calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

समाजसेवा गर्न पाउँदा…

जिज्ञासु स्वभाव, लगनशील र कर्मशील उनी सधै काममा सक्रिय । चाहे त्यो घर जाने बाटोमा पुल निर्माण वा गाउँघरमा खेतबारीमा कुलो निर्माणका लागि हुने विकास र विस्तारमा उनी सधै तलिन छन् । नेताहरूसँग निरन्तर विकासका लागि लभिङदेखि समाजमा हुने साना ठुला काममा त्यतिकै सक्रीय छन् ।

तुलसीपुर–७ घुसरी निवासी बलबहादुर खत्री सानैदेखि राजनीतिमा चासो राख्ने गरेका छन् । सामान्य परिवारमा वि.स.२०४८ साल रुकुम जिल्ला साबिक दुली–३ मा बुवा चन्द्रबहादुर खत्री र आमा पवित्रा खत्रीका कान्छा छोरा बलबहादुर खत्रीले अहिले कर्म थलो दाङ बनाएका छन् ।
वि.स.२०६६÷०७६ तुलसीपुर– ६ मा रहेको ज्ञानज्योति कलेजमा प्लसटु पढ्दै गर्दादेखि नै उनी विद्यार्थी राजनीतिमा लागेका थिए । विद्यार्थी राजनीतिमा चाख राख्ने खत्रीले आफ्नो खुसी भनेकै समाज सेवा र राजनीति भएको बताउछन् ।

बलबहादुरले प्लसटु सकेर राप्ती विद्या मन्दिर तुलसीपुरमा व्याचलर सेकेन्डीएर अध्ययन गर्दै गर्दा त्यस क्याम्पसको नेपाल विद्यार्थी संघको संयोजक भएको सम्झीए । आफूलाई सबैले जिम्मेवारी दिएर विद्यार्थी राजनीति सुरु गर्दा आफू निकै खुसी भएको सुनाए । आफ्नो परिवार पनि त्यही व्याकगराउण्मा भएको भन्दै त्यतिबेला जिम्मेवारी लिँदा बेक्लै खुसी प्राप्त भएको सुनाए ।

खत्रीले वि.स. २०७० सालमा तुलसीपुर–७ को नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदलको कोषाध्यक्षको जिम्मेवारी पाउँदा अर्को खुसी मिलेको सुनाए । ‘म एउटा किसानको छोरा, बीपीले एउटा किसानको एउटा गाई सानो झुपडी होस् भन्ने बीपीको सिद्धान्त मैले सुनेको थिए म त्यस पार्टीको भातृ संगठनमा लागेर सेवा गर्न पाउँदा निकै खुसी भएको थिए’ उनले भने । खत्रीले कोषाध्यक्ष पछि वि.स २०७८ सालमा अध्यक्षको जिम्मेवारी पाउँदा झनै खुसी लागेको सुनाए ।

‘सबै साथीभाइ पार्टीका अग्रजहरूले मलाई विश्वास र यसले संगठनलाई चलाएमान गराउछ भनेर अध्यक्षको जिम्मेवारी दिनुभयो मैले दिएको जिम्मेवारी सकुशल पूरा गरे यसमा झनै खुसी मिलेको छ’ उनले भने । खत्रीले व्याजलर सकेर आफूले तुलसीपुर–७ को विकास निर्माणमा पछाडि परेको गाउँलाई सुगम बनाउन निरन्तर लागेको र त्यहाँको विकास विस्तारै हुन लागेकोमा पनि खुसी व्यक्त गरे ।

उनले गाउँमा जाने बाटो निर्माण, कुलो सिँचाई र रानीघाट खोलामा पुल निर्माण हुँदा अर्को खुसी लागेको सुनाए । ‘रानीघाट खोलामा विद्यार्थीहरूले बर्षातमा बग्नुपर्ने समस्या थियो तर हामी सबैको पहलमा पक्की पुल बन्यो । हाम्रो गाउँ जाने बाटोमा त्यसमा पनि म खुसी छु’ उनले भने ।
खत्रीले लुम्बिनी प्रदेश सरकारको लागतमा बनेको सो पुल मुख्यमन्त्रीबाट उद्घाटन हुँदाको दिन निकै खुसी भएको सुनाए । ‘वि.स २०८० असार ४ गते पुल उद्घाटन हुँदा मैले नै कार्यक्रम सञ्चालन गरेको थिए ।

खुसीले गर्दा मेरो गला नै अवरुद्ध भएको थियो । खुसीको सिमानै थिएन’ उनले भने । त्यस्तै खत्रीले गाउँमा विद्युतको समस्या भएको र विद्युतको समस्या समाधानको लागि ट्रान्सर्फर्मर जडान गर्न पहल गर्न पाउँदा खुसी लागेको सुनाए । खत्रीले आफूहरू वि.स. २०५६ सालमा काँग्रेसमा सक्रीय भएकै कारण तत्कालीन माओवादीले विस्थापित गरेपछि दाङ बसाई सरेको भन्दै त्यति बेला आफू जन्मेको ठाउँ छोड्दा दुःख लागे पनि यहाँ आएर हाल राम्रो प्रगति भएको भन्दै खुसी व्यक्त गरे । वि.स. २०७५ सालदेखि तुलसीपुर यातायात प्रालिमा लेखापाल पदमा जागिर सुरु गरेका खत्रीले यातायात क्षेत्रमा जागिर पाउँदा पनि खुुसी लागेको सुनाए ।

‘तुलसीपुर यातायात प्रालिमा लेखापालको रूपमा कम गर्न नाम निकाल्दा म खुुसी भएको थिए’ उनले भने । त्यस्तै छोटो समयमै लेखापालसँगै कार्यालय प्रमुख पदमा जिम्मेवारी दिँदा निकै खुसी लागेको उनले सुनाए । ‘मलाई मेरो कामको मुल्याङ्कन गरी कार्यालय प्रमुखको पनि जिम्मेवारी दिनुभएको छ । यसमा पनि निकै खुसी छु’ खत्रीले भने । त्यस्तै आफूलाई घरमा श्रीमती घरपरिवारले समाज सेवा राजनीति गर्दा सहयोग गरेकोमा पनि खुसी व्यक्त गरे । ‘मेरो प्रगतिमा सबैको हात छ मेरो घरपरिवार, आफ्न्त साथीभाइ सबैले सहयोग गर्नुभएको छ’ खत्रीले भने ।

उनले समाजमा हुने विभिन्न विकास निर्माणदेखि सानादेखि ठुला काममा साझेदारी र सहयोग गर्न पाउँदा जीवनमा आनन्द आउने बताउँछन् । उनले सकारात्मक काम र सोचका साथ जुनसुकै काम सम्भव हुने भन्दै आफूले सत्कर्म गरेमा मानिसलाई खुसी मिल्ने बताउँछन् । ‘खुसी भनेको आफैले आफैभित्र खोज्ने हो मेरो खुसी समाज सेवा नै हो’ उनले भने । तुलसीपुर– ७ घुसरी निवासी बलबहादुर खत्री तुलसीपुर यातायात प्रालिका कार्यालय प्रमुखका साथै विभिन्न संघ संस्थामा आवद्ध छन् । प्रस्तुती : बालाराम खडका