calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

लघु वितीय संस्था विपन्न समुदायका लागि : चौधरी (अन्तर्वार्ता)

नागरिकलाई सहज रुपमा वित्तीय सेवा पु¥याउन वित्तीय संस्थाहरुले पनि महत्वपूर्ण योग्दान पु¥याएका छन् । नागरिकको घरदैलोसम्म पुगेर लघु वित्तीयहरुले नागरिकलाई सेवा प्रवाह गर्दै आएका छन् । जसले गर्दा ग्रामीणस्तरमा रहेका नागरिकलाई वित्तीय पहँुच पु¥याउन समेत सहज भएको छ । जसबाट धेरै नागरिक उद्यमी समेत बन्न सफल भएका छन् । उनीहरुले उद्यमी तथा व्यवसायी बनेर आफ्नो आर्थिक स्थितिमा सुधार समेत गरेका छन् तर पछिल्लो समय नागरिकले लघु वित्तीय संस्थाहरुलाई नकारात्मक दृष्टिले हेर्ने गरेको पाइन्छ ।

राज्यलाई लघु वित्तीय संस्थाहरुले धेरै राजस्व समेत बुझाउने गरेका छन् । देशको आर्थिक क्षेत्रमा समेत धेरै सहयोग पु¥याउँदै आएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा केन्द्रीय कार्यालय रहेको आत्म निर्भर लघुवित्त संस्था लिमिटेडले के–कसरी काम गरिरहेको छ ? लघुवित्त संस्था सञ्चालनमा के–कस्ता समस्या रहेका छन् र नागरिकले लघु वित्तीय संस्थालाई कसरी मूल्याकंन गर्ने गरेका छन् भन्ने विषयमा संस्थाका सिओ सौगतवीर चौधरीसँग गोरक्षकर्मी अमरराज आचार्यले गरेको कुराकानीको सांर संक्षेप ।

 स्वागत छ, गोरक्षको सातावार्तामा ?

 लघु वित्तीयको अवस्थाका बारेमा विचार राख्नको लागि सयम र अवसर दिएकोमा तपाईँ अनि गोरक्ष परिवारलाई धन्यवाद ।

 आत्मनिर्भर लघुवित्तीय संस्था कसरी अगाडि बढिरहेको छ ?

 हामी हाम्रो लक्ष्यअनुसार अगाडि बढिरहेका छौँ । ग्रामीण महिला उत्थान केन्द्र मातृत्व प्रदान गरेको संस्था २०६० सालमा स्थापना गरिएको हो । संस्थाले लिएको लक्ष्यअनुसार हामी हाम्रो मिशनअनुसार नै निरन्तर अगाडि बढिरहेका छौँ । संस्थाले सहज रूपमा नै आप्mनो काम गर्दै आएको छ । हामी नाफा कमाउने भन्दा पनि नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको कारणले पनि हामीलाई समस्या भएको छैन ।

ग्रामीण स्तरमा वित्तीय सेवाको पहँुच पुग्नसकेको क्षेत्रमा पुगेर नागरिकलाई वित्तीय सेवा दिइरहेका छौँ । जसले गर्दा नागरिक उद्यमी बन्न सफल हुनुभएको छ । सहरसम्म आएर ऋण लिन नसक्ने अवस्थामा रहेका नागरिकलाई घरदैलोमा पुगेर बिनाधितो ऋण प्रवाह गर्दा नागरिकलाई सहयोग पुगेको छ । बिनाधितो घरदैलोमा ऋण प्राप्त गरेपछि उहाँहरू उद्योग तथा व्यवसायमा लागेको पाएका पनि छौँ । मिहिनेत गर्ने आफैले केही गर्नु पर्दछ भन्नेहरूलाई यसले धेरै सहज भएको छ ।

विदेशबाट फर्केकाहरू समेत ऋण लिएर कृषिमा लाग्नुभएको छ । अहिले हामीबाट ऋण लिएर धेरैले तरकारी खेती, बाख्रा पालन, बंगुर पालन, अन्य कृषिका काम गरिरहनुभएको छ । हामीबाट ऋण लिएर अहिले धेरै उद्यमी बनेर आप्mनो आर्थिक स्थिति समेत सुधार गरिसक्नुभएको छ । अहिले हामीले ५ लाखसम्म बिनाधितो ऋण प्रदान गरिरहेका छौँ । हामीले कृषि क्षेत्रलाई प्राथमिकता दिएर लगानी गरेका छौँ । लगानीको करिब ८० प्रतिशत कृषि क्षेत्रमा नै रहेको छ ।

 अहिले कति नागरिकसँग जोडिनुभएको छ ?

 अहिले हामीले दाङ, बाँके, बर्दिया, सल्यान, प्यूठानका जिल्लामा सेवा दिइरहेका छौँ । प्रदेशभर सेवा प्रदान गर्न पाउने भए पनि सबै जिल्लामा सेवा दिन सकेका छैनौँ । अहिले हामीले करिब प्रत्यक्ष रूपमा १७ हजार उद्यमी तथा व्यवसायी उत्पादन गरेका छौँ । जसका लागि १ सय २५ जना स्टाफमार्फत सेवा दिइएको छ भने धेरैले रोजगारी प्राप्त गर्नुभएको छ । जसले गर्दा आर्थिक स्थिति सुधारमा समेत सहयोग पुगेको छ । अहिले संस्थाले करिब डेढ अर्ब लगानी गरेको छ ।

 अहिले लघु वित्तीय संस्थालाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको पाइन्छ, किन ?

 हो, अहिले सबैले होइन केही व्यक्तिहरूले लघु वित्तीय संस्थाको विरोध गर्दै आउनुभएको छ । लघुवित्तीय संस्थाहरूको बारेमा राम्रोसँग जानकारी नहुँदा विरोध गर्नुभएको जस्तो लाग्छ । यसको बारेमा जानकारी लिएमा उहाँहरूले यसको विरोध गर्नुहुने छैन । यसको विरोध गर्नेहरू ऋण लिने र ऋणको सही सदुपयोग नगर्ने, ऋण नतिर्नेजस्ताले विरोध गरेको पाएको छु । ऋण लिएर सही सदुपयोग नगर्ने ऋण तिर्न नसकेपछि लघुवित्तीय संस्थाको विरोधमा लागेको देखिएको छ । ऋण लिएपछि सही सदुपयोग गर्नेहरूले यसलाई राम्रो मान्नुभएको छ ।

मिहिनेत नगर्ने, नकारात्मक सोच भएका व्यक्तिहरूबाट यस प्रकारको कार्य गरेको पाइएको छ । यसमा लघुवितीय संस्थाहरूको पनि केही कमजोरी रहेको छ । लघुवित्तीय संस्थाहरूले छिट्टै नाफा कमाउने होडबाजी रहेको छ । ऋण प्रवाहा गर्दा अस्वस्थ प्रतिस्पर्धा समेत गरेको पाइन्छ । ऋण प्रदान गर्दा वास्तविकता बुझेर मात्र ऋण लगानी गर्नु पर्दछ । लगेको ऋण सही सदुपयोग गरेको छ कि छैन भनेर अनुगमन गर्नु पर्दछ । जसले गर्दा ऋणको सदुयोग हुनेछ भने संस्थाहरूलाई हेर्ने दृष्टिकोण समेत सकारात्मक हुनेछ । यसतर्फ लघुवित्तीय संस्थाहरू पनि सुध्रिनुपर्दछ ।

 तपाईं यो वर्ष उत्कृष्ट करदाताको रूपमा सम्मान पाउन सफल हुनुभयो, त्यो कसरी ?

 हो, हामीले उत्कृष्ट करदाताको रूपमा सम्मान प्राप्त गरेका छौँ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले एघारौँ राष्ट्रिय कर सप्ताहको अवसरमा सम्मान गरेको हो । हामीले पारदर्शी रूपमा काम गरेका छौँ । पादर्शी रूपमा काम गर्दा राज्यलाई तिर्नुपर्ने कर तिरेका छौँ । यसैको कारणले हामीले सम्मान प्राप्त गरेका हौँ । यो हाम्रो लागि खुसीको कुरा समेत हो ।

आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड ३० लाख राज्यलाई कर तिरेका थियौँ । नाफाको ३० प्रतिशत कर तिर्नु पर्ने व्यवस्था रहेको छ । संस्थाको नाफा ६ करोड देखिएको थियो । यस बाहेक पनि अन्य कर समेत तिरिएको छ । त्यो यसमा समावेश गरिएको छैन । राष्ट्र समृद्ध बनाउनका लागि सबैले आ–आफनो स्थानबाट भूमिका खेल्नुपर्दछ । त्यो हामीले आप्mनो दायित्व र जिम्मेवारी पूरा गर्दै आएका छौँ ।

 अबको योजना के रहेको छ ?

 अहिले प्रदेशभर काम गर्न पाउनेलाई पँुजी वृद्धि गरेर देश भर काम गर्न पाउने बनाउने उद्देश्य रहेको छ । त्यसका लागि लगानी वृद्धि गरिनेछ । पँुजी वृद्धिका लागि आइपिओ निकालिने छ । यसैगरेर पहाडी क्षेत्रमा सेवा विस्तार गरिने योजना रहेको छ । वित्तीय पहुँच पुग्न नसकेका पहाडी क्षेत्रमा सेवा विस्तार गर्ने काम हुनेछ । त्यसको लागि हामीले तयारी गर्दै छौँ ।

 अन्त्यमा केही भन्नु छ ?

 मलाई हाम्रो लघुवित्तीय संस्थाको बारेमा कुरा राख्ने अवसर दिनुभयो, यसका लागि फेरि पनि तपाईँ अनि गोरक्ष परिवारलाई धन्यवाद दिन चाहन्छु । लघुवित्तीय संस्था विपन्न समुदायका लागि हो । हामी विपन्न नागरिकलाई सहयोगीको रूपमा काम गर्ने गर्दछौँ । विपन्न परिवारलाई घरदैलोमै बिनाधितो ऋण पाउने भएकाले यसको सदुपयोग गर्न समेत आग्रह गर्दछु ।

धेरैले ऋणको सदुपयोग गरेर उद्यमी तथा व्यवसायी बन्नुभएको छ । उहाँहरूको आर्थिक स्थितिमा देखिएको सुधारले हामी समेत खुसी हुने गरेका छौँ । हिजो गाउँमा कसैले ऋण नदिनेहरू अहिले गाउँमा ऋण दिने हुन सफल बन्नुभएको छ । यसको लागि मिहिनेत, लगनशीलता र श्रमको आवश्यक पर्दछ । लघुवित्तीय संस्थाको बारेमा राम्रोसँग बुझेर अगाडि बढ्न आग्रह गर्दछु ।

लघुवित्तीयका कुनै गुनासो भएसम्बन्धित निकायमा गएर बुझन सकिन्छ । बुभ्mन चाहनेहरूलाई बुझाउन हामी तयार छौँ । अरूको कुराको सुनेर पछि नलाग्न समेत आग्रह गर्दछु । लघुवित्तीय संस्थाहरू नेपाल सरकारको नियमभन्दा बाहिर गएर सञ्चालन हुन सक्दैनन् ।