा राख्ने समय दिनुभएकोमा यहाँलाई फेरि धन्यवाद दिन चाहन्छु ।