मेरो खुशी : माओवादी बन्धकबाट मुक्त हुँदाको दिन …

त्यो दिन मलाई याद छ तर तीथि मिति अहिले भुल्दै गएको छ । तात्कालीन माओवादी द्वन्द्वका बेला सरकार माओवादी सशस्त्र विद्रोह भइरहेको थियो । त्यही विद्रोहका क्रममा मलाई माओवादी लडाकुहरूले घरबाटै अपहरण गरे । आँखामा कालो पट्टी बाँधिएको थियो ।सायद मलाई घरबाट उत्तरतर्फ लगिएको थियो ।
मलाई सायद सक्रामतर्फ लगिएको थियो । के आरोपमा म अपहरणमा परेको थिएँ, थाहा छैन तर मलाई निर्मम यातना दिएर तेह्र दिनसम्म माओवादी सैनिक हिरासतमा राखिएको थियो । पछि गाउँका नेताहरूले थाहा पाएपछि मलाई मुक्त गरियो । मलाई याद छ, त्यो बेला मलाई अपहरण मुक्त गराउन पूर्ण डाँगी, कमल चौधरी, कमल पोख्रेललगायतले भूमिका निर्वाह गर्नु भएको रहेछ ।
दिनदिनै दर्जनौँको ज्यान गएका हुन्थे, त्यो बेला तर मलाई लामो समयसम्मको यातना पछि मलाई तात्कालीन विद्रोहीले अपहरण गरी यातना दिँदा बाँच्छु जस्तो लागेको थिएन तर मलाई मुक्त गरेपछि आमा कालु खड्काको काखमा जिम्मा लगाइएको थियो । त्यो बेला मैले आमाको काखमा हर्षको आँसु बगाएको थिए । मलाई किन कसले अपरहण गर्न लगायो भन्नेतर्फ मेरो ध्यान कहिल्यै गएन, किनकि म बाँचेकोमा मात्रै खुसी सम्झन्थेँ ।
हो, त्योबेला माओवादी सरकारबीच राजनीतिक अधिकारका लागि सशस्त्र विद्रोह भएको थियो । विद्रोहका क्रममा दुवै तर्फका निर्दोषहरू पनि युद्धका शिकार भइरहन्थे । अब मुलुकमा शान्ति प्रक्रिया आएर लोकतान्त्रिक सङ्घात्मक गणतन्त्र स्थापना भएको छ । अब मैले पनि ती द्वन्द्वका घाउ बिर्सेर फेरि मुलुकलाई समृद्धिको मार्गमा लैजान केही न केही सहयोग गर्नैपर्ने छ ।
लेखिदिनु होला माओवादी अपहरणबाट मुक्त हँँदाको दिन मेरो सबैभन्दा खुसीको क्षण हो । जुन पार्टीका लडाकुहरूले मलाई अपहरण गरेर तेह्र दिनसम्म निर्मम यातना दिएका थिए, उही पार्टीका नेताहरूले मलाई यातनाबाट मुक्त मात्र गराएनन्, त्यो बेला कुटिएका नीलडाममा मल्हम समेत लगाइदिएका थिए । ती नेतृत्वप्रति म सधैँ आभारी छु ।
त्यसो त मेरो खुसी स्टिकरवाला साइकल हो, जुन मलाई ६ कक्षा पढ्ने बेलै मेरी आमा कालु खड्काले किनिदिनुभएको थियो । बुवाको सानै उमेरमा निधन भएकाले मैले बुवाआमा दुवैको माया ममतामयी आमाबाट मात्र पाएँ । उहाँले मेरा चाहनालाई कहिल्यै तिरस्कार गर्नुभएन । त्यसपछि बैवाहिक जीवनमा पनि बाँधिन पुगे ।
जुनबेला मैले तुलसीपुर टेक्सी समितिमा इञ्चार्जको रूपमा काम गर्थेँ, त्यही बेला मेरो कमाइ र श्रीमती प्रकृतिको माइतीले दिएको सहयोगले हिरोहोण्डा मोटरसाइकल पनि किनेँ । सायद गाउँमा मोटरसाइकल कुदाउने मेरो उमेरको पहिलो व्यक्ति हुँ । मेरो मोटरसाइकलको हर्न बजेपछि गाउँमा हल्लीचल्ली हुन्थ्यो, वीरेन्द्रको मोटरसाइकल ।
त्यसो त मैले जीवनको बाटो बिराउने अभ्यास पनि सुरु भइसकेको थियो । किनकि आमाले पुल्पुल्याउँदा म गलत बाटोमा जान खोज्दै थिएँ सायद तर मेरी जीवनसंगीनीले मलाई त्यो बाटो बन्द गरिदिइन् । हामीले दुधरासमा बनाएको नयाँ घरमै प्रकृति इलेक्ट्रोनिक्स पसल सञ्चालनमा ल्यायौँ । त्यसपछि मैले अल्टो कार किनेँ । सायद गाउँमा कार किन्ने र चढ्ने पनि म पहिलो युवा थिएँ ।
त्यसपछि अल्टो कारसम्मको सौख मलाई जाग्यो, किनकि म सौखिन मान्छे हुँ । अहिले मैले एउटा पेट्रोल पम्प चलाएको छु । केही टिप्परहरू छन् । केही ट्रकहरू पनि छन् । मलाई अहिले व्यवसायी कम समाजसेवी भन्दा पनि हुन्छ । अर्थात् म अहिले नेपाली कांग्रेसको सक्रिय राजनीतिमा पनि जोडिएको छु ।
मलाई राजनीतिक प्रेरणा दिने नेता आदरण्ीाय स्वर्गीय खुमबहादुर खड्का हुनुहुन्छ । उहाँ दाङ आउँदा कुनै पनि कार्यक्रममा मैले पिएसओको भूमिका पाउँथे । हामी युवा तथा नेता खड्कालाई सुरक्षा स्कटिङ दिन चन्द्रौटा अमिलियासम्म पुग्थ्यौँ तर खुमबहादुरको निधन पनि म राजनीतिमा केही निष्क्रिय भएको थिएँ तर अहिले मैले वडाको सभापतिको नेतृत्व गर्न पाएको छु ।
लेखिदिनुहोला खुमबहादुर मेरो खुसी, जसले मलाई राजनीति र सामाजिक प्रेरणा दिनुभएको थियो । सायद उहाँ जीवितै रहेको भए नेपाली कांग्रेसमा यति धेरै वैचारिक विचलन आउने थिएन । उहाँ दाङको समृद्धिको मियो हुनुहुन्थ्यो । हामीले कुशल राजनीतिज्ञ गुमाएका छौँ ।
बेलझुण्डीको कोरोना अस्पतालका बिरामीलाई अक्सिजन सिलिण्डरको व्यवस्थापन होस् वा मास्क र सेनिटाइजरलगायत फलफूल वितरण गरेको क्षण मेरा लागि अविस्मरणीय खुसीका क्षण हुन् । कमाइको केही हिस्सा समाज सेवामा लगाउनुपर्छ भन्ने मैले मेरो आमाबाट प्रेरणा पाएको छु । त्यसैले सामाजिक कामका लागि मैले दिनको चर्को घाम भन्दिन, रात भन्दिन, खबर पाउना साथ फिल्डमा पुग्न म सधैँ आतुर हुन्छु ।
त्यसो त खुसी पैसा मात्र होइन, खुसी आत्मसन्तुष्टि हो । खुसी अनुभूति हो । पैसा अत्यन्तै आवश्यक हुन्छ तर पैसाले खुसी किन्न सकिँदैन । पैसा साधन मात्रै हो । साध्य होइन । त्यसैले खुसी एउटा आफैभित्र अनुभूति गर्ने चिज पनि हो भन्ने मलाई लाग्छ ।
माथि उल्लिखित खुसीका अविस्मरणीय क्षणहरू हुन्, दुधरासका युवा नेता तथा समाजसेवी वीरेन्द्र खड्काका । त्यसो त पछिल्लो पटक लायन्स क्लव अफ कालीका मालिकामा जोडिँदाको दिन । बिजौरीको एउटा घरमा अग्रज युवा नेता तथा तुलसीपुर उपमहानगरपालिका कांग्रेस इकाई सभापति सुरेश हमाल सँगको सामिप्यताका कारण खड्का लायन्स क्लवमा जोडिएका हुन् ।
अहिले सो क्लवले रक्तदानलगायत असहायहरूलाई राहत वितरणदेखि बजार सरसफाईलगायतका सामाजिक काममा सक्रिय छ । दुधरासमा जन्मिएर दुधरासमै कर्मथलो बनाएका युवा व्यवसायी खड्काले प्राथमिक शिक्षा प्रावि बेलझुण्डीमा पूरा गरे । माध्यमिक शिक्षा जनकल्याण मावि दुधरासबाट पूरा गरे । आइए पढ्दापढ्दै उनको पढाइमा ब्रेक लाग्यो तर व्यवसायमा उनको रुचि बढ्दै गयो ।
आबद्ध संस्था सानै उमेरमा नव एकता युवा क्लवको अध्यक्ष, जसले सामाजिक काम गथ्र्यो, त्यो बेला विवाह भोजका लागि आवश्यक सबै भाडाकँुडा जुटाएर समाज सेवाको काममा उनको नेतृत्वको क्लव जोडियो । अहिले उनी दुधरासमा भर्खरै निर्माण भएको विश्वनाथ बाबाधामको मन्दिर व्यवस्थापन समितिको सचिव रहेका छन् । राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिको सदस्य हँुंदै हाल उपाध्यक्षको जिम्मेवारीमा छन् ।
लायन्स क्लव अफ कालीका मालिकाका अध्यक्षको भूमिकामा रहेका उनी दुधरास नारायणपुर क्षेत्रमा रहँदा नारायणपुर उद्योग वाणिज्य संघको पनि दुई कार्यकाल सदस्य थिए । त्यसपछि बिजौरी उद्योग वाणिज्य संघ खुलेपछि दुधरास बिजौरी उद्योग वाणिज्य संघमा समाहित भयो । उनी बिजौरी उद्योग वाणिज्य संघका समेत महासचिवको जिम्मेवारी पूरा गरे । भन्छन् खुसी आत्म पैसा, सन्तुष्टि अनि समाजसेवा हो ।
प्रस्तती : खेमराज रिजाल