आन्तरिक स्रोत बलियो बनाइ समृद्ध शान्तिनगर बनाउँछौँ : अध्यक्ष बस्नेत

  •   
  •  

शान्तिनगर गाउँपालिका लुम्बिनी प्रदेश पर्ने दाङ जिल्लाको पश्चिमीमा अवस्थित गाउँपालिका हो । शान्तिनगर गाउँपालिका सुगमसँगै दुर्गम पनि त्यत्तिकै छ । यस गाउँपालिकाको दक्षिणतिर दंगीशरण गाउँपालिका, पूर्वमा तुलसीपुर उपमहानगरपालिका त्यसै उत्तरमा सल्यान जिल्ला र पश्चिममा बबई गाउँपालिका अवस्थित रहेको छ । कूल ११६.०२ वर्ग किमिमा फैलिएको शान्तिनगर गाउँपालिकाको २०६८ को राष्ट्रिय जनगणनाअनुसार यस गाउँपालिकाको जनसङ्ख्या २५,२०३ रहेको छ । जसमा सबैभन्दा बढी १०,९१८ जना (४३.३२%) क्षेत्री जातिको बसोबास रहेको छ ।

यसैगरी दोस्रोमा थारु र तेस्रोमा मगर समुदायको बसोबास रहेको छ । शान्तिनगर गाउँपालिकामा जम्मा सात वडा रहेका छन् । यस गाउँपालिका साविक बाघमारे, शान्तिनगर र धनौरी गाविस को समाबेसबाट गठन भएको छ । शान्तिनगर गाउँपालिका कृषिका लागि उर्वर भूमि हो । यहाँका धेरैजसो मानिस कृषिमा आधारित छन् । गाउँपालिकामा कृषिको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने यस अघि नै बताएका थिए । एक वर्षमा शिक्षा, स्वास्थ्य, विकास निर्माण र अन्य कुरामा भएका महत्वपूर्ण उपलब्धिबारे अध्यक्ष प्रमोद बस्नेतसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार संक्षप ।

गोरक्षको सातावार्तामा स्वागत छ ?

 वार्षिक कामकारबाहीका बारेमा जनता माझ कुरा राख्ने अवसर जुराइदिएकोमा यहाँ र यहाँको लोकप्रिय पत्रिकालाई धन्यवाद ।

निर्वाचित भएको एक वर्ष पूरा हुदाँ तपाईँले देखेका सपना र जनता समक्ष गरेका प्रतिबद्धता कति पूरा भए ?

हामी निर्वाचित भएको एक वर्ष पूरा भएको छ । हामीले जनतामाझ चुनावताका विभिन्न शीर्षकमा प्रतिबद्धता गरेका थियौँ । जनताले पनि मलाई यसले गाउँपालिकाको समृद्धि र विकासका लागि काम गर्नसक्छ भनेर गाउँपालिकाको नेतृत्वको लागि जिताउनु पनि भयो । मैले यो जितलाई पहिले पनि भनेको थिएँ अवसर र चुनौती दुवै रूपले लिएको छु ।

गाउँपालिकालाई समृद्ध र नमुना बनाउन जनताले मलाई चयन गर्नुभएको थियो । जसरी मैले जनताको मत पाएर निर्वाचित भएँ, त्यसरी नै पालिकाबाट उपलब्ध सेवा सुविधा र मबाट हुनसक्ने सहयोग मैले पनि गर्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर मैले काम गर्दै आएको छु । सबै कुरा एकै वर्षमा पूरा हँुदैन । अझै ४ वर्ष बाँकी छ तर हामीले एक वर्षमा धेरै कामको थालनी गरेका छाँै । चाहे त्यो शिक्षा होस् या स्वरोजगार अथवा स्वास्थ्य या विकास निर्माणमा ।

निर्वाचित भएर आएपछि चुनाव अगाडि जनतामाझ भनेका वा गरेका प्रतिबद्धताहरू क्रमिक रूपमा पूरा गर्ने दौडानमा हामी छौँ । केही काम निरन्तर कार्यान्वयनको चरणमा छन् भने मेरो प्रमुख प्राथमिकता भनेको स्थानीय स्रोतलाई बलियो बनाएर समृद्ध शान्तिनगर निर्माण गर्नु हो । यसमा साथ र सहयोगका लागि सम्पूर्ण वडा प्रतिनिधि, पालिकाबासी एवम् सबै सरोकारवाला निकायसँग हामी हातेमालो गर्न तयार छौँ ।

एक वर्षमा प्राप्त गरेका महत्वपूर्ण उपलब्धि के–के छन् बनाइदिनुस् न ?

 चालु आ.व. २०७९÷०८० मा भएका उदाहरणीय कार्य तथा उपलब्धिहरू शिक्षातर्फ हरेक विद्यालयको शैक्षिक क्रियाकलापलाई समेटेर डिजिटल शैक्षिक प्रोफाइल तयार गरिएको छ । हरेक विद्यालयमा इमानदारिता र जवाफदेहितालाई कार्यसम्पादन मूल्याङ्कनको आधारस्तम्भको रूपमा कायम गर्ने गरी सुशासन प्रत्याभूतिको लागि भ्– ब्ततभलमबलअभ प्रणाली जडान गरिएको छ ।

त्यस्तै सूचना प्रविधिको पँहुच वृद्धि गरी गुणस्तरीय शिक्षा प्रदान गर्न हरेक विद्यालयलाई प्रविधिमैत्री विद्यालय हबको रूपमा विकास गर्न कम्प्यूटर, प्रिन्टर्स, इन्टरनेट तथा अन्य आवश्यक सामग्री व्यवस्थापन गरिएको छ । विद्याार्थीको स्वास्थ्यलाई मध्यनजर गरी स्वच्छ खानेपानीको अभाव हुन नदिन सबै विद्यालयमा स्वच्छ खानेपानीको लागि फिल्टर सहितको सामग्री प्रबन्ध गरिएको छ । शिक्षामा हरेक बालबालिकाको सहज पँहुच वृद्धि गर्न तथा सबै बालबालिकालाई शैक्षिक अवसर प्रदान गर्न जेहेनदार, अपाङ्ग, दलित, जनजाति तथा अतिविपन्न बालबालिकालाई जनही १०÷१० हजारका दरले करिब ३० जना विद्यार्थीलाई छात्रवृृित्त प्रदान गरिएको छ ।

त्यस्तै शैक्षिकसत्रको अन्त्यमा हुने वार्षिक परीक्षालाई मर्यादित र व्यवस्थित गराउन कक्षा ८ को आधारभूत तहस्तरीय वार्षिक परीक्षालाई गाउँपालिकाबाट मोनिटरिङ सहित सञ्चालन गर्ने गरिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ मा आधारित रहेर सबै शैक्षिक सरोकारवालाको उपस्थितिमा कक्षा १–८ को स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनको चरणमा छ । शान्तिनगर गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा दरबन्दी अभाव भइ शिक्षणमा पर्ने समस्यालाई निराकरण गर्न निश्चित मापदण्डका आधारमा करिब ४० जना पालिकास्तरीय स्वयम्सेवक अनुदान शिक्षक व्यवस्थापन गरिएको छ ।

बालबालिकाको शैक्षिक विकासमा टेवा पु¥याउने उद्देश्यले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान तथा प्रष्फुटन कार्यक्रम सञ्चालन गरिएका छन् । स्थानीय तहस्तरीय कक्षा–५ को अङ्ग्रग्रेजी र सामाजिक विषयको सिकाइ उपलब्धि परीक्षण तथा व्यवस्थापन गर्ने कार्य गरिएको छ । युवा खेलकुदको सम्भावनालाई प्रस्फुटित गर्न खेलकुदका सामग्री उपलब्ध गराइएको, अध्यक्षकप खेलकुद प्रतियोगिता सञ्चालन गरिएको, राष्ट्रपति रनिङसिल्ड कार्यक्रममार्फत् स्थानीय ज्ञान, सीप, कलाको संरक्षण गर्ने गरिएको छ ।

 यी त भए शिक्षाका कुरा, अन्य क्षेत्रमा भएका उपलब्धि के–के छन् ?

 हामीले अन्य क्षेत्रमा पनि महत्वपूर्ण काम गरेका छाँै । सुत्केरीलाई दुशमुलारिस्ट र नगद ३ हजार ८ सय रूपैयाँ उपलब्ध गराउँदै आएका छौँ । गर्भवती तथा सुत्केरीको लागि पोषण कार्यक्रम सञ्चालन गरी पौष्टिक तत्व वितरण, सुत्केरीलाई १ ओटा दसमुलारिस्ट र ३ हजार ८ सय रूपैयाँ उपलब्ध गराउँदै आइएको छ ।

गर्भवती भएको थाहा हुनाका साथै फोलिक एसिड वितरण गर्भवती भएको ४ महिनामा क्याल्सियम चक्की वितरण, गर्भवती भएको ६ महिनामा आइरन नून १ केजी, गर्भवती भएको ८ महिनामा १ लिटर तेल र गर्भवती भएको ९ महिलामा १ क्यारेट अण्डा वितरण गर्दै आएका छौँ । यस आर्थिक वर्षमा मात्र क्याल्सियम ४ सय १३, आयोडिनयुक्त नून १ केजी ३ सय ८७ जनालाई, खाने तेल १ लिटर ३ सय७६ जनालाई, अण्डा १ क्यारेट ३ सय ३९ जनालाई र दशमुलारिस्ट ८४ जना गर्भवतीलाई वितरण गरेका छौँ ।

त्यस्तै ३ हजार ८ सय रूपैयाँ ८४ जना सुत्केरीलाई वितरण गरिएको छ । साविकका ३ वटै स्वास्थ्य चौकीमा ल्याव सेवा स्थापनासँगै सबै वडामा स्वास्थ्य केन्द्र सञ्चालन गरेको पालिकाका सबै स्वास्थ्य संस्थाहरू प्रविधिमैत्री भएको साथै औषधीको आपूर्ति व्यवस्थापन प्रणाली र स्वास्थ्य सेवाको प्रतिवेदन प्रणालीलाई अनलाइन गरी डिजिटाइजेशन गरिएको छ । पालिकाको स्वास्थ्य शाखाको इलोक्ट्रोनिक हेल्थ प्रोफाइल तयार गरी हरेक वर्ष अपडेट हुने गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै पालिकाका सबै वडामा स्वास्थ्य संस्थाहरूको आफ्नै भवन हुनुका साथै शान्तिनगरमा १५ शय्याको अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ ।

एक पालिका एक अस्पतालअन्तर्गत हाम्रो शान्तिनगरमा पनि १५ शय्याको अस्पताल अब एक वर्षभित्र सञ्चालन गर्ने छौँ । जिम्मेवारी सम्हालेको एक वर्ष पुग्नै लाग्दा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा विभिन्न क्षेत्रमा विभिन्न उदाहरणीय काम गरेका छाँै । त्यस्तै निःशुल्क उज्यालो अभियानअन्तर्गत राप्ती आँखा अस्पतालसँग साझेदारी गरी मोतियाविन्दुको शल्यक्रिया गरी दृष्टिविहीनता न्यूनिकरणतर्फ लागेका छौँ । त्यो पनि अर्को उपलब्धि हो ।

धेरैजसो युवाहरू विदेशिएका छन्, कृषि पशुलगायत रोजगारी क्षेत्रको अवस्था कस्तो छ ?

 हो, हामीले कृषि रोजगारीअन्तर्गत् डिस्पेन्सरी सञ्चालनद्वारा करिब ३ हजार वटा पशुहरूको उपचार तथा परजीवी नियन्त्रण गर्ने गरेको काम करिब ५० भैँसी र ४० गाईमा कृत्रिम गर्भाधान, व्यावसायिक पशुपालन विस्तारको लागि घाँस विकास कार्यक्रमअन्तर्गत करिब ५० हेक्टर जग्गामा उन्नत बर्सिम तथा जैघाँसको खेती विस्तार, लम्फिस्किन जस्तो महामारीजन्य रोगको नियन्त्रण तथा उपचारको लागि व्यापक रूपमा वडा–वडा, टोल–टोलमा चेतनामूलक कार्यक्रम सम्पन्न गरी शंकास्पद संक्रमित पशुहरूको नमुना परीक्षणको लागि क्षेत्रीय प्रयोगशालामा पठाएको, पशु सेवा केन्द्र विस्तार गरी यस गापा र वडा नं. ५, ६ र ७ का किसानमा सेवा विस्तार गरेका छौँ ।

त्यस्तै कृषितर्फ वडा नं. ५, ६ र ७ मा माटो परीक्षण शिविर सञ्चालन, खुद्रा विषादी विक्रेता तालिम सञ्चालन गरेको सम्पूर्ण वडाहरूबाट सहभागी गराइएको, बिउविजन विक्रेता तालिम सञ्चालन गरेको, ७ वटै वडाबाट सहभागी उपस्थित, त्यस्तै मकै पकेट, तोरी पकेट सञ्चालन, अदुवा, बेसार पकेट सञ्चालनलगायतका काम गरेका छौँ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत् गाउँपालिकामा हाल ८१ जना विपन्न बेरोजगार व्यक्तिहरू ११ वटा आयोजनामा कामका लागि खटिएका छन् ।

स्वरोजगार कार्यक्रम अन्तर्गत् कटाई सिलाईसम्बन्धी सीप विकास तालिम, व्यूटीपार्लरसम्बन्धी सीप विकास तालिम, बुटिकसम्बन्धी सीप विकास तालिम, हाउस वायरिङसम्बन्धी तालिम, डल–कुसन बनाउने सीप विकास तालिम, ढकिया उत्पादनसम्बन्धी सीप विकास तालिम, च्याउ खेतीसम्बन्धी सीप विकास तालिमलगायतका छन् ।

भूमि समस्या समाधानको काम कहाँसम्म पुग्यो ?

 भूमि सेवा केन्द्रअन्तर्गत् सातवटै वडाबाट अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको लगत सङ्कलन कार्य गरिएको छ । अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई उपलब्ध गराउने नक्सा तयार गर्ने कार्य गरिएको छ भने सहजीकरण समिति गठनको लागि सातवटै वडामा सूचना प्रवाह गर्ने कार्य भएको छ ।

पाँच वर्षमा जनताका माग र योजनाहरू पूरा गर्न सक्नुहुन्छ त ?

 जनताका ठूला आशा तथा मागहरू केही छैनन् । सामान्य दैनिक जीवनसँग जोडिएका आधारभूत आवश्यकताका अधिकांश माग छन् भने न्यून मात्रामा ठूला योजना छन् । त्यो हामी आफैले पूरा गर्न नसके पनि सानातिना गाउँपालिकाबाट र ठूला योजनाहरू प्रदेश, केन्द्रबाट पक्कै पनि पूरा हुनेछन् । एकै पटक सबै विकास तथा माग पूरा हुने पनि होइन । विस्तारै सबै माग सम्बोधन हुनेछन् र हामी त्यसतर्फ लागिरहेका पनि छौँ ।

शान्तिनगरमा नदीजन्यदेखि अन्य विषयमा बेलाबखत विवाद हुने गरेको सुनिन्छ, यस्तो किन भएको होला ?

 होइन, समस्याहरू आउँछन्, नआउने होइन । हामी हरेक कुरा विधिविधानअन्तर्गत् गर्ने गरेका छौँ । कुनै कुराहरूमा मतभेद हुन्छन्, बहस, छलफल हुन्छ । यसलाई अन्यथा लिनु हुँदैन । काम गर्दा केही कमीकमजोरी हुन्छन् त्यो हुनु पनि पर्छ ।

अन्त्यमा केही भन्नु छ कि ?

 हामीले धेरै कुराको सुरुवात गरेका छौँ । विकास एकाएक फुमन्तर गरेर हुने कुरा होइन । चुनावताका गरेका प्रतिबद्धता एक वर्षमा के–के समेटिए, त्यो जानकारी दिने अवसर दिनुभएकोमा तपाईँ हाम्रो लोकप्रिय पत्रिकालाई धन्यवाद दिन चाहन्छु । जनताका माग हामीले एकै वर्षमा पूरा गर्नसक्ने अवस्था छैन । विस्तारै चुनावमा बोलेका कुराहरू विकास निर्माणदेखि सबै कुराहरू हामीले पूरा गर्नेछौँ । त्यो जनतालाई विश्वास दिलाउन चाहन्छौँ । त्यसका लागि सकारात्म सल्लाह सुझावको अपेक्षा गर्दछु । अन्त्यमा सबैलाई धन्यवाद दिन चाहन्छु ।