Goraksha

National Daily

प्रेरणाको विन्दु : मनोवृत्ति

एकजना भिक्षु कुनै गाउँ हुँदै तीर्थयात्रामा जाँदै थिए । धेरै बेर हिँडेपछि थाकेर उनी त्यही गाउँको एउटा बरगदको रुख मुनि बसे । त्यहाँ नजिकै केही मजदुरहरुले ढुङ्गाको खम्बा बनाउँदै थिए ।

उनले एकजना मजदुरलाई सोधे–‘यहाँ के बनाइँदै छ ?’ मजदुरले रिसाउँदै भन्यो–‘थाहा छैन ।’
तर भिक्षुले कुनै प्रतिकृया दिएनन् । उनी अगाडि बढे । फेरि दोस्रो मजदुर भेटियो ।
भिक्षुले सोधे–‘यहाँ के बन्ने हो ?’

मजदुरले भन्यो–‘हेर्नुस साधुबाबा, यहाँ जे पनि बनाउन सकिन्छ । मन्दिर बनोस् या जेल ! मलाई के मतलव ? मैले दिनभरि मजदुरी गरेवापत सय रूपैयाँ ज्याला पाउँछु । बस् अरु मलाई थाहा छैन ।’
भिक्षु केही नबोली अगाडि बढेपछि तेस्रो मजदुर भेटियो । भिक्षुले उसलाई पनि त्यही प्रश्न सोधे ।
मजदुरले भन्यो–‘यहाँ मन्दिर बन्दैछ । यो गाउँमा ठूलो मन्दिर थिएन । यस गाउँका मानिसहरू पूजा गर्न र कुनै उत्सव मनाउन अर्को गाउँ जानुपथ्र्यो । म पनि यही गाउँको हुँ । यी सबै मजदुरहरु यही गाउँका हुन् ।

जब म ढुङ्गाको मूर्ति बनाउन छेनी प्रयोग गर्छु तव त्यो छेनीको आवाजमा मधुर संगीत सुन्छु । यो मेरो लागि काम होइन । राती मन्दिरको कल्पना गर्दै सुत्छु र बिहान उठेर मन्दिरका खम्बाहरु कोर्छु ।
त्यो मजदुरको कुरा सुनेपछि भिक्षुले आफ्ना शिष्यहरुलाई भने–‘यही नै जीवनको रहस्य हो । फरक मात्र दृष्टिकोणमा छ ।

कोही कामलाई बोझ ठान्छन् त कोही जीवनको आनन्द लिँदै काम गर्छन् ।
त्यसकारण जबसम्म हामीले आफ्नो कामलाई बोझ सम्झिरहन्छौँ, तबसम्म हामी त्यसमा सफल हुन सक्दैनौँ र त्यो काम गर्दाको आनन्द पनि लिन सक्दैनौँ ।

प्रस्तुती : तुफानबाबु श्रेष्ठ÷रेडियो कार्यक्रम शान्त तलाउका प्रस्तोता