सामुदायिक स्कूलको दुर्गति

  •   
  •  

युवराज शर्मा
स्थानीय तहको सरकार मातहतमा सञ्चालन भइरहेका सामुदायिक स्कूलमा पढ्ने विद्यार्थीहरुको पढाइ गुणस्तरीय बन्न सकेन । यसमा देखिएका कारणहरु सम्बन्धमा नियाल्दा शिक्षकहरुको अभाव, भएका शिक्षकहरुले पठनपाठनमा विद्यार्थीहरुप्रति ख्याल नगर्नु, भौतिक सुधार गर्न आर्थिक कठिनाइ देखिनु, शैक्षिक सामग्रीहरुको अभाव हुनु, शुल्क उठाउन नपाइने नीति भए पनि वडा कार्याल्यका पदाधिकारीहरुबाट अभाव पूरा गरिदिन प्रयास नगर्नु र विद्यालय व्यवस्थापन समिति पनि विद्यालय सुधार र आर्थिक समस्या समाधान गर्ने विषयमा ध्यान नदिने प्रवत्ति बढेको छ ।

यसले विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुमा बढ्दो राजनीतिक दलगत झुकावले गर्दा सामुदायिक विद्यालयहरुको अवस्थामा दूरदसा देखिएको छ । जबसम्म सुधारका नीीतहरु स्थानीय सरकारबाट कार्यसम्पादन हुँदैन तबसम्म सुधारका कार्यशैलीहरु सामुदायिक विद्यालयहरुमा देखिन्न ।

यस्ता स्कूलहरुमा पढ्ने विद्यार्थीहरु गरिब र विपन्न परिवारका छोराछोरीहरु हुन्छन् । व्यक्तिको प्रतिभा गरिबको छाप्रोमा जन्मेको बालकमा पनि हुन्छ । स्कूलमा पढेर आफ्नो प्रतिभा उजागर गर्न चाहन्छन् । स्कूलमा शिक्षकहरुको शिक्षण क्रियाकलाप प्रभावकारी बन्न सकेन भने बालबालिकाको प्रतिभा बढ्न, फक्रन र उजागर हुन सक्दैन । त्यसपछि बालबालिकामा मनोवैज्ञानिक असर पुग्छ । उनीहरुको मनमस्तिष्कमा बोधोपन हुन्छ ।

विद्यालयका प्रधानाध्यापकले शैक्षिक पक्ष, प्रशासनिक पक्ष र भौतिक पक्षमा दृष्टि पु¥याउनुपर्ने हुँदा शैक्षिक पक्षको सुधार गर्न गराउन सहायक प्रधानाध्यापक अथवा शैक्षिक पक्षलाई निर्देशन गर्न सक्ने शिक्षक मध्येबाट एकजना शिक्षकलाई जिम्मेवारी वहन गराउनुपर्छ । त्यस्ता शिक्षकलाई पढाउने घण्टीको समय घटाएर अनुगमन र कक्षा अवलोकन गराउनु पर्छ । यस्ता कार्यबाट शिक्षकहरुमा कर्तव्य पालन गर्ने झुकाव हुन्छ भने पठनपाठन कार्यमा विद्यार्थीहरुको झुकाव बढ्छ ।

पढ्ने धारणा बस्छ । सिकाइका उपलब्धिहरुको ज्ञान गराउन हरेक हप्ताको शुक्रवार पढाइपछि एक भण्टाको समय निकालेर सबै शिक्षकहरु बसेर छलफल, प्रश्नोत्तर र अध्ययन अवलोकन अवस्थालाई मूल्यांकन गर्नुपर्छ । आफूमा भएका कमीकमजोरीपनलाई सुधार गर्ने बानीको विकास गर्नुपर्छ । शिक्ष्ँक पेसा मर्यादिन र आदरणीय पेसा भएको ज्ञान शिक्ष्ँकहरुमा आत्मबोध हुनुपर्छ । विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई आत्मानुशासन सिकाउने र आmू पनि आत्मानुशासनमा रहनुपर्ने विषयमा किक्षकहरु हुनुपर्छ ।

शिक्षकहरुले विद्यार्थीलाई सामाजिक व्यवहार गर्नुपर्ने नीतिगत ज्ञानको विकास गराउनुपर्छ । अहिले मानव समाजमा विद्यार्थीहरुको स्वभाव र व्यवहारले उनीहरु पढ्ने स्कूलको अवस्था देखिन्छ । यस्ता दृश्य र परिदृश्यले मानव समाजमा छोराछोरी पढाए के विषयमा ज्ञानी र गुणी भए भन्न अभिभावकहरुले सक्दैनन् । स्कुलबाट बिदा भएरु घरमा पुगेका विद्यार्थीहरुमा धेरैले अनुशासन र व्यवहार अमर्यादित गरेको देखिन्छ । पढाइमा उत्तम बन्न सकेका पनि हुँदैनन् । यस्ता विद्यार्थीहरुमा पढाइप्रति लगाएको लगानी फलदायी नभएको ठान्छन् । यस्तो वातावरण बन्नु सामुदायिक विद्यालयहरुको अवस्थामा देखिएको दूरावस्था हो ।

नेपाली साहसी र बहादुर हुन्छन् भनाई ब्रिटिस इण्डिया सरकारले भनेको थियो । त्यस्ता बाबुआमाका छोराछोरीहरुमा लुकेको प्रतिभा धेरै मात्रामा छ भनाई पनि त्यस सरकारका शिक्षाविदहरुको भनाइ छ । तर, हाम्रा शिक्षण संस्थाहरु सामुदायिक र संस्थागत भएपछि सामुदायिक स्कूल राजनीतिक गतिविधिमा भएका शिक्षक र व्यवस्थापन समितिो प्रत्यक्ष संलग्नता बढ्दै गएपछि सामुदायिक स्कूलहरुको अवस्थामा दूरावस्था देखिएको हो । यस्तो अवस्थालाई हटाउन सुधारका प्रयासहरु कतै–कतै स्थानीय सरकारबाट गरेको देखिन्छ ।

त्यो पनि पहुँच र व्यवस्थापन समितिको सम्बनधका आधारमा भएको भए पनि भौतिक सुधार मात्र छ । तर शैक्षिक सुधार गराउन सकेको पाइन्न । हुनेखानेवर्गका छोराछोरी संस्थागत स्कूल पढ्न जान्छन् । गरिब र विपन्नवर्गका छोराछोरी सामुदायिक स्कूलमा पढ्ने भएपछि सुधारका प्रयासहरु स्थानइि सरकारबाट हुन सकेको छैन । विद्यालयहरुको निरीक्षण र अवलोधनका काम जिल्ला शिक्षा कायाृल्यबाट हुन्थे । संघीय लोकतन्त्रात्मक गणतन्त्रले त्यस्तो कार्यालयको स्वरुपमा परिवर्तन गरेर शिक्षा विकासको कामलाई कुण्ठित बनाएको छ । स्कूलहरुको निरीक्षण प्रविधिमा नयाँपन गणतन्त्रले देखाएन ।

देशको शिक्षालाई उठाउने नीति छैन । शिक्षामा भएको दूरावस्थाले भविष्यमा जनशक्तिको अभाव हुनेछ । देशलाई परनिर्भरता बनाउने हो भने शिक्षालाई बरबाद गराएर युवाजनशक्तिको पलायन गराउने नीति बढेको छ । घरजग्गा बेचेर पढ्ने भिसामा जापान, अमेरिका, अष्ट्रेलिया, कोरिया, क्यानाडा पढ्न जानु, सरकारले दलालहरुमार्फत विदेश पठाउने नीति बनाएको छ । उनीहरुलाई पढ्न होइन पैसा कमाउन मजुरका लागि पठाएको हो ।

उनीहरुको कमाइले पठाउने रेमिट्यान्सबाट तलव, भत्ता सुविधाहरुमा नेपाली राजनीतिक दलका नेताहरु सत्तामा रमाउने वातावरण बनेको छ । यस्ता नेताहरुले शिक्षामा सुधार गर्दैनन् । स्कूलहरुको शैक्षिक वातावरण धमिलो बनाएका छन् । उच्च शिक्षा, विश्वविद्यालय स्तरका शिक्षण संकायहरुमा राजनीतिकीकरण गरेर शिक्षाको अवमूल्यन गरेको अवस्था छ ।

सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था दुरदराजका स्कूलहरुमा दयनीय छ । त्यहाँ शिक्षकको नियमितता छैन । पढाइ शून्य अवस्थामा छ । माध्यमिक र आधारभूत स्कूलहरुको शैक्षिक सुधार भएन । यसको ज्वलन्त उदाहरण कक्षा १२ को नतिजाले देखएको छ । विद्यार्थीहरु परीक्षा दिएको ५२ प्रतिशतले विश्वविद्यालय स्तरको उच्च शिक्षा पढ्न नपाउने भएपछि नेपालको शिक्षा विदेशमा रोजगार गर्न जाने मजदुर उत्पादन गर्नेमा सीमित देखियो ।

धेरैको भनाइ छ, कोरोनाको कारणले यस्तो भएको हो । तर कोरोना बढेको दुई वर्ष भएको थियो । जब कि विद्यार्थीले कक्षा १ देखिको पढाइ पढ्छ । उसले १२ वर्ष पढेको ज्ञान बढाउन सक्दैन । यसको दोष विद्यार्थीलाई दिइन्छ । पढेर ज्ञानको विकास र सीपको प्रयोग राम्रो भएन भने बुद्धि विकास हुन्न । स्कूलको पढाइले बुद्धि विकास गराउने हो । बालबालिकाको बुद्धि विकास नभएसम्म उच्च शिक्षा पढ्न सक्दैनन् । नतिजा खराब बन्छ । त्यसैले भन्छन्, सामुदायिक स्कूलहरुको अवस्था दूरावस्थामा छ । दुर्गति बढ्दो छ । कसरी नतिजा राम्रो बन्छ ? सरकारले सोच्नुपर्छ । गुणस्तरीय शिक्षा आजको खाचो हो ।