आदर्शवान धनिराम

  •   
  •  

गुरुप्रसाद शर्मा रेग्मी
काम, नाम, दामले भरिपूर्ण भएकाले बुवाआमाले उनको नाम जे राखिदिएको भएपनि पहिचानको उनको नाम धनिराम नै थियो । रामको जस्तो काम र दामले गर्दा सबैको सम्मानित र आदरणीय व्यक्तित्व बन्न गएका थिए । उनको घरको काम व्यवस्थित र मर्यादित बनाउन अलग–अलग कामको लागि अलग–अलग गृहसहायकको रूपमा कर्मचारीहरूको व्यवस्था गरिएको थियो ।

धनिरामको घरमा परिवारको सदस्यहरू काममा खटिएका कर्मचारीहरू सबैको खाना नास्ता एकै स्थानमा बन्दथ्यो र सबैको समान हुने गर्दथ्यो । खाना तयार भइसकेपछि पहिले धनिरामले खाँदथे । त्यसपछि परिवारका सदस्यहरू र काममा खटिएका कर्मचारीले खाँदथे । देख्नेलाई परिवारका सदस्यहरू र कर्मचारीहरूमा कुनै भेदभाव न भएको देख्दा एउटै परिवारको सदस्य भएको जस्तो अनुभूति हुने गर्दथ्यो ।

एकदिन धनिरामले खाना खान लागेका थिए । दाल र तरकारीमा नुनको साटो चिनी हालेर दिवाकरले पकाएका रहेछन् । धनिराम केही पनि नबोलेर सदा झैँ खाना खाइसकेपछि दिवाकरलाई बोलाएर भने– दिवाकर ! तिमीलाई के कुराले पिरोलिरहेको छ । मलाई स्पष्टसँग भन । मनको पिडा भनेपछि मन हल्का हुन्छ भनेपछि आँखा रसाएका दिवाकरले आँखा पुच्दै भने । यतिबेला घरमा कोही छैन । पत्नी बिरामी भएकी छन्, दिनभरि यहाँ काम गरेर घर गएपछि सबैकुरा आफैलाई गर्नुपर्दा निद्रा पनि पूरा हुँदैन शरीर पनि थाकेर आउँछ यही समस्याले पिरोलिरहेको छ ।

आफ्नो पिरमर्का मलाई भनेर राम्रो ग¥यौँ । सुन लौ ! यो पैसा लिएर अहिले नै घर जाऊ । तिम्री पत्नी स्वस्थ न हुँदासम्म तिमीलाई बिदा छ । श्रीमतीलाई औषधी गर्दा पैसाको आवश्यकता प¥यो भने यहाँ आउनु र मलाई भन्नु चाहेको पैसा लिएर जानु भनेको सुन्दा दिवाकर न त मस्तक भयो । दिवाकरलाई तुरुन्त घर जाने बिदा दिए । यसरी गृहसहायक दिवाकरलाई बिदा दिएको देखेर धनिरामकी श्रीमतीले भनिन् । तपाईको यो के चाला हो । कसैले खाना खाएको छैनौँ, सारा काम लथालिङ् छ । यसलाई तपाईले बिदा दिएर पठाउनुभयो ।

हेर गरिमा, दिवाकरलाई आफ्नोभन्दा हाम्रो बढी चिन्ता छ । त्यस्तो अप्ठारो स्थितिमा पनि उसले एकदिन बिदा लिएको छैन । आज उसले दाल र तरकारीमा नुनको साटो चिनी हालेर पकाएको छ । टेन्सनमा नभएको भए अवश्य पनि यस्तो गल्ती गर्ने थिएन । त्यसैले यसलाई टेन्सन मुक्त गराउन मैले पैसा दिएर बिदा दिएको छु । खाना खानेबेला नुनको साटो चिनी हालेको केही कुरा नभएर सदाका झैँ खाना खाएर उठेको छु । यसले गरेको अनजानको गल्तीबारे उसले थाहा न पाओस भनेर केही न भनेर बिदा दिएको हुँ ।

धनिराको कुरा सुनिसकेपछि गरिमाले भनिन्– तपाई अचम्मको मानिस हुनु हुँदो रहेछ । हामीसँग धन सम्पत्ति मान मर्यादा सबै छ । एउटा गृहसहायकको लागि यति धेरै चिन्तित हुनुपर्ने कुनै कारण नै छैन । हेर गरिमा मानिस भएर जन्म लिएपछि आत्तिने, मात्तिने र तात्तिने काम कहिले कसैले गर्न हुँदैन । तिमीले धन सम्पत्ति मान मर्यादाका कुरा ग¥यौँ । तिमीले के बुझ्नुपर्छ भने हामीसँग जे जति धन सम्पत्ति मान मर्यादा छ ।

त्यो सब यिनै सहायकको मिहेनत र इमानदारीताको प्रतिफल हो । यी मेरा सहायकहरू स्वस्थ सम्पन्न भए भने मात्र हामी स्वस्थ र सम्पन्न हुन सक्दछौँ । यही तीतो सत्यलाई आत्मसात गर्न सकेकाले नै मैले मान सम्मान र आफन्तहरूको अन्तरसम्बन्ध कमाउन सकेको छु । आफ्नो जीवन पर्यन्त यसमा कमी आउन मैले दिँदैन । वास्तवमा जीवनको सार्थकता पनि यही नै हुन्छ । मरेपछि पनि जीवित बनाइरहने यही व्यवहारिकताको उच्च रूप नै जीवन हो ।

धनिरामको यस्तो उच्च विचार सुनेपछि गरिमा लज्जित हुँदै भनिन्– यस्ता कुरा हजुरले मलाई पनि सिकाउनु पर्ने थियो । आफू मात्र अगाडि जाने मलाई सधै पछाडि नै पार्ने हजुरको वैयक्ति सोच जान्ने अवसर पाए भन्दै श्रीमान्को नजिक बस्न पुगिन् ।