calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

‘कोरोना संक्रमणदरमा कमी, जोखिम उत्तिकै’

गोरक्ष समाचारदाता
दाङ, १३ कार्तिक । कोरोना संक्रमण दर घटे पनि कोरोना संक्रमण्को जोखिम भने नघटेको घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि अग्रणी भूमिका निर्वाह गरिरहेका मानवअधिकार रक्षकहरूको अवस्था, चुनौती र संरक्षणका विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरूले संक्रमण दर कम भएसँगै बढ्दै गएको लापरबाहीले जुनसुकै बेला तेस्रो चरणको कोरोना जोखिम आउनसक्ने बताएका थिए । त्यसका लागि पूर्व तयारी स्वरूप सम्पूर्ण नागरिकले सचेतनासँगै पालिकाहरूले ध्यान दिन आवश्यक रहेको बताएका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दाङको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले अहिले पनि जिल्लामा कोरोना संक्रमणको जोखिम रहेको भन्दै लापरबाही नगर्न सबैलाई आग्रह गरे । कोभिड विरूद्ध ५० प्रतिशत नागरिकलाई खोपको सुनिश्चिता गर्नसके मात्र जिल्लामा जोखिम कम हुने भन्दै अहिले करिब ३५ प्रतिशत नागरिकलाई मात्र खोप लगाइएको बताएका थिए । ‘अहिले कोरोना संक्रमण दर घटेको हो, जोखिम कम भएको छैन’, स्वास्थ्य कार्यालय प्रमुख शाहीले भने, ‘जोखिमलाई नियन्त्रण गर्ने भनेको अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्ने तथा कसैलाई कोरोना देखिए कन्ट्याक्ट ट्रेसिङ गरेर थप जोखिमलाई नियन्त्रण गर्ने हो ।’

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले महामारीको अवस्थामा चिकित्सकहरूबाटै पनि कोरोनाका बिरामीलाई दुव्र्यवहार भएको भन्दै जस्तोसुकै अवस्थामा पनि मानव अधिकारको सुनिश्चितता हुनुपर्ने बताएका थिए । उनले जान्ने बुझ्ने भन्नेहरूबाटै मानवअधिकार उलङ्घनका घटनाहरू हुने भएकाले यसप्रति गम्भीर बन्न आग्रह गरे । उनले यस अघिका दुईवटा भेरिएन्टका कोरोना नियन्त्रण गर्न सफल भएको भन्दै तेस्रो भेरिएन्टलाई आउन नदिनका लागि हरेक व्यक्तिले स्वास्थ्य मापदण्डको पालना गर्न आवश्यक रहेको बताए ।

दाङमा अहिलेसम्म कोरोनाका साढे १२ हजार कोरोना संक्रमित निको भएका छन् । २०७७ साल जेठ महिनामा पहिलो पटक दाङको गढवा गाउँपालिका निवासी एक नागरिक संक्रमण पुष्टि भएपछि हालसम्म १२ हजार ८ सय २८ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी गराएका थिए ।

उनले कुनै समय एकै दिनमा १ सय ६२ जनासम्म देखिएको संक्रमण दर अहिले घटेर शून्यदेखि ४ जनासम्म देखिने गरेको बताए । जसमध्ये १२ हजार ५ सय २९ जना निको भई घर फर्किएका छन् । कोरोनाका कारण जिल्लामा २ सय ७१ जनाको मृत्यु भएको छ । दाङमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या २८ मा झरेको छ । तीमध्ये अहिले अधिकांश संक्रमित घरमै रहेका छन् । उनका अनुसार दाङमा अहिलेसम्म १ लाख ३८ हजार ६ सय ३५ जनाले पहिलोको चरणको र १ लाख ३७ हजार ३ सय २० जनाले देस्रो चरणको कोरोना भाइरस विरूद्धको खोप लगाएका छन् ।

मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अनौपचारिक सेवा क्षेत्र इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महत, कोरोना विशेष अस्पतालका डा. अमित लाङघाली, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष हुमा डिसी, घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाल, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका ओमप्रकाश न्यौपाने, लोकराज पौडेललगायतले कार्यक्रममा बोल्दै कोरोना महामारी कार्य योजना र लक्ष्यभन्दा बाहिरको प्रसंग भए पनि यसको न्यूनीकरणका लागि सफलता हासिल गर्नु ठुलो उपलब्धि भएको बताएका हुन् । कार्यक्रमको सहजीकरण इन्सेकका दाङ प्रतिनिधि जेएन सागरले गरेका थिए ।