मेरो खुसी : सन्तान प्राप्तिमा …

जीवन चलेकै छ, गाडी जस्तै । जीवनका प्रत्येक मोडमा सचेत छन् र चलेको जीवन निरन्तर आप्mनै लयमा । सम्भतः साउन २० पछि उनले पाएको जीवनमा एक वर्ष घट्दै छ । जीवन चल्नका लागि त्यति समस्या छैन । भए पनि आफ्नै ठाउँमा छन् ।
स्वाभाविकै मानव जीवनमा सम्झौता र गुनासा हुन्छन् तर उनीसँग गुनासा कम नै छन् । चित्त बुझे पनि र मन दुखेप नि आफैसँग राख्ने क्षमता छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ राजापुरका गोविन्दप्रसाद सुवेदीले एउटा संवादमा भनेका थिए, ‘जीवन चलाउने हो । यहाँ कसलाई पो सोचे जस्तो छ । भाग्यमा जे छ, त्यही नै उपभोग गर्ने हो ।’ यो पंक्तिकारले उनीसँग जीवनको सबैभन्दा खुसीको समय खोज्ने प्रयास गर्दा उनले विगत फर्कँदै भने, ‘सन्तान प्राप्ति नै हो ।’
विवाह गरेको झन्डै ५ वर्ष भइसकेको थियो तर सन्तान भएको थिएन । त्यो बिचमा केही मानसिक तनाव थियो तर २०६२ सालमा पहिलो सन्तानको जन्म भयो । त्यो उनको जीवनमा सबैभन्दा धेरै खुसीको क्षण भएर बसेको छ । ‘त्यो क्षण मेरो जीवनको सबैभन्दा खुसीको क्षण भएर बसेको छ’, उनले भने, ‘जीवनमा आएका अन्य क्षण कम नै छन् ।’ सन्तान प्राप्तिसँगै उनले आफन्तीलाई खुसी नै काटेर खुवाएको र रातभर छैटी जगाएको सम्झना गरे ।
‘त्यो बेला खुसीको कुनै सीमा नै थिएन’, उनले भने ‘वंशको रूपमा पहिलो सन्तान जन्मिँदा आफूलाई परिपक्व भएको महसुस भएको थियो ।’ जीवन सुख र दुःखको बाटोबाटै हिड्छन् । सम्भवतः उनको जीवन पनि त्यही बाटो भएर हिडिरहेको छ । जिन्दगीको यही गोरेटोमा उनले पनि धेरै खुसी भेटेका छन् भने दुःख पनि त्यत्तिकै भोगेका छन् । जीवनमा अस्थायी जागिरको अनुभव मज्जाले भोगेका छन् तर स्थायीको स्वाद अझै लिन पाएका छैनन् । रोजगारको लागि भूगोल छोडेर प्रदेश गए ।
प्रदेशमा लामो समय नै बसे । फर्कँदा एउटा खत बोकेर नै आएका छन् । जुन छापले विगतको सम्झना गराउँछ र भन्छन्, ‘मृत्युले हारेको र मैले जितेको समय हो ।’ सडक दुर्घटनामा परेर झन्डै हात नै गुमाएका थिए । विधाता दाहिने भएपछि हात गुमाउनु परेन तर त्यसको खत भने उनीसँगै छ । ‘भाग्यले बाँचेको मान्छे । त्यो पनि मेरो खुसीको क्षण नै हो’, उनले भने ।
२०६३ सालमा मुलुक आन्दोलनको पराकम्पनमा थियो । उनी त्यही बेला साविक जिल्ला विकास समिति दाङका सहचालक करार कर्मचारीको रूपमा छिरेका थिए । त्यो बेला जिल्ला विकासमा छिर्नु बेग्लै सान थियो । गाउँले दाइ रामकुमार आचार्यको सहयोगबाट जागिरमा जोडिएको थिए । ‘जागिरमा जोडिँदा पनि खुसी मिलेको थियो’, उनले भने, ‘जागिर खाएको धेरै समय भयो तर स्थायी हुन सकिएन । अस्थायी नै चलेको छ ।’
सामान्य परिवारमा जन्मेका सुवेदीलाई जागिरको महत्व थाहा छ । प्युठानबाट बसाइँ सरेर आएको परिवार र त्यसमा पनि घरको जेठो सन्तान भएकाले सबै समस्यालाई उनले नजिकबाट मजाले छामेका थिए । जीवनमा रोजगारको महत्व बुझेका छन् । प्युठानको बाँसकोटमा रहेको विद्यालयबाट औपचारिक शिक्षा थालेका उनी बसाइँ सराइसँगै तुलसीपुरको रक्षाचौरबाट थप अध्ययन गरेका थिए । आर्थिक अभावका कारण शिक्षालाई अघि बढाउन सकेनन् । औपचारिक शिक्षा कम भए पनि व्यावहारिक शिक्षा र संस्कार राम्रो जानेका र बुझेका छन् । चिन्नेहरू भन्छन्, ‘अनुशासनमा बस्ने उहाँको सवैभन्दा ठुलो सम्पत्ति हो ।’
बुवा पतिराम सुवेदी र आमा बसन्ता सुवेदीका दोस्रो सन्तानको रूपमा २०३४ साउन २० मा प्युठान जिल्ला हालको नौबहिनी गाउँपालिका बाँसकोटमा जन्मेका उनले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट थालेका थिए । गाउँकै विद्यालयबाट औपचारिक शिक्षा थालेका उनले परिवारको बसाइँ सराईसँगै उनी दाङ आएर थप अध्ययन गरेका थिए । २०४४ सालमा उनको परिवारले बसाइँ ससाई गरेको थियो । बसाइँ सराई गरेर दाङ आउँदा पनि खुसी मिलेको बताए । ‘पहाडको बसाइँभन्दा दाङको बसाइँ सबै क्षेत्रबाट राम्रो भएकाले खुसी भएको थिएँ’, उनले भने । बिमलासँग पहिलो भेट दाङमै भएको थियो । बिमलाको घर गुल्मीको पर्कोटमा ।
तिहारको समयमा टीका लगाउन गाउँमा आएको बेला पहिलो भेट गाउँमै भएको थियो । त्यो भेट आप्mनाले गराएका थिए । केटी देखाउने र विवाहको छिनोफानोको काम आफ्नाले गरेका हुन् । ‘गाउँमा आएको बेला आफ्नैले विवाहको टुङ्गो लगाएका हुन् । उहाँहरूले गरेको कुरामा मैले र उनले सहमति गरेपछि २०५७ मंसिरमा विवाह भएको हो’, उनले भने । उनका दुई सन्तान छन् । छोरा ऋषिराज सुवेदी र छोरी रचना सुवेदी । छोराले विज्ञान विषय लिएर कक्षा १२ पढ्दै छन् भने छोरी रचनाले पनि विज्ञान विषय लिएर कक्षा ११ पढ्दै छिन् ।
‘सन्तानको अध्ययनप्रति उनको खासै गुनासो छैन । ‘राम्रोसँग अध्ययन गरेका छन् । यसमा खुसी नै छु’, उनले भने । दुवै सन्तानले एसइईमा ए+ ल्याएर पास गरेका थिए । यहाँसम्म आउँदा उनको जीवन वक्र र सरल रेखामै हिडेको छ । वक्ररेखामा हिँड्दा पनि हार खाएनन् र सरल रेखामा हिँड्दा उनी मात्तिएनन् । ‘भाग्यविधाताले भागमा जे दिएको छ त्यही खाने हो । त्यो भएपछि धेरै दःुखी हुनु पर्दैन’, उनले भने ।
प्रस्तुती : इन्द्र डिसी