Goraksha

National Daily

लुम्बिनी प्रदेशमा बैंकहरुको कुल कर्जा लगानी ११ प्रतिशत

काठमाडौं,२ माघ । कुल गार्हस्थ उत्पादनमा १४.१ प्रतिशत योगदान रहेको लुम्बिनी प्रदेशले बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनमा भने ८.३१ प्रतिशत र कर्जा लगानीमा ११.४३ प्रतिशत हिस्सा आगटेको छ । लुम्बिनी प्रदेशको निक्षेपको तुलनामा कर्जा बढी भई कर्जारनिक्षेप अनुपात १२६ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेश कार्यालय भैरहवाले गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार कुल गार्हस्थ्य उत्पादनमा बागमती र प्रदेश १ पछि लुम्बिनी प्रैशदेशको योगदान उच्च रहेको छ । आर्थिक वर्ष २०७८र७९ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब ६० करोडमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.९ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.१ प्रतिशत रहेको छ । यस्तै १४.१ प्रतिशत हिस्सासहित लुम्बिनी प्रदेश तेस्रो ठूलो योगदान गर्ने प्रदेश रहेको छ ।

२०७९ अनुसार आर्थिक वर्ष २०७८र७९ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा ६ खर्ब ८५ अर्ब पुगेको जनाएको छ । गत आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ । नेपाल राष्ट्र बैंकको २०७९ असार मसान्तको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४७ खर्ब १४ अर्ब रहेको कुल कर्जा लगानीमा लुम्बिनी प्रदेशमा ५ खर्ब ३९ अर्ब रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । जुन कुल कर्जाको ११.४३ प्रतिशत हिस्सा हो । प्रदेशमा प्रवाहित कुल कर्जामा विपन्न वर्ग कर्जाको ७.८८ प्रतिशत, पुनर्कर्जा ३.४१ प्रतिशत र सहुलियतपूर्ण कर्जाको हिस्सा ६.१९ प्रतिशत रहेको छ ।

२०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या मध्ये लुम्बिनी प्रदेशमा २ हजार २१२ रहेको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ३ हजार ३ शाखा हुँदा जीडीपीमा दोस्रो धेरै योगदान रहेको प्रदेश १ मा १ हजार ८५७ शाखा रहेको छ । यस्तै कर्णाली प्रदेशमा सबैभन्दा कम ४५५ वटा शाखा कार्यालय रहेको छ । लुम्बिनी प्रदेशमा वाणिज्य बैंकको ७४०, विकास बैंकको, २५६, फाइनान्स कम्पनीको ४६ र लघुवित्त वित्तीय संस्थाको १ हजार १७० गरी कुल २ हजार २१२ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेको राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये रुपन्देहीमा सबैभन्दा बढी ५४९ वटा र रुकुमपूर्वमा सबैभन्दा कम १६ वटा शाखाहरु सञ्चालनमा रहेका केन्द्रीय बैंकले जनाएको छ । प्रदेशमा बाणिज्य बैंकहरुले २५५ वटा शाखारहित बैंकिङ सेवा उलब्ध गराएका छन् । २०७९ असार मसान्तसम्म प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुमा २९ लाख ८० हजार २७५ मोबाइल बैंकिङ सेवा र २ लाख ४ हजार ५ सय ३१ ईन्टरनेट बैंकिङ सेवा दर्ता भएका छन्।

लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा आर्थिक वर्ष २०७७र७८ को तुलनामा ४.४९ प्रतिशतले घटेर १ खर्ब १९ अर्ब १९ करोड १५ लाख कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

कुल औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा ३३.३६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ सम्बन्धी उद्योगमा ३६.५९ प्रतिशत, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा १०.९० प्रतिशत र धातुका उत्पादन मेशिनरी तथा इलेक्ट्रोनिक्स सम्बन्धी उद्योगमा २५.४६ प्रतिशतले वृद्धि भएको छ । निर्माण सम्बन्धी उद्योगमा ६५.१४ प्रतिशत, विद्युत, ग्याँस तथा पानी सम्बन्धी उद्योगमा ४५.९८ प्रतिशतले ह्रास आएको राष्ट्र बैंकले जनाएको छ । प्रदेशमा प्रवाह भएको कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश १६.८३ प्रतिशत रहेको छ ।

यस्तै प्रदेशको कुल कर्जामा कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा १६.२४ प्रतिशतले वृद्धि भई ५० अर्ब ३२ करोड १२ लाख पुगेको छ भने कुल कर्जामा कृषि कर्जाको हिस्सा ७.१० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । कुल सेवा कर्जा आब २०७७र७८ को तुलनामा २२.८८ प्रतिशतले वृद्धि हुँदा प्रदेशको कुल कर्जामा सेवा क्षेत्र कर्जाको ६८.५४ प्रतिशत हिस्सा रहेको राष्ट्र बैंकको प्रतिवेदमा उल्लेख छ ।